विकासको निम्ति एकपटक मौका दिउँ: मतदाता

Share this news

दार्जीलिङ, 19 अप्रेल (निसं): विधानसभा चुनाव जति नजिकिन्दै जाँदैछ, उति भोटको बजार तातिन्दै गइरहेको छ। शहर बजारदेखि गाउँ, बस्ति भेगतिर पनि मुद्दा, विकास र परिवर्तनको होहल्ला निक्कै सल्बलाउदै छ। यसै त समाजिक संजालले सर्वसाधारण देखि बुद्धिजीवी अनि बुजुर्गहरू समेतलाई दंग पार्न कोही कमजोर छैन। यसै क्रममा स्थानीय भीरगाउँ निवासी वयोवृद्ध सुक बहादुर राई 86 वर्षसित भएको भेटघाटमा गाउँ घरको समस्या सम्बन्धित कुराहरू, तपाईंको उमेर 86 भइसकेको रहेतापनि ज्येष्ठ नागरिकको सुचिमा किन सामेल भएन भनि प्रश्न गर्दा आफ्नो भोटर परिचय पत्रमा 83 वर्षमात्र उमेर भएको कारण म छोडिए जस्तो लागेको उनले बताए। कति वर्षको उमेरदेखि भोट लगाउनु भयो भनि सोधिएको उत्तरमा उनि भन्छन मैले 25 वर्षको उमेरदेखि भोट लगाएको हो तर सरकारबाट कुनै सहुलियत पाउन नसकेको उनको मन्तव्यमा आजसम्म गाउँको सडकहरू पक्का रूपमा नबनिनु हो। उनि भन्छन, हामीले धेरै वर्ष गोर्खाल्याण्ड मुद्दाको निम्ति मतदान दियौं तर न मुद्दा पार लाग्यो न त गाउँ विकास नै भयो। गाउँ विकासको कुरामा पनि कतिपटक नेताहरूले ढाँटेको छ। यसैले गाउँमा उचित गाडीको सडक छैन, यदि यस पल्ट पक्का सडक निर्माण हुन्छ भने एकपटक सबैले मौका दिनु पर्छ। युगौंदेखि पालेको सपना गाडीको सडक निर्माण हो, यो सडक अलकत्रे बनिएको खण्डमा सबै भन्दा ठूलो विकास हुने उनले विचार पोखेको छ। हो पनि 21 औं शताब्दीमा पनि कच्चा सडकको हिले बाटोमा यात्रा गर्न पर्ने यो तितो सत्य दार्जीलिङ पूल बिजनबारी अन्तर्गत मजुवा ग्राम तथा सुके-मानेभञ्ज्याङ समष्टिको भीरगाउँ बस्तिको हो। जहाँ सयदिने रोजगार योजना अन्तर्गत गाउँलेहरूको अथक प्रयासमा कच्चा सडकको निर्माण भएपनि आजसम्म पक्का रूपमा सडकको निर्माण हुन नसकेको तितो सत्य कुरा हो। यसैले यसपटकको विधानसभा चुनावमा यो सडक निर्माणलाई फत्ते गराउन वयोवृद्ध सुक बहादुर राईले पनि एकपटक भोट प्रयोग गर्ने सबैलाई आग्रह गरेको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ