बालबघैचामा बाल बालिकाहरू रमाँउदै।

Share this news

मिरिक  १४ जून ( निसं) तराई खण्डमा  तापक्रम  बडेपछि मानिसहरू गर्मीबाट राहत पाउन हाल मिरिक पर्यटन केन्द्रमा आइरहेकाे छ।तराई खण्डमा भन्दा मिरिककाे तापक्रम  कम रहने अनि पानी पनि परिरहेकाेले मिरिककाे शितलतामा पर्यटकहरू रमाइरहेकाे देखिन्छ। वितेकाे केही दिनहरूमा मिरिक पर्यटन केन्द्रमा पर्यटकहरूकाे चहल पहल बडेकाे छ भने यहाँकाे हाेटल अनि रेस्टुरेन्टहरूमा पनि मानिसहरूकाे भीड देखिन्छ। समग्रमा  भन्नू पर्दा हाल मिरिकमा पर्यटन माैसम चरममा रहेकाे छ।मिरिक पर्यटन केन्द्रमा घुम्न आउने पर्यटकहरूकाेलागि हाल मिरिक झील परिससमा गुडरिक कम्पनीले निर्माण गरिदिएकाे बाल बघैचा  मुख्य आकर्षण बन्न पुगेकाे छ।बाल बघैचामा पर्यटकहरूकाे नानीहरूलाई रमाइलाे गरिएकाे देखिएकाे छ।बालबघैचामा बाल बालिकाकाेलागि निर्माण गरिएकाे सामाग्रीहरूले बाल बालिकाहरूलाई आकर्शित बनाई रहेकाे छ। विहारबाट मिरिक पर्यटन केन्द्रमा घुम्न आएका एक दम्पतीले  मिरिक पर्यटन केन्द्रमा विगतमा हामी आँउदा केवल ठूलाहरूलाई मनाेरन्जनकाे साधन देखेका थियाै।वर्तमानमा  नानीहरूकाेलागि पनि बाल बघैचा निर्माण भएकाे देखेर अति नै खुशी लागेकाे बताए। उनीहरूले मिरिक पर्यटन केन्द्रमा बाल बघैचाकाे अभाव देखेका थियाै त्याे अब पूरा भएछ भन्दै मिरिक पर्यटन केन्द्र विगतकाे तुलनामा सफा र ब्यावस्थित भएकाे पनि अनुभाव गरेकाे बताए।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान