Ajay Edwards community hall Darjeeling
Ajay Edwards community hall Darjeeling

“प्रकृति समाज” घर निर्माण पूर्ण गरिदिएकोमा एडवर्ड्सप्रति आभार व्यक्त

Share this news

रेलिङ–कैजले समष्टि अन्तर्गत पर्ने रेलिङ ग्राम पञ्चायत अधीनस्थ रेलिङ होमडाँडामा “प्रकृति समाज”को समाजघर निर्माण कार्य सफलतापूर्वक सम्पन्न भएको छ। लामो समयदेखि आवश्यक रहेको उक्त समाजघर आज पूर्ण रूपमा तयार भएसँगै स्थानीयवासीहरूमा खुसीको माहोल छाएको छ।

केही महिना अघि बिजनबारी खण्ड संयोजक भरत तामाङको समष्टि भ्रमणका क्रममा समाजका सम्पूर्ण सदस्यहरूले एकजुट भई नयाँ समाजघर निर्माणको प्रस्ताव अघि सारेका थिए। गाउँमा आवश्यक आधारभूत पूर्वाधारको अभाव रहेको उल्लेख गर्दै समाजले आफ्नो समस्यालाई स्पष्ट रूपमा राखेको थियो। उक्त प्रस्ताव पछि अजय एडवर्ड्ससम्म पुगेपछि समाजका प्रतिनिधिहरूले उहाँसँग प्रत्यक्ष भेटघाट गर्ने निर्णय गरेका थिए।
भेटघाटका क्रममा समाजका सदस्यहरूले आफ्नो आवश्यकता र अपेक्षा विस्तारमा राखेका थिए। सोही क्रममा अजय एडवर्ड्सले कुनै ढिलाइ नगरी समाजघर निर्माण गरिदिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। उहाँको सकारात्मक सोच र दृढ प्रतिबद्धतापछि समाजमा नयाँ आशा र उत्साह थपिएको थियो।

आज उहाँकै पहल र सहयोगमा उक्त समाजघर निर्माण कार्य पूर्ण रूपमा सम्पन्न भएको जानकारी गराउँदै “प्रकृति समाज”का सम्पूर्ण सदस्यहरूले हर्ष व्यक्त गरेका छन्। समाजले अजय एडवर्ड्सप्रति हार्दिक आभार प्रकट गर्दै उहाँले गरेको सहयोगलाई उच्च सम्मान दिएको छ। स्थानीयवासीहरूले यसलाई केवल एउटा भवन मात्र नभई समाजको एकता, विकास र पहिचानको प्रतीकको रूपमा लिएका छन्।
साथै समाजले अजय एडवर्ड्स र उहाँको परिवारप्रति सधैं सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना व्यक्त गरेको छ। उहाँजस्तो नेतृत्वले गाउँ–गाउँमा यस्ता आधारभूत विकासका कामहरू अघि बढाओस् भन्ने अपेक्षा पनि समाजले राखेको छ।

आगामी दिनहरूमा पनि यस्तै जनमुखी कार्यहरू निरन्तर भइरहून् भन्ने विश्वास व्यक्त गर्दै समाजले अझै विकासका नयाँ योजनाहरूको अपेक्षा गरेको छ। यससँगै आउँदो विधान सभा चुनावका लागि पनि समाजले हार्दिक शुभकामना व्यक्त गर्दै जनहितमा काम गर्ने नेतृत्वको साथमा रहने संकेत गरेको छ।

Share this news
आजको रोजाइ
HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आजको रोजाइ