Sahara Trust agriculture event Kalimpong
Sahara Trust agriculture event Kalimpong

सहारा ट्रस्टद्वारा अपर सिन्देबुङ क्षेत्रमा कृषि प्रोत्साहन कार्यक्रम आयोजित

Share this news

सहारा ट्रस्ट, कालिम्पोङद्वारा अपर सिन्देबुङ क्षेत्रमा कृषि प्रोत्साहन कार्यक्रम भव्य तथा सफलतापूर्वक आयोजन गरिएको थियो। ग्रामीण भेगका कृषकहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा स्थानीय कृषकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा सहारा ट्रस्टका अध्यक्ष श्री योगेश थापा, संरक्षक श्री वाइटी नाम्चू, प्रमुख सल्लाहकार, श्रीमती दिपारानी ठकुरी, सल्लाहकारहरू श्री हाजीम मुस्ताक, श्री आनन्द कुमार प्रधान तथा श्री कल्याण कुमार थापा लगायतको विशेष उपस्थिति रहेको थियो। साथै, कृषि विशेषज्ञका रूपमा श्री भानुकुमार थापाको महत्वपूर्ण सहभागिता रहेको थियो। कार्यक्रमका क्रममा कृषि विशेषज्ञ श्री भानुकुमार थापाले अदुवा खेतीसम्बन्धी वैज्ञानिक तरिका, उन्नत जातको छनोट, रोपाइँ विधि, मल व्यवस्थापन, रोग तथा कीरा नियन्त्रणका उपायहरूबारे विस्तृत जानकारी प्रदान गर्नुभयो। उहाँले कृषकहरूलाई व्यावसायिक खेतीतर्फ उन्मुख हुन प्रेरित गर्दै उत्पादनको उचित बजारीकरणका उपायहरूबारे पनि सुझाव दिनुभयो।

यसै अवसरमा सहारा ट्रस्टद्वारा कृषकहरूलाई एक क्विन्टल २० केजी अदुवाको बिरुवा वितरण गरिएको थियो। उक्त सहयोगले कृषकहरूलाई आफ्नै गाउँघरमा आयआर्जनको अवसर सिर्जना गर्ने विश्वास लिइएको छ। लाभार्थी कृषकहरूमा (कारबारे गाउँद्वारा) श्रीमती निलिमा तामाङ, सुश्री समिता राई, श्री सवन थापा, श्रीमती अरुणा लेप्चा, श्रीमती दावा लामु, श्री सुनील कट्वाल, श्री निमछिरिङ लेप्चा अनि श्रीमती बबी मङ्गराती रहेका थिए। (एमएलए गाउँद्वारा) श्रीमती आशीका राई, श्रीमती दिलमाया तामाङ, श्री सुकबिर प्रधान, श्री समी प्रधान, श्री देशभक्त सुब्बा, श्रीमती दुर्गा प्रधान, श्री काली कोटे, श्रीमती लिला राई, श्रीमती सानुमित लेप्चा अनि श्रीमती देवीका थापा रहेका थिए।

कार्यक्रममा सहभागी कृषकहरूले यस्ता उपयोगी तालिम तथा सहयोगात्मक कार्यक्रमले आफ्नो जीविकोपार्जनमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन्। उनीहरूले सहारा ट्रस्टप्रति आभार व्यक्त गर्दै भविष्यमा पनि यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गरिनुपर्ने अपेक्षा व्यक्त गरेका थिए। कार्यक्रमको समापनमा सहारा ट्रस्टका पदाधिकारीहरूले कृषकहरूको हौसला बढाउँदै आगामी दिनहरूमा पनि कृषि, पशुपालन तथा अन्य आयआर्जनमूलक कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

Share this news
आजको रोजाइ
राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

आजको रोजाइ