चितुवाको आतङ्क

Share this news

वर्तमान युगमा मानिसहरू जस्तै जङ्गली जनावरहरू पनि सुविधावादी बन्दै गइरहेको हुन सक्छ। सुविधावादी बनेकै कारण मांसाहारी जनावरहरूले जङ्गलमा अन्य पशुहरूको शिकार गर्नुको साटो घरको गोठमा पालिएका पशुहरूको शिकार गरिरहेका पशुपालकहरूको गुनासो छ। अहिलेसम्म चितुवाले धेरै कुकुर, बिरालो, कुखुरा, बाख्रा, सुङ्गुरलाई आफ्नो आहार बनाइसकेको पनि पशुपालकहरूले बताएका छन् । कुखुरा, बाख्रा,
सुङ्गुर जस्ता पशुहरूलाई चितुवाले आहार बनाउँदा पशुपालकहरू धेरै आर्थिक क्षतिको सम्मुखीन बनेका छन्। अहिले विभिन्न स्थानमा चितुवाको रगरगी बढ्‌दै गइरहेको देखिन्छ। यस्तो घटनाले चितुवाको सङ्ख्यामा वृद्धि भएको अनुमान लगाउन सकिन्छ। एकातिर चितुवाको सङ्ख्यामा वृद्धि भएको थाहा लाग्छ भने अर्कातिर मृग, दुम्सी, खरायो, बँदेल, बाँदर, कालिज, मयूर आदिको सङ्ख्या पनि उतिकै बढ़ेको छ। जताततै जङ्गली जनावरहरूले गर्ने गरेका उपद्रवबाट त्यो स्पष्ट हुन्छ। सामानुपातिक रूपले चितुवासितै अन्य वन्य जन्तुको पनि सङ्ख्यामा वृद्धि भएको छ। तर चितुवाले आहारको निम्ति वन्य जन्तुको शिकार गर्न छोड़ेर सहज आहारको खोजीमा घरका पाल्तु पशुहरूलाई आफ्नो लक्ष्य बनाउने गरेको पशुपालकहरू बताउँछन्। यदि चितुवाले अन्य वन्य जन्तुलाई नै आफ्नो आहार बनाउने हुँदो हो त अन्य वन्य जन्तुको सङ्ख्यामा कमी आउने थियो वा सङ्ख्या वृद्धिमा अङ्कुश लाग्ने थियो। त्यससितै चितुवाले यसरी गाउँ-घरमा पसेर पाल्तु जनावरको शिकार गर्ने थिएन। अहिले प्रत्येक
गाउँ-घर, कमान-बस्तीमा चितुवाले केही न केही क्षति पुऱ्याएको सुन्न पाइन्छ। यसै क्रममा १० जूनको राति स्थानीय आँपबोटे गाउँ निवासी उर्गेन प्रधानको खोरमा चितुवाले आक्रमण गरेको खबर आएको छ। खोरमा पालिएको उन्नत जातको बोकालाई खोरबाटै तानेर चितुवाले घाइते बनाएको पशुपालक उर्गेन प्रधानले बताए। खोरमा बाख्रा कराएको आवाज सुनेपछि तुरुन्तै उठेर हल्ला गर्दा मात्र बोकालाई लैजान नपाएको तर घाइते बनाएको उर्गेनले थप बताए। गम्भीर रूपले घाइते बोकाको कुनै पनि समय मृत्यु हुन सक्ने तिनले जनाए। चितुवाको कारण अहिले पशुपालकहरूले आफ्ना गाई, बाख्रा, कुखुरा, सुङ्गुर आदिको गोठ तथा खोरमा रातभरि बत्ती बालेर राख्नुपर्ने कि त गोठ वा खोरनजिक आगो जलाउनुपर्ने अवस्था बनेको पनि पशुपालकहरू बताउँछन्। गोठ वा खोरको बारबेर पक्का तथा दह्रो नभए आर्थिक हानि ब्योहोर्नुपर्ने स्थिति आएको पशुपालकहरूले थप बताए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ