GK Sharma speech Sikkim
GK Sharma speech Sikkim

लेख: बिहानीको ऐना र रित्तिँदो जवानी- गणेश कुमार शर्मा, भट्टराई 

Share this news

बिहानको समयमा मानिसहरू नयाँ ऊर्जा र आशाका साथ बिउँझिन्छन्। यस्तो बेला जिन्दगीको यो नग्न सत्यलाई एकाबिहानै मैले उकेरा लाउँदा कतिपयले लोधर लायो जी के शर्माले भनेर भक्कु रिसाउनु भो होला, गाली दिनु हुन्छ होला, दिनको शुरूवात बिगारिदियो भनेर ‘तिक्तता ‘ मान्नुहुन्छ, त्यो मलाई थाहा छ तर पनि वास्तविक ‘परम सत्य’ लाई यहाँ उजागर गरें है प्रभू! उठ्ने वित्तिकै ऐना हेर्दा टाउकोको कालो कपालको बीचतिर कतै कतै सेतो कपालको त्यान्द्रो देख्नुभयो भने त्यसलाई उखेलेर नफाल्नुहोला। त्यो केवल एउटा कपाल मात्र होइन, त्यो त समयले तपाईँको दैलोमा टाँसिदिएको ‘सूचना’ हो अब जवानीको सूर्य अस्ताउँदै छ र फर्किएर आउने कुनै बाटो छैन भन्ने।

जिन्दगीको वास्तविकता: हामीले चाहेर पनि समयको घडीलाई उल्टो घुमाउन सक्दैनौँ। फुलेको कपालले त चुपचाप भनिरहेको हुन्छ— “तिमीले धेरै वसन्तहरू पार गर्‍यौ, कति झरी बादल सह्यौ,उमेरका धेरै दिन र वर्षहरू बितायौ, अब दौडिने होइन, सम्हालिएर हिँड्ने बेला भयो।” घरमा आएको पाहुना फेरि पनि आउन सक्छ तर जवानी एउटा यस्तो पाहुना हो जो एकपटक बिदा भएपछि कहिल्यै फर्किँदैन! बडा अनौठो छ यो पाहुना! याद गर्नु भाको छ? त्यसैले, सेतो कपाललाई लुकाउनुभन्दा यसले दिएको परिपक्वतालाई अँगाल्नुहोस्। बितेका दिनहरूको पछुतोमा होइन, बाँकी रहेका दिनहरूको अर्थ खोज्नमा आजको बिहानी खर्च गरौँ किनकि रङ खुइलिएको कपालले भन्दा तिखारिएको अनुभवले मान्छेलाई अझ सुन्दर बनाउँछ। मसँगको रीस मर्‍यो कि अब ? मनमा सोच्ने कुरा: “फुलेको कपाल उखेलेर फाल्न त सकिन्छ, तर यसले ल्याएको बुढ्यौली र बितेको जवानीलाई उखेलेर फाल्न सकिँदैन।” हो कि होइन भन्नुहोस् ? “ऐनाले ढाँट्न जान्दैन, फुलेको कपालले लुक्न जान्दैन। यो त जिन्दगीको दोस्रो इनिङको सुन्दर शुरुवात हो।” होइन र “जवानीको मातभन्दा बुढ्यौलीको शान्त स्वभाव धेरै शक्तिशाली हुन्छ। कपाल फुल्नु भनेको जिन्दगी पाक्नु हो तर मक्किनु होइन नि।” मान्नुहुन्छ???

***

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ