सामाजिक कल्याण, भातृत्व र एकता — प्रवासी नेपालीहरुको आजको आवश्यकता
भन्ने मुल नारा साथ पूर्व मेचीदेखि पश्चिम् महाकाली सम्मका भारत मुम्बईमा बस्ने नेपालीहरुको गौरवशाली इतिहास बोकेको विशुद्ध सामाजिक संस्था, संयुक्त नेपाली महासङ्घ (रजि.) मुम्बईद्वारा नववर्ष २०८३ पहिलो बैशाख पालन गरिएको थियो। श्री सत्यनारायण महापुजा एवं बृहत सांस्कृतिक कार्यक्रम मुम्बईको शारदाज्ञानपिठ ईन्टरनेशनल स्कुलमा भव्य र सभ्य रूपमा सु-सम्पन्न गरिएको थियो। कार्यक्रमको अध्यक्षता, संस्थाका प्रमुख सल्लाहकार एवं सत्यनारायण महापुजा समिति अध्यक्ष श्री रविचन्द्र भट्टराईले गर्नु भएको थियो।
उक्त कार्यक्रमको सञ्चालन सन्युक्त नेपाली महासङ्घका महामन्त्री श्री भीमराज गैरेले गर्नुभएको थियो। सांस्कृतिक कार्यक्रमको सन्चालन भने संस्थाकी उपाध्यक्ष श्रीमती सीता काफ्ले र सांस्कृतिक मन्त्री श्रीमती वैजन्ती रावलद्वारा संयुक्त रुपमा गरिएको थियोे।सांस्कृतिक कार्यक्रमको नृत्य निर्देशन महासंघकै कार्यकारिणी समिति सदस्य श्री हरिश बिकले गर्नुभएको थियोे। उक्त कार्यक्रममा महासंघ परिवारका गोरेगाउँ उपसमिति र कल्याण डोम्बिवली उपसमितिका कलाकारहरुले नेपाली मौलिकता झल्कने प्रस्तुतिहरु गरेका थिए भने गोरेगाउँका बाल कलाकारहरु अनि श्रीमती सविता पान्डेको समूहले राष्ट्रभक्ति गीत एशियाको माझमा सभ्यता बास बसेथ्यौं, कुन शक्तिको सामुमा कहिले हामी झुकेथ्यौं बोलको गीतमा गर्नु भएको नृत्यले दर्शक दीर्घामा अवश्य पनि मातृभूमिप्रति राष्ट्रप्रेम जागेको हुनुपर्छ !!
सो कार्यक्रमका प्रमुख अतिथि मेनेजिङ्ग ट्रस्टी समस्त महाजन संस्था, भारतका श्री गिरिश भाइ शाहले पानसमा दिप प्रज्वलित गरी कार्यक्रमलाई विधिवत रूपमा उदघाट्न गर्नु भएको थियो। त्यसैगरी कार्यक्रममा विशिष्ट अतिथिहरु भारत भारती, राष्ट्रिय स्वयंसेवक संघका श्री गणेश पुराणिक, श्री विलास भागवतलगाएत अतिथिमा मनोकामना एकता फाउन्डेसनका अध्यक्ष मोतिलाल न्यौपाने, ने.ज.स.पश्चिम् भारत क्षेत्रका पूर्व अध्यक्ष श्री मीन बोहरालगायत मुम्बईका विभिन्न सामाजिक संघसंगठनका प्रमुखहरु रहनु भएको थियोे। सत्यनारायण महापुजालाई सफ़ल पार्नको लागि महासंघका शुभचिन्तक वरिष्ठ सल्लाहकार सदस्य पूर्व अध्यक्ष महोदय आदरणीय श्री जगत बहादुर सिंह, श्री रवि चन्द्र भट्टराई, उपाध्यक्ष श्री रामलाल पन्थ, महासंघका संरक्षण सदस्य श्री काशी पाण्डे, सल्लाहकार सदस्य श्री खुम लाल गैरेको प्रमुख भूमिका रहेको थियो। त्यस्तै पूर्व अध्यक्ष श्री युवराज न्यौपाने भौतिक रूपमा उपस्थित हुन नसके पनि परोक्षरुपले कार्यक्रमलाई सफल पार्न निरन्तर संस्थाको सम्पर्कमा रही सहयोगीको भूमिका खेलिरहनु भएको थियो। यसरी नै महासंघका पूर्व अध्यक्षहरु श्री ताराप्रसाद शर्मा, श्री भरत रावल, श्री धिर बहादुर रावल, निवर्तमान महामन्त्री श्री विष्णु काफ्ले, महासंघका पूर्व कोषाध्यक्ष श्री टेक प्रसाद पराजुली, पूर्व सह-महामन्त्री श्री बुद्धिराम पाण्डे आदिले पनि कार्यक्रममा अभिभावकीय सहभागिता जनाउनु भएको थियो।
त्यस्तै कार्यक्रममा स्वयंसेवको भूमिकामा वर्तमान सह-महामन्त्री श्री सुरज बोगटी, अर्थ मन्त्री श्री चन्द्रमान सिंह, संगठन मन्त्री श्री कृष्ण आचार्य, शिक्षामन्त्री श्रीमती मेखा चौहान, केन्द्रिय समितिका सम्पूर्ण पदाधिकारीहरु समिति सदस्य श्रीमती निरु भुसाल, साधना थापा, गीता शाही, कमला लामगादे, पूर्ण बोहरा, हँश तिरुवा, श्री नवराज शर्मा, श्री मोहन ओझा र सल्लाहकार समितिको सम्पूर्ण टोली लागि परेको थियो।
क्रमशः गोरेगाउँ उपसमितिका अध्यक्ष श्री दिनेश भट्टराई, महामन्त्री श्रीमती लक्ष्मी कार्की, श्रीमती शकुन्तला पाण्डे, श्रीमती सविता पाण्डे, पूर्व अध्यक्ष श्री नेत्रलाल गैरे, श्री टीकाराम बस्याललगायत सम्पूर्ण कमिटी सदस्यहरु सल्लाहकार श्री राम कार्की, समाजका बैधानिक लेखापरीक्षक श्री लक्ष्यमण पाण्डे, गोरेगाउँ उपसमिति सल्लाहकार प्रमुख श्री सुरेश घिमिरे अनि सल्लाहकार सदस्यहरू, अग्रज प्रतिनिधिहरू अनि सम्पूर्ण सदस्यहरूको उत्साहजनक उपस्थिति थियोे।
त्यस्तै गौरवशाली संस्थाको गोरेगाउँ समिति र कल्याण- डोम्बिवली समितिको भजन मंडलीले सत्यनारायण पुजाको रौनकतामा गरिमा थपेको थियो।
सत्यनारायण महापुजा, मुख्य पुजारी श्री चन्दन गौतम गुरु अनि सहायक पुजारी श्री शिवराज गौतमले सम्पूर्ण महासंघ परिवारको उपस्थितिमा भब्य र सभ्य रूपमा गरिएको थियो।
उक्त कार्यक्रममा महाप्रसाद भण्डाराको पनि व्यवस्था गरिएको थियो। महाप्रसादको पाकशालामा महासंघका कार्यकारिणी सदस्य नवयुवक श्री नरेश साउदले प्रमुख भूमिका खेल्नु भएको थियो भने साथमा कल्याण उपसमितिका कोषाध्यक्ष श्री केसव बरालद्वारा महाप्रसाद भोज वितरणमा आफ्नो अमुल्य सहभागिता जनाइएको थियोे।
गोरेगाउँ उपसमिति महिला पुरुषको टोली कल्याण-डोम्बिवली महिला टोली श्रीमती लक्ष्मी महत, पुरुष श्री रेशम लाल श्रेष्ठ, श्री रेवती घिमिरेलगाएत सम्पूर्ण टोलीको पनि उल्लेखनीय उपस्तिथिले कार्यक्रम अत्यन्तै उत्साह, एकता र आत्मविश्वासले भरिएको थियो। कार्यक्रमलाई साँच्चिकै ऐतिहासिक र उच्चस्तरीय बनाउन तन मन र धनले सहयोग गर्नु हुने महासंघ परिवारका सम्पूर्ण अभिभावकहरू सम्पुर्ण आजिवन सदस्यहरू र महिला सदस्यहरूप्रति हार्दिक आभार कृतज्ञता प्रकट गरिएको छ।
सोही कार्यक्रमा सन्युक्त नेपाली महासंघ रजि. मुम्बईको सल्लाहकार सह-प्रमुख पदमा कोटाल मेनेजमेन्ट सर्विस कम्पनीका मेनेजिङ्ग साझेदार श्री मनोज कोटाललाई सल्लाहकार सह-प्रमुख जस्तो गरिमामय पदमा मनोनीत गरिएको घोषणा महासंघका अध्यक्ष श्री पूर्ण कुँवरले सभा समक्ष गर्नु भएको थियो।
विशेष धन्यवादको पात्र पूर्व कोषाध्यक्ष श्री उत्तम शर्मा र वर्तमान कोषाध्यक्ष श्री राज रावलले आजीवन सदस्य बनाउने अभियान र चन्दा संकलन काउन्टर खटिएर आफ्नो समाज प्रतिको कर्तब्य निर्वाह गर्नु भएको थियोे।
आदरणीय दानदाता शुभचिन्तक तपाईंहरुको निरन्तर आर्थिक सहयोग र योगदानले नै हाम्रो समाज आज को यो गौरवपूर्ण यात्रामा अघि बढ्न सफल भएको छ।
सन्युक्त नेपाली महासँघका अध्यक्ष श्री पूर्ण बहादुर कुँवरले कार्यक्रममा उपस्थित जन सभालाई सम्बोधन गर्दै नयाँ वर्ष २०८३सालको उपलक्ष्यमा सुख शान्ति सम्वृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु भएको थियो।
निश्चय पनि आजको सत्यनारायण महापुजा तथा नेपाली नयाँ वर्ष २०८३सालको शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रममा यदि जान-अनजानमा केही कमीकमजोरीहरू देखिएका छन् भने त्यसको लागि सुधार र आत्मसमीक्षा गर्दै आगामी दिनहरुमा अझ जिम्मेवार सक्षम र प्रगतिशील पार्दर्शित समाज निर्माण तर्फ अग्रसर रहने प्रतिवद्धता व्यक्त गरियो।
आगामी दिनहरूमा सन्युक्त नेपाली महासंघ भारतलाई अझ शशक्त, एकताबद्ध र उत्कृष्ट समाजका रूपमा प्रस्तुत गर्दै, नेपाली समुदायका लागि प्रेरणाको स्रोत बनाउने हाम्रो साझा लक्ष्य रहने छ।
यो कार्यक्रमलाई भव्य र सभ्यताको साथ सफल पार्नको लागि आफ्नो अमुल्य समय दिएर पर्दा कोअगाडि पछाडिबाट महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु भएका सम्पूर्ण महासंघ परिवार लाई हार्दिक धन्यवाद व्यक्त गर्द्छु।
आगामी दिनमा पनि यस्तै साथ सपोर्ट र सहयोग को अपेक्षा गरेका छौ।
अन्त्यमा कार्यक्रमका अध्यक्ष महोदय श्री रविचन्द्र भट्टराईले कार्यक्रम सफल पार्न आउनु भएको सम्पूर्णलाई धन्यवाद ज्ञापन गरीनयाँ वर्षको शुभकामना दिंदै कार्यक्रम विधिवत रूपमा समापन भएको घोषणा गर्नु भएको संयुक्त नेपाली महासँघ रजि.मुम्बई भारतको पक्षबाट संस्थानका अध्यक्ष पूर्ण बहादुर कुँवर अनि महामन्त्री भिमराज गैरेले जानकारी गराएका छन्।












