Longview tea Garden protest Darjeeling
Longview tea Garden protest Darjeeling

लङभ्यू चियाबारीमा मालिकले पैसा नदिएपछि श्रमिकहरूको अनशन जारी

Share this news

सह-श्रम आयोग, खर्साङले आज बैठक डाके तापनि यता बगान स्तरमा भने श्रमिकहरूले अनशन जारी राखेका छन्। अनशनले आज पाँचौँ दिन पुरा गरेको छ। आज श्रमिकहरूसँग क्षेत्रका विद्यार्थीहरू पनि अनशनमा बसेका छन्। हिज आइजीजेएफ उम्मेद्वार बन्दना राई पनि अनशन स्थलमा आएकी थिइन् तर उनले अनशनलाई सहयोग गर्नका सट्टा श्रमिकहरूलाई राजनीतिक दलसँग जोड्ने बयान दिएको श्रमिक प्रतिनिधि सङ्गीत छेत्रीको भनाइ छ। आज अनशन स्थलबाट मिडियालाई सम्बोधन गर्दै छेत्रीले बन्दना राईले आफूहरूलाई सीपीएमसँग जोडेर बयान दिएकोमा कडा रूपमा खण्डन गरिन्।

स्मरण रहोस् लङभ्यु कमान विषय गरिएको 10 मार्च 2026 को सम्झौता अनुसार मालिकले अहिले सम्म 3 करोड 15 लाख पीएफको पैसा हालेको छैन। 22 तारीख मालिक अनि सरकार पक्षको दुईपक्षीय सभा पनि सम्पन्न भयो तर अहिलेसम्म कुनै प्रकारको रिपोर्टिङ धरी आएन, न त सरकार पक्षबाट न त मालिक पक्षबाट।

त्यसैले आज शनिबारदेखि हिल प्लान्टेशन एम्प्लोयी युनियनले आफ्नो आन्दोलनलाई फेरि निरन्तरता दिएको छ।
यसै पनि कलकता सम्झौता उल्लंघनपछि लङभ्यू चिया बगानका श्रमिकहरू सडकमा लङभ्यू चिया बगानका मालिक गोविन्द गर्गले कोलकातामा भएको त्रिपक्षीय सम्झौता उल्लंघन गरेपछि बगानका श्रमिकहरू सडक आन्दोलनमा उत्रिएका थिए। बगान मालिक गोविन्द गर्गको रवैया विरूद्ध श्रमिकहरूले तुरुन्त सरकारी हस्तक्षेपको माग गरेका थिए।

कलकत्तामा भएको सम्झौता अनुसार बकया तलब र ज्याला 31 मार्च 2026 भित्र भुक्तानी गर्ने, पुराना बक्यौता प्रत्येक महिना 15 प्रतिशतका दरले अप्रिलको पहिलो साताबाट भुक्तानी सुरु गर्ने सहमति भएको थियो। सम्झौता अनुसार 15 अप्रेल भित्र रुपिया 3,15,08,357 पीएफ पनि मालिकले भुक्तान गर्नु पर्ने थियो साथै, अवकाशप्राप्त 76 जना श्रमिकहरूको बाँकी ग्राच्युटी प्रत्येक महिना 3 लाख रुपैयाँका दरले भुक्तानी गर्ने निर्णय गरिएको थियो।

तर, मालिक गर्गले उक्त सम्झौताका कुनै पनि बुँदा कार्यान्वयन गरिएको छैन। यसले श्रमिकहरू र सरकारबीचको विश्वासमाथि गम्भीर आघात पुर्‍याएको श्रमिकहरूको आरोप छ। हिल प्लान्टेसन इम्प्लोइज युनियन (HPEU) ले 2026 को विधान सभा निर्वाचनअघि नै श्रमिकहरूलाई न्याय दिलाउन सरकारसँग माग गरेको छ। युनियनले चेतावनी दिँदै भनेको छ कि यदि 23 अप्रिलभित्र श्रम विभागले हस्तक्षेप गरी बक्यौता रकम भुक्तानी गराउन सकेन भने आन्दोलन अझै कडा बनाइनेछ।

स्मरण रहोस् :
गत 10 मार्च 2026 मा पश्चिम बंगाल श्रम विभागको आह्वानमा आयोजित त्रिपक्षीय बैठकमा लङभ्यू चिया बगानमा सक्रिय सबै ट्रेड युनियनहरू सहभागी भएका थिए। उक्त बैठक श्रम मन्त्री मोलोय घटकको उपस्थितिमा सम्पन्न भएको थियो भने बैठकको अध्यक्षता श्रम विभागका सचिव अवनिन्द्र सिंहले गरेका थिए। साथै, श्रम आयुक्त डा. एम.डी. इखलाक इस्लाम, अतिरिक्त श्रम आयुक्त अर्नाल मजुमदार, विशाल कुमार शाह लगायत अन्य उच्च अधिकारीहरू पनि उपस्थित थिए। उत्तर बंगाल क्षेत्रका अतिरिक्त श्रम आयुक्त पार्थ बिस्वास, जीटीएका उप-श्रम आयुक्त आर्थर होरो तथा जीटीएका उपाध्यक्ष राजेश चौहानको पनि उपस्थिति रहेको थियो।
बैठकमा बगान व्यवस्थापन पक्षबाट मालिक गोविन्द गर्ग, एचआर शाबरी घोष र प्रबन्धक अजीत पाल सिंह सहभागी भएका थिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ