Ultra marathon performance pedong
Ultra marathon performance pedong

प्रोजेक्ट लाइफ धावकहरूको कालेबुङ अल्ट्रा म्याराथनमा उत्कृष्ट प्रदर्शन

Share this news

प्रोजेक्ट लाइफका सदस्यहरूले फेरि एकपटक प्रमाणित गरेका छन् कि समर्पण, अनुशासन र सामूहिक भावना भए असाधारण सफलता हासिल गर्न सकिन्छ। गत २५ अप्रिल २०२६ मा कालेबुङ जिल्लाको पेदोङमा आयोजित कालेबुङ अल्ट्रा म्याराथनको चौथो संस्करणमा टोलीले उत्कृष्ट प्रदर्शन मात्र गरेन, धेरैलाई स्वस्थ जीवनशैली र निरन्तर प्रयासप्रति प्रेरित पनि गर्‍यो।

“रन विथ रोशनी फाउन्डेसन” द्वारा आयोजित उक्त प्रतियोगितामा भारत तथा विदेश (दुबई लगायत) बाट करिब ५०० धावकहरूको सहभागिता रहेको थियो। प्रतियोगिता ६५ किमी, ५० किमी, २५ किमी र १० किमी विधामा सम्पन्न भयो।
प्रोजेक्ट लाइफका ६ सदस्यहरूले प्रतिनिधित्व गर्दै सुक लामा शेर्पा (दार्जीलिङ) ले ६५ किमी ओपन महिला वर्गमा प्रथम स्थान ७:५२:१४ समयमा हासिल गरिन्। क्रमशः
अलिना गोपेर्मा शेर्पा (खरसाङ) ले ५० किमी ओपन महिला वर्गमा द्वितीय स्थान ५:३२:२० समयमा हासिल गरिन्। यसरी नै मुन्ना तामाङले ६५ किमी ओपन महिला वर्गमा तृतीय स्थान ९:०९:५२ समयमा पूरा गरिन्।
प्रोजेक्ट लाइफका संचालक श्री बिक्रम थापाले ६५ किमी ओपन पुरुष वर्गमा चौथो स्थान ६:३६:३८ समयमा हासिल गरे।

यसका साथै, प्रोजेक्ट लाइफका वरिष्ठ सदस्यहरू डा. सी. एस. राई (५८ वर्ष) ले कठिन ५० किमी दौड सफलतापूर्वक पूरा गरे। गंगा माया थापा (७५ वर्ष) ले १० किमी दौड पूरा गर्दै उमेरले कहिल्यै सीमा निर्धारण गर्दैन भन्ने सन्देश दिइन्।
प्रोजेक्ट लाइफ आज केवल एउटा रनिङ समूह मात्र नभई परिवर्तनको प्रेरणादायी अभियान बनेको छ- जहाँ सामान्य व्यक्तिहरूलाई निरन्तर अभ्यास, आपसी सहयोग र साझा लक्ष्यमार्फत असाधारण उपलब्धितर्फ अग्रसर गरिन्छ। यसले शारीरिक तन्दुरुस्ती मात्र नभई मानसिक दृढता, अनुशासन र सामाजिक एकता पनि सुदृढ बनाउँछ।
यस समूहका सदस्यहरूको प्रत्येक सफलता हामी सबैका लागि प्रेरणा हो। उनीहरूको यात्राले स्पष्ट सन्देश दिन्छ—दृढ संकल्प, निरन्तर प्रयास र सहकार्य भए कुनै पनि लक्ष्य असम्भव हुँदैन।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ