Longview tea workers protest kurseong
Longview tea workers protest kurseong

कलकता सम्झौता उल्लंघनपछि लङभ्यू चिया बगानका श्रमिकहरू सडकमा

Share this news

लङभ्यू चिया बगानका मालिक गोविन्द गर्गले कोलकातामा भएको त्रिपक्षीय सम्झौता उल्लंघन गरेपछि बगानका श्रमिकहरू सडक आन्दोलनमा उत्रिएका छन्। बगान मालिक गोविन्द गर्गको रवैया विरूद्ध श्रमिकहरूले तुरुन्त सरकारी हस्तक्षेपको माग गरेका छन्।

कलकत्तामा भएको सम्झौता अनुसार बकया तलब र ज्याला 31 मार्च 2026 भित्र भुक्तानी गर्ने, पुराना बक्यौता प्रत्येक महिना 15 प्रतिशतका दरले अप्रिलको पहिलो साताबाट भुक्तानी सुरु गर्ने सहमति भएको थियो। सम्झौता अनुसार 15 अप्रेल भित्र रुपिया 3,15,08,357 पीएफ पनि मालिकले भुक्तान गर्नु पर्ने थियो साथै, अवकाशप्राप्त ७६ जना श्रमिकहरूको बाँकी ग्राच्युटी प्रत्येक महिना ३ लाख रुपैयाँका दरले भुक्तानी गर्ने निर्णय गरिएको थियो।
तर, मालिक गर्गले उक्त सम्झौताका कुनै पनि बुँदा कार्यान्वयन गरिएको छैन। यसले श्रमिकहरू र सरकारबीचको विश्वासमाथि गम्भीर आघात पुर्‍याएको श्रमिकहरूको आरोप छ।

हिल प्लान्टेसन इम्प्लोइज युनियन (HPEU) ले २०२६ को विधान सभा निर्वाचनअघि नै श्रमिकहरूलाई न्याय दिलाउन सरकारसँग माग गरेको छ। युनियनले चेतावनी दिँदै भनेको छ कि यदि २३ अप्रिलभित्र श्रम विभागले हस्तक्षेप गरी बक्यौता रकम भुक्तानी गराउन सकेन भने आन्दोलन अझै कडा बनाइनेछ।

स्मरण रहोस् , गत १० मार्च २०२६ मा पश्चिम बंगाल श्रम विभागको आह्वानमा आयोजित त्रिपक्षीय बैठकमा लङभ्यू चिया बगानमा सक्रिय सबै ट्रेड युनियनहरू सहभागी भएका थिए। उक्त बैठक श्रम मन्त्री मोलोय घटकको उपस्थितिमा सम्पन्न भएको थियो भने बैठकको अध्यक्षता श्रम विभागका सचिव अवनिन्द्र सिंहले गरेका थिए। साथै, श्रम आयुक्त डा. एम.डी. इखलाक इस्लाम, अतिरिक्त श्रम आयुक्त अर्नाल मजुमदार, विशाल कुमार शाह लगायत अन्य उच्च अधिकारीहरू पनि उपस्थित थिए। उत्तर बंगाल क्षेत्रका अतिरिक्त श्रम आयुक्त पार्थ बिस्वास, जीटीएका उप-श्रम आयुक्त आर्थर होरो तथा जीटीएका उपाध्यक्ष राजेश चौहानको पनि उपस्थिति रहेको थियो।
बैठकमा बगान व्यवस्थापन पक्षबाट मालिक गोविन्द गर्ग, एचआर शाबरी घोष र प्रबन्धक अजीत पाल सिंह सहभागी भएका थिए।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ