चिया बगान मजदुरका छोरा, सोनादा क्षेत्रबाट पहिलो पल्ट भारतीय सेनामा कर्णेल बने।

Share this news

सोनादा क्षेत्रका लागि गौरवपूर्ण र ऐतिहासिक उपलब्धि हासिल गर्दै, रंगमूक चन्द्रमानधूरा (सीएमडी) गाउँका एक साधारण चिया बगान मजदुरका छोरा विवेक राई भारतीय सेनाको प्रतिष्ठित पद कर्णेल (कर्नल) मा पदोन्नत भई, सम्पूर्ण क्षेत्रमा यो दर्जा प्राप्त गर्ने पहिलो व्यक्ति बनेका छन्। सोनादाका चिया बगानदेखि सेनाको नेतृत्वसम्मको उहाँको यात्रा कठिन परिश्रम, अनुशासन, देशभक्ति र सामुदायिक सहयोगको ज्वलन्त उदाहरण हो।
वर्ष २००३ मा दार्जीलिङस्थित सेन्ट रोबर्ट्स स्कुलबाट १२ कक्षामा जिल्ला टप गरेर उतीर्ण भएपछि, विवेक राईले भारतीय सेनामा एक सैनिकका रूपमा आर्मी एभिएसन कर्प्समा हेलिकप्टर प्राविधिकको रुपमा सेवा शुरू गर्नुभयो। उहाँको तेज बुद्धि, कठोर परिश्रम र नेतृत्व क्षमताले २००८ मा उनलाई आर्मी क्याडेट कलेज (ACC) मा छानिन सफल बनायो—जहाँबाट योग्य जवानहरूलाई अधिकृत बन्ने अवसर दिइन्छ।
वर्ष २०१२ मा उहाँ इण्डियन मिलिटरी एकेडेमी (IMA), देहरादूनबाट लेफ्टिनेन्ट का रूपमा अधिकृत बने। पहिलो पटक सीएमडी गाउँमा commissioned officer को रूपमा उहाँको आगमनलाई सम्पूर्ण गाउँले खादा, माला र आशीर्वादले स्वागत गरे। यो क्षण न केवल व्यक्तिगत उपलब्धि थियो, तर सम्पूर्ण क्षेत्रका लागि प्रेरणादायी ऐतिहासिक मोड पनि बन्यो।
सेनाको आफ्नो उत्कृष्ट सेवाकालमा कर्णेल राईले असाधारण नेतृत्व र समर्पण देखाउनुभएको छ। उहाँले राष्ट्रिय राइफल्स बटालियनमा कम्पनी कमाण्डरको रूपमा देशको संवेदनशील क्षेत्रहरूमा आतंकविरोधी अपरेसनको नेतृत्व गर्नुभयो। त्यसपछि एयर डिफेन्स रेजिमेन्टमा ब्याट्री कमाण्डरको रूपमा कार्य गर्दै देशको हवाई सुरक्षामा योगदान पुर्‍याउनुभयो।
वर्ष २०१८–१९ मा मेजर पदमा रहँदा, उहाँ इण्डियन मिलिटरी एकेडेमीमा Instructor को रूपमा कार्यरत हुनु भयो, जहाँ उहाँले भावी सैन्य अधिकृतहरूलाई तालिम दिनुभयो। यस्तो भूमिका केवल उच्च सैन्य चरित्र र नेतृत्व क्षमता भएका अधिकृतहरूलाई दिइन्छ—यो सम्मान उहाँप्रति सेनाभित्रको विश्वास दर्शाउँछ। हाल उहाँ एक इन्फेन्ट्री ब्रिगेडमा Assistant Adjutant General (AAG) को रूपमा सेवा दिइरहनुभएको छ।
उहाँको उत्कृष्टता सेनामा प्रवेश गर्नु अघि नै प्रष्ट थियो। सन् २००१ मा सोनादा नालीचौरस्थीत सेन्ट प्रटिर्स स्कुलबाट माध्यमिक परीक्षामा टप गरेर उहाँले मेधावी र अनुशासित विद्यार्थीको पहिचान बनाउनु भएको थियो।
उहाँका पूर्व प्रधानाध्यापक राज सर (राज राई) भन्छन्: “विवेक सधैँ नम्र तर आत्मविश्वासी विद्यार्थी थिए। उनलाई कहिल्यै दबाब दिनु पर्दैनथ्यो। उनको अनुशासन र निष्ठा सानैदेखि देखिन्थ्यो। आज उहाँको सफलता हामी सबैको गौरव हो।”
आफ्नो यात्रा स्मरण गर्दै कर्णेल राईले आफ्ना गाउँ र समुदायप्रति कृतज्ञता व्यक्त गर्नुभयो:“भन्छन् नि, एउटा बच्चा हुर्काउन पूरै गाउँ लाग्छ। मेरो यात्राभर मेरो गाउँलेले कहिल्यै ईर्ष्या गरेनन्, सधैँ मेरो सफलतालाई मभन्दा बढी मनाएका छन्। त्यो सामूहिक खुशी नै मेरो प्रेरणा बन्यो। मेरो सबै उपलब्धि मेरा गाउँलेहरूलाई समर्पित छ, जसले सधैं मलाई साथ दिए।”
पूर्व सांसद तथा सीएमडी गाउँकै निवासी श्री आर.बी. राईले पनि गहिरो गर्वका साथ भनुभयो:“उहाँ हाम्रो माटोका सुपुत्र हुन्। विवेक राईले न केवल हाम्रो गाउँको मान बढाएका छन्, तर यहि माटोबाट कस्तो महानता सम्भव हुन्छ भनेर प्रमाणित गर्नुभएको छ। उहाँ हाम्रा युवाहरूका लागि प्रेरणाका स्रोत हुनुहुन्छ।”
कर्णेल पदमा भएको यो पदोन्नति एक व्यक्तिगत सफलता मात्र नभई सम्पूर्ण सोनादा क्षेत्रका चिया बगान समुदायका युवाहरूका लागि आशाको दियो बनेको छ। कर्णेल राईको कथा प्रमाण हो—जहाँबाट यात्रा शुरू भयो त्यहाँ महत्वपूर्ण होइन, तर साहस, परिश्रम, र समुदायको साथ भए सपनाहरू अवश्य पूरा हुन सक्छन्।
सीएमडी गाउँ र सम्पूर्ण सोनादा क्षेत्रका लागि कर्णेल राईको यो सफलता गौरवको प्रकाशस्तम्भ बनेको छ—जसले सम्झाउँछ कि विनम्र शुरुवातबाट पनि महानता उदाउन सक्छ, र देशप्रेम तथा निष्ठा सधैं सम्मानित हुन्छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ