दार्जीलिङ, 5 अप्रेल(निसं): 23- दार्जीलिङ विधानसभा आसनबाट भारतीय जनता पार्टी (भाजपा) उम्मेदवार नमन राईले निकटतम प्रतिद्वन्दी भारतीय गोर्खा प्रजा तान्त्रिक मोर्चा (बीजीपीएम) उम्मेदवार विजयकुमार राईलाई पाँच हजार 2 सय 93 मतले अनि इन्डियन गोर्खा जनशक्ति फ्रन्ट (आइजीजेएफ) उम्मेदवार अज्य लुकास एडवर्ड्सलाई 15 हजार 7 सय 39 मतले विजयी गरे।
दार्जीलिङ सरकारी महाविद्यालयमा सोमबार भएको मतगणनामा सत्रौँ चरणसम्म चलेको थियो, जसमा भारतीय जनता पार्टी (भाजपा) उम्मेदवार नमन राईले 60 हजार 7 सय 33 मत प्राप्त गरे यसरी नै राष्ट्रिय कांग्रेस पार्टी उम्मेदवार माधव(एमडी) राईले 1 हजार 6 सय 49 मत प्राप्त गरे, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (बीजीपीएम) उम्मेदवार विजयकुमार राईले 55 हजार 4 सय 40 मत प्राप्त गरे, क्रमश: उम्मेदवारहरूमा इन्डियन गोर्खा जनशक्ति फ्रन्ट उम्मेदवार अजय लुकास एडवर्ड्सले 47 हजार 8 सय 24 मत प्राप्त गरे।यसरी नै राष्ट्रिय आमजन सेवा पार्टी उम्मेदवार मिलन ठोकरले 1 हजार 3सय 52 मत प्राप्त गरे अनि स्वतन्त्र उम्मेदवार जतिन घलेले 1 हजार 9 सय 11 मत प्राप्त गरे भने नोटामा 1 हजार 9 सय 92 मत गएको जानकारी दार्जीलिङ जिल्ला निर्वाचन विभाग आधिकारिक सूत्रले दिएको छ।
दार्जीलिङ जिल्ला निर्वाचन विभागको थप जानकारी अनुसार, सोमबारको मतगणनामा पोस्टल ब्यालेट अन्तर्गत मतदान गरिएकोमा भारतीय जनता पार्टी भाजपा उम्मेदवार नमन राईले 1,343 मत प्राप्त गरे, राष्ट्रिय कांग्रेस उम्मेदवार माधव (एमडी) राईले 89 मत प्राप्त गरे यसरी नै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा बिजीपीएम उम्मेदवार विजय कुमार राईले 579 मत प्राप्त गरे,राष्ट्रिय आमजन सेवापाटी उम्मेदवार मिलन ठोकरले 15 मत प्राप्त गरे इन्डियन गोरखा जनशक्ति फ्रन्ट (आइजीजेएफ) उम्मेदवार अजय लुकास एडवर्ड्सले 312 मत प्राप्त गरे भने उम्मेदवार निर्दल उम्मेदवार तथा स्वतन्त्र उम्मेदवार जतिन घलेले 25 मत प्राप्त गरे। यसरी नै नोटामा 26 मत गएको छ। जम्मा पोस्टल ब्यालेट अन्तर्गत मतदान 2,909 मतदान भएकोछ।
देशको सत्तारुढ पार्टी भारतीय जनता पार्टी भाजपा ले बङ्गाल पश्चिम बङ्गाल तृणमुल कांग्रेसलाई परास्त गर्दै आफ्नो विजयी हासिल गरे सँगसँगै दार्जीलिङ पहाका तीनवटा आसनहरूमा पनि भारतीय जनता पार्टी (भाजपा)-को नै विजयी बनेकोछ।












