Pawan Gole concert Darjeeling
Pawan Gole concert Darjeeling

चौध वर्षपछि पलेटीमा पुन: गायक पवन गोले कार्यक्रम प्रस्तुत गर्दै

Share this news

काठमाडौं कालिकास्थित नेपालयको “आर”शालामा अंग्रेजी महिनाको प्रत्येक महिनाको अन्तिम शुक्रबार अनि शनिबार आयोजन हुने गरिमामय सांगीतिक (एकल गायन) कार्यक्रम पलेटीमा अप्रेल महिनाको (ता:२४ र २५अप्रेल) कार्यक्रममा दार्जीलिङका प्रसिद्ध गायक पवन गोले अनि संगीतकार रमेश गुरूङ पुगेका छन्। गत हप्ता काठमाडौं पुगेका यी दुई कलाकारहरु केहि दिनदेखि निरन्तर प्राक्टिसमा जुटिरहेका छन्।

दार्जीलिङका यी दुई कलाकारहरुले जनाए अनुसार उनीहरुको पलेटी कार्यक्रममा यो दोस्रो पल्टको कार्यक्रम हो। गायक पवन गोले विगत (सन् २०१२मा ) चौध वर्षअघि पलेटीमा आफ्ना पुराना सुमधुर गीतहरु लिएर पुगेका थिए भने, संगीतकार रमेस गुरुङले विगत (सन्२००६ मा) दार्जीलिङका प्रशिद्ध गायिका दावा ग्याल्मोलाई संगीत संयोजकको रुपमा साथ दिन गएका थिए। यसपल्ट भने संगीतकार रमेस गरुङ संगीतकारको भूमिका निभाउँदै त्यहाँ पुगेका छन्। यसपल्ट गायक पवन गोलेका केही पुराना गीतहरुसहित ८ वटा संगीतकार रमेश गुरुङद्वारा संगीतबद्ध गीतहरु प्रस्तुत गर्ने छन्। यसपटक पवन गोलेद्वारा प्रस्तुत गरिने गीतहरुमा सुवर्ण लिम्बु, बसन्त छेत्री, पारस गजमेर, प्रदिप छेत्री र रमेस गुरुङले संगीत भरेका छन् भने शब्दहरु शिवशंकर थापा, नरदेन रुम्बा, जितेन्द्र बर्देवा, जस योञ्जन “प्यासी”, कालूसिंह रनपहेली, पुरण गिरी, सरेन थीङ, सञ्जय बान्तवा, सञ्जय विष्ट, प्रमोद स्नेही र अरुण तिवारीको रहेका छन्।

नेपाली दर्शक श्रोताहरुको मनमा बसेका गायक पवन गोले चौधवर्ष अघिको पुरानो सम्झनालाई बल्झाउँदै भन्छन्- चौधवर्षपछि फेरि पलेटीमा पलेटी कसेर मेरा पुराना लगायत संगीतकार रमेस गुरुङ भाईद्वारा संगीतबद्ध नयाँ गीतहरु पनि प्रस्तुत गर्न आएको छु। मलाई यसपटक धेरै सजिलो छ। किनकि मेरो साथमा रमेस भाई छन्। म निर्धक्क भएर गीतहरु प्रस्तुत गर्नेछु। आशा छ यसपटक पनि दर्शक श्रोताहरुको मन जित्न सक्नेछु अनि भरपूर माया पाउनेछु। दर्शकहरुले पनि मनग्गे आनन्द उठाउने छन् भन्ने लागेको छ। गायक पवन गोलेलाई प्रसन्न मुद्रामा देखिएको थियो। यता पवन गोलेको छेउमा बसेर हारमोनियका रिटहरु खेलाउँदै संगीतकार रमेश गुरुङ भन्छन्- विगत २० वर्षअघि आदरणीय दिदी दावा ग्याल्मोलाई संगीत संयोजकको रुपमा साथ दिन आएको थिएँ भने यसपटक पूरा जिम्मेवारी लिएर आएको छु। म यसपटक अझ गर्वित छु, नेपाली गीत संगीतका शान अग्रज गायक दाजु पवन गोलेद्वारा यसपटक मेरा आठवटा गीतहरु प्रस्तुत गरिँदैछ। यसै अर्थमा पनि म यसपटक संगीकारको भूमिका निभाउन आएको छु। साँच्चै भन्नुपर्दा यस पटकको पवन दाजुको कार्यक्रममा मेरो गीतहरुलाई पनि समेटिदिएकोमा आयोजक प्रमूख आभासज्यु र पवन दाजुप्रति हृदयदेखि नै आभारी छु।

रमेश गरुङ दार्जीलिङका एक क्रियाशील संगीतकार हून् उनी संधै दार्जीलिङका पुराना गीत-संगीतलाई जिउँदो राख्ने एक संगीत साधक हून्। उनी केही वर्षअघि सलगढीमा आफ्नो निजि निवासमा स्थापित गरेको आफ्नो रेकर्डिङ स्टूडियो भाकालय मार्फत प्रत्यक्ष सांगीतिक कार्यक्रम “गीति भाका” (Live consort) पुराना कलाकारका गीतहरु नयाँ पुस्ताका कलाकारहरुलाई हस्तान्तरण गर्ने काम गरिरहेछन्।

त्यसो त यस गरिमामय सांगीतिक कार्यक्रम पलेटीमा दार्जीलिङका अग्रज कलाकारहरु शान्ति ठटाल, कर्म योञ्जन, अशोक राई, मणिकमल छेत्री, बद्रीदुर्गा खरेल, दावा ग्याल्मो, चन्दन लमजेल र डेजी बराईलीले पटक पटक अघिबाटै आफ्नो प्रस्तुति राखिसकेका छन्। यस पलेटीमा दार्जीलिङका कलाकारहरुले छुट्टै गरिमा राखेका छन्।

यो पलेटी कार्यक्रम नेपाली सुगम संगीतलाई टेवा पुर्याउने उदेश्य लिएर विगत २१ वर्षअघि सुरु गरिएको सांगीतिक कार्यक्रम हो। काठमाडौंको कालिका स्थित नेपालयको आर- शालामा अंग्रेजी महिना अनुसार प्रत्येक महिनाको अन्तिम साताको शुक्रबार अनि शनिबारको दिन आयोजन गरिन्छ भने यो अप्रिल महिनाको कार्यक्रम आगमी ता: २४ र २५ को दिन आयोजन भईरहेछ। आयोजक समितिको पक्षमा आभास ले जानकारी गराए अनुसार “आर”शालामा उपस्थित हुन असमर्थ संगीत अनुरागीहरुको निम्ति अनलाईनबाट प्रत्यक्ष हेर्नको payper-View को व्यवस्था गरिएको छ। त्यसको निम्ति पलेटीको वेभ साईटमा रहेको

purchase Live Access बटनमा क्लि गरेर आफ्नो वालेट प्रयोग गर्नुपर्ने हुन्छ। भारतीय संगीत प्रेमीहरूले दुवै कलाकारहरुलाई कार्यक्रमको निम्ति हार्दिक वधाइ र शुभकामना छन्।

Share this news
आजको रोजाइ
‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

आजको रोजाइ