WB 2nd Phrase Vote
WB 2nd Phrase Vote

आज पश्चिम बङ्गाल राज्यमा अन्तिम चरणको मतदान 

Share this news

पश्चिम बङ्गाल राज्यमा पहिलो चरणको मतदानमा ८३ प्रतिशतभन्दा अधिक रेकर्ड मतदान अनि तृणमूल कङ्ग्रेस र भारतीय जनता पार्टी (भाजपा)-का आ-आफ्नो दाबीमाथि चर्को प्रतिस्पर्धा देखिएको थियो। जुन विधानसभा चुनाव अब आफ्नो सबैभन्दा निर्णायक चरणमा पुगेको छ, जहाँ बुधबार आठ जिल्लाका १४२ विधानसभा क्षेत्रमा मतदान भइरहेको छ। दोस्रो तथा अन्तिम चरणको चुनावमा १४२ विधानसभा आसनका लागि १४८८ उम्मेदवार मैदानमा छन्। कलकत्ता र दक्षिण बंगाल परम्परागत रूपमा तृणमूल कङ्ग्रेसको मजबुत किल्ला मानिन्छ तर प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा ८० भन्दा बढी सभा अनि दुई रोडशो गरेको भाजपाले यस इलाकालाई तोड्न प्रयासरत रहेको स्पष्ट भएको छ।

विधानसभाः आसन : १४२, कुल उम्मेदवार : १,४८८, कुल मतदाता : ३,२१,३७,६३७ कुल मतदान केन्द्र : ४१,००३ रहेका छन्। चुनाव आयोगको आँकडाअनुसार राज्य विधानसभाको दोस्रो तथा अन्तिम चरणको चुनावमा एक करोड, ६५ लाख, ३५ हजार, ६२७ पुरुष, एक करोड ५७ लाख, ३७ हजार, ४५८ महिला अनि ५७२ तेस्रो लिङ्गी मतदातासहित कुल तीन करोड, २१ लाख, ७३ हजार, ६३७ मतदाता छन्। ७६,००० मतदान केन्द्रमा आफ्नो मताधिकार प्रयोग गर्नेछन्। यी सबै मतदान केन्द्रहरूमा वेबकास्टिङ निगरानीको प्रबन्ध मिलाइएको छ। बुधवार मतदान हुने १४२ विधानसभा क्षेत्र उत्तर कलकत्ता (७), दक्षिण कलकत्ता (७), उत्तर चौबीस परगना (३५), दक्षिण चौबीस परगना (३१), नदिया (७), हावडा (१६) अनि पूर्व बर्दमान (१६) जिल्लामा फैलिएका छन्। यसमा तीन जिल्लामा अन्तर्राष्ट्रिय सीमा नदी सीमाहरूले घेरेकोले केवल राजनीतिक रूपमा नभएर सुरक्षाको दृष्टिकोणले पनि चुनौतीपूर्ण छन्। दक्षिण चौबीस परगना, हावडा अनि दक्षिण कलकत्ताको केही क्षेत्रमा अल्पसंख्यक समुदायको बाहुल्यता छ भने नदिया र उत्तर चौबीस परगना जस्ता जिल्लाहरूमा मतुआ र शरणार्थीहरूको जनसङ्ख्या धेरै छ, जहाँ परिचय र नागरिकताको मुद्दा प्रमुख छ।

र उत्तर चौबीस परगना जस्ता जिल्लाहरूमा मतुआ र शरणार्थीहरूको जनसङ्ख्या धेरै छ, जहाँ परिचय र नागरिकताको मुद्दा प्रमुख छ। अन्तिम चरणको चुनावमा धेरै हाई प्रोफाइल चुनाव क्षेत्रहरू छन्, जसमा सबैभन्दा उल्लेखनीय भवानीपुर छ, जहाँ ममता बनर्जीको प्रतिद्वन्द्वी विपक्षका नेता शुभेन्दु अधिकारीसित हुँदैछ। ममता बनर्जीबाहेक अन्य केही प्रमुख नेताहरू पनि चुनाव मैदानमा छन् जसमा फिरहाद हाकिम (कलकत्ता पोर्ट), चन्द्रिमा भट्टाचार्य (दमदम उत्तर), शशि पाञ्जा (श्यामपुकुर), अरुप विश्वास (टालीगंज), ब्रत्य बसु (दमदम) अनि सुजीत बसु (विधाननगर) सामेल छन्। भाजपाले आफ्नो तर्फबाट स्वपन दासगुप्ता र रूपा गांगुली जस्ता चर्चित अनुहारहरू मैदानमा उतारेको छ अनि पानिहाटीबाट आरजि कर मेडिकल कलेज तथा अस्पतालमा सामूहिक दुष्कर्म र हत्याको शिकार महिला डाक्टरकी आमालाई उम्मेदवार बनाएर भावनात्मक मुद्दाको लाभ उठाउने प्रयास गरेको छ।

दुवै प्रमुख दलले पहिलो चरणमा रेकर्ड मतदानको व्याख्या आफ्नो लाभको निम्ति गरिरहेका छन्। मोदीले दाबी गरेअनुसार रेकर्ड मतदानले परिवर्तनको लहरलाई दर्शाउँछ। त्यस्तै तृणमूल महासचिव अभिषेक बनर्जी लगायत पार्टीका नेताहरूले दाबी गरेअनुसार रेकर्ड मतदान सत्तारूढ दलको निम्ति दोहोरिएको समर्थन अनि एनआरसी र नागरिकता सम्बन्धमा भाजपाविरुद्ध प्रतिरोधको सङ्केत हो। पश्चिम बंगाल विधानसभाका २९४ आसनमध्ये पहिलो चरणको चुनावअन्तर्गत गत २३ अप्रेल १४८ आसनमा मतदान भएको थियो।


Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ