गर्मी छेल्न झर्नामा झुम्मिरहेका पर्यटकहरू

Share this news

मिरिक खरबनी चियाबारी नेपाल भारत सीमामा अवस्थित असले फल्स(झर्ना)विगत केही वर्ष यता पर्यटकीय केन्द्रविन्दु बन्दै आइरहेको छ।यतिबेला अत्यधिक गर्मीको मौसम बडेसितै आन्तरिक र बाह्य पर्यटकहरूको चहलपहल उक्त ठाँउमा बड्न थालेको छ।
टिङ्लिङ भिउपोइन्टबाट प्रधानमन्त्री ग्रामसडक योजना अन्तर्गतको द्रुतमार्ग कालो पत्रे सडक हुँदै खरबनी पुग्न १२ कि.मी.लाग्छ भने खरबनी गाउँ पुगेपछि ६ कि.मी.जति थप कच्चीबाटो भएर झर्ना स्थलसम्म पर्यटकहरू पुग्ने गर्छन्।
मुख्यतया यतिबेला गर्मी अधिक भएकाले झर्नामा पर्यटकहरूको चहलपहल भइरहेको असले झर्ना संरक्षण समीतिका अध्यक्ष शोहीत गहतराज बताउँछन्।केहीदिन देखि झर्नामा क्षेत्रीय र बाह्य पर्यटकहरूको आगमनमा वृद्धि भइरहेको उनले जनाए।उनीसित आधिकारिक तथ्याङ्क नभएपनि अनुमानिक रूपमा दिनमा १५ देखि २० जना सम्म पर्यटकहरूको असले फल्समा आवगमन हुने गरेको उनले बताए।प्रक्रितिको सुन्दर उपहार स्वरूप असले झर्ना मानिसहरूको व्यस्त र थकानमय जीवनलाई केही समयसम्मकै लागि भएपनि झर्नाका चिसा फोहोराहरूले आनन्द प्रदान गर्ने गरेको छ भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकहरूलाई पनि यहाँ आउन आकर्षित  गरेको देखिन्छ।
यतिबेला झर्नाको फेदीमा बसेर शरीरलाई शीतलता दिनका लागि पर्यटकहरू आफुलाई चप्लेटी ढुङ्गामा शरीर राखेर झर्नाको कञ्चन चिसो पानीले भिजाइरहन तल्लिन रहने गरेको मनोरम दृश्य देख्न सकिन्छ।असले झर्ना हेर्न आउने पर्यटकको लागि झर्ना स्थल नजिकमा खान बस्नको लागि होम्स्टेको पनि सुविधा रहेको छ।झर्नामा बाह्रैमास पर्यटकहरूको आगमन हुने गरेको स्थानीय निरज राई बताउँछन्।यहाँबाट केही मिटरकै दुरीमा रहेको छिमेकी देश नेपालको सलकपुर ,समाल्बुङ,कन्याम जस्ता ठाउँहरूको अवलोकन गर्न पनि सकिने राई बताउँछन्।पैदल यात्रा गर्न रूचाउनेहरूलाई कच्चीबाटोको कसरतलाई पनि चुनौती मान्दै मनोरञ्जन लिन्छन् भने साना सवारीसाधन लिएर जाने पर्यटकहरूलाई भने आफ्नो सवारी साधन खरबनी गाउँमै राख्नु पर्ने हुन्छ।यद्यपि हिड्न असुविधाहुनेहरूलाई स्थानीय असले फल्स संरक्षण समीतिका टोलीले गाडीको व्यवस्था पनि मिलाउने गरेका  छन्।संरक्षण समीतिका अध्यक्ष शोहीत गहतराज भन्छन् प्रशासनले असले झर्नालाई थप व्यवस्थित र संरक्षित गर्नका लागि विविध कार्ययोजना अघि सार्नु पर्ने आह्वान पनि गरेका छन्।आन्तरिक र बाह्य पर्यटकहरूको आगमन हुने गरेकोले यसले पहाडकै पर्यटन व्यवस्थालाई एक व्यवसायी रूपमा पनि समृद्धितिर लाने सम्भावना अत्यधिक भएका कारण पनि क्षेत्रीय प्रशासन र राज्य स्तरबाट असले झर्नाको संरक्षण र सम्बर्द्धनमा योजनाहरू अघि आउँनु पर्ने उनीहरूको माग रहेको छ।असले झर्ना विगत केही वर्ष यता धेरै पर्यटकहरूको पहिलो भ्रमण स्थलको रूपमा चिन्हित बन्दै गइरहेको छ। यसलाई सरकारी पक्षबाट अझ विविध पूर्वाधारहरूको निर्माण र सुविधाहरूको विकास भए असले झर्नाले पहाडको पर्यटन व्यवसायमा एक प्रभावकारी भूमिकामा खेल्ने सम्भावना अधिक देखिन्छ। यता मिरिक पन्चायत  समिति मार्फत भने झर्नासम्म पुग्ने पाेनी राेडकाे निर्माण गरिन साथै केही साैन्दर्यकरणकाे कार्य पनि भएकाे देखिएकाे छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ