डुनामिस इन्टरनेशनल बाइबल कलेज-द्वारा दुई पुस्तकको सार्वजनिक

Share this news

दार्जीलिङ,15 जुन(निसं): डुनामिस इन्टरनेशनल बाइबल कलेज-को तत्त्वावधानमा दार्जीलिङको दिव्यवाणी भवनमा महत्त्वपूर्ण कार्यक्रमवीच दुइवटा आशीषमय पुस्तकको लोकार्पण गरियो। जसमा इसाई जगतका वरिष्ठ लेखक प्रेरित धुब्र शिष्यको पुस्तक सात पल्ट डुवुल्कि मार साथमा अर्को पुस्तक लेखक पास्टर तिमोथी घलेको येशुसंग मुठभेट यी दुई पुस्तकहरु विविध रूपमा बिमोचन गरि सार्वजनिक गरियो ।आजको  कार्यका संचालक लेखक तथा कवि राजु गिरिद्रारा गरिएको थियो भने  स्वागत सम्बोधन पास्टर फिरोजले गरे। उत्त लोकार्पण कार्यक्रमका प्रमुख अथिती  चुङ्थुङ-मेरीबोङ-तामसाङ समष्टिका भारप्राप्त सभासद सन्दिप छेत्री थिए, साथमा जोइन्ट फोरम पहाड तराई ख्रीष्टियन वेलफर अर्गनाइजेसन तथा हिमालयन  पेन्टिकोस्टल चर्चेस डायोसिस-का मुल सचिव  रमेश गुरुङको पनि उपस्थिति थिए भने अन्य अतिथिहरुमा डा.विशप हेमन्त काफ्ले ,पास्टर नगेन राई,संजीप तामाङ ,पास्टर सरण सरद,पास्टर एलेम जेम्स आले,पास्टर  आरके राई,पास्टर किशोर त्रिखत्री,पास्टर जोबिदा मोक्तान ,पास्टर सुरेश राई,पास्टर धिरेन ,पास्टर रुबेन राई (सिक्किम),पास्टर डीबी तामाङ ,मृणाल त्रिखत्री ,पास्टर एलबी लिम्बु ,पास्टर राजकुमार दास,पास्टर असुम राई,पास्टर कर्म , पास्टर किशोर सिञ्चुरी अन्य धेरै अगुवाहरु आराधक इब्राहम अमित गिरि, साथमा पायोसपा-का इन्टर्नेशनल कोडिनेटर मिस निशा राई गिरि साथमा सुनैना उपस्थित थिए ।आजको दुईवटा  पुस्तक बिमोचन कार्यक्रममा प्रमुख वक्ता पास्टर किसोर त्रिखत्री थिए उनले आफ्नु सम्बोधनमा हाम्रो ईशाई क्षेत्रमा लेखन शैली धेरै कम छ, राम्रा राम्रा लेखकहरु छन,जसले  लेख्छन् खुबै कम अनि परमेश्वरले बरदान त दिएको छ, तर  कलम कम चलाउछ अब बढाउन पर्ने समय आएको छ । यस्तै मिठाे सन्देशहरु उनले दिए।साथ डा. विशप हेमन्त काफ्लेले कविता पनि सुनाए कार्यक्रमलाई साहित्यतिक मोहल बनाई जवानहरुले नित्य प्रभुको भजन  पनि पेस गरे । कार्यक्रमको मद्यभागमा  आजको दुई पुस्तक बिमोचन गरि भारप्राप्त सभासद सन्दिप क्षेत्री पास्टर रमेश गुरुङ पुस्तक लेखक प्रेरित धुब्र शिष्य अनि पास्टर तिमोथी घले अनि डुनामिस इन्टरनेशनल कलेजका निर्देशक शिव मुखियाद्रारा लोकार्पण गरे आज दुई पुस्तकको बिमोचन भएको घोषणा भारप्राप्त सभासद सन्दिप क्षेत्रीद्रारा विधिवत रूपमा गरे । आजको कार्यक्रमको अन्त कार्यक्रम संचालक राजु गिरिद्रारा रचित कविता ख्रीष्ट बलिदान बाचन गरि पुस्तक बिमोचन कार्यक्रमलाई अझ थप रोमाञ्चक बनाए साथमा डुनामिस-का निर्देशक शिव मुखियाद्रारा हामीले धेरै यस्ता कार्यक्रमहरु जसमा 35वाँ  सत्रका बाईबल शिक्षा तालिम समाप्त सकेको अन्य सामाजिक कार्यहरूमा कोभिडको समयमा खाचोहरुलाई खाद्यान्न सामाग्रीहरु प्रदान गरि टेवा पूराई सकेको अनि फ्री मेडिकल क्याम आदि कार्यहरू गरिसकेको साथमा आजको कार्यक्रममा आएका वरिष्ठद्वय लेखक अनि प्रमुख अथिति विशिष्ट अथिति सबै सबैलाई धन्यवाद दिए ।अन्तको प्रार्थना लेखक धुब्र शिष्यले आशिषको प्रार्थना गरि कार्यक्रमको समापन गरियो।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ