Nari Shakti Act
Nari Shakti Act

अधिकारहरूको अधिकार:नारी शक्ति वन्दन अधिनियम, पीएस गोलेको सोच

Share this news

कुनै पनि राष्ट्रको जीवनमा यस्ता दिनहरू आउँछन्, जसले केवल क्यालेन्डरको पाना मात्र पल्टाउँछन् तर केही दिन यस्ता पनि हुन्छन् जसले इतिहासकै दिशा बदलिदिन्छन्। आजदेखि “नारी शक्ति वन्दन अधिनियम” औपचारिक रूपमा लागू भएको छ। यसलाई म एउटा कानुनी उपलब्धि मात्र होइन हाम्रो सभ्यताको नयाँ जागरण र इतिहासको नयाँ आयाम मान्दछु। यो क्षणको महत्त्वलाई अझ गहिराइमा बुझ्न, हामीले आधुनिक लोकतन्त्रको सुरुवाती समयलाई फर्केर हेर्नुपर्छ।

विश्वका कतिपय अति विकसित देशहरूमा समेत महिलाहरूले मतदानको अधिकार पाउन मात्रै दशकौँसम्म कठोर सङ्घर्ष गर्नु परेको थियो। तर हाम्रो देशको कथा भने आधारभूत रूपमा फरक छ। नारीलाई देवीको रूपमा पुज्ने हाम्रो अटुट संस्कार छ। यही संस्कारका कारण हाम्रो गणतन्त्रले सुरुदेखि नै महिलामाथि पूर्ण विश्वास गर्दै पहिलो निर्वाचनदेखि नै समान मताधिकार सुनिश्चित गर्‍यो। यद्यपि, हाम्रो देशमा एउटा विडम्बना भने कायम नै रह्यो। भारतीय महिलाहरूसँग मतदानको अधिकार त थियो तर निर्णय लिने स्थानहरूमा भने उनीहरूको उपस्थिति अत्यन्त न्यून थियो। महिला आरक्षण विधेयक पटक-पटक राजनीतिक चालबाजीको सिकार बन्यो। सन् 1996 -मा 81औँ संशोधन विधेयकको रूपमा पहिलोपटक प्रस्तुत गरिएको यो विधेयकलाई 1989, 1999, 2003 -मा अगाडि बढाउने प्रयास गरियो र 2010 -मा राज्यसभामा पारित त भयो तर त्यहाँबाट अगाडि बढ्न सकेन।

लगभग तीन दशकसम्म यो विधेयक बारम्बार प्रस्तुत गरियो, छलफल गरियो र पछि थन्क्याइयो। नैतिक साहस र राजनीतिक इच्छाशक्तिको अभावको कारण यो विधेयक निष्कर्षमा पुगेको थिएन। 2023 -मा पारित यो ऐतिहासिक अधिनियम आजदेखि लागू हुनु कुनै संयोग होइन। यो त माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्यूको नैतिक नेतृत्व र दृढ राजनीति इच्छाशक्तिको प्रमाण हो। उनको शक्तिशाली नेतृत्व सम्पूर्ण भारतीय महिलाहरूको निम्ति स्वर्णयुगको प्रथम दशक बन्नपुगेको छ।

यस कानुनप्रति देशले देखाएको विश्वास रातारात बनेको होइन। माननीय प्रधानमन्त्रीका महत्त्वपूर्ण अभियानहरूमार्फत एउटा-एउटा इँटा जोडेर यसको आधार निर्माण गरिएको हो। स्वच्छ भारत अभियानअन्तर्गत लाखौँ शौचालयहरू निर्माण गरिए, यो पहलले महिलाहरूको मर्यादा र आत्मसम्मानको रक्षा गर्‍यो। उज्ज्वला योजनामार्फत उनले आमाहरूलाई धुवाँले भरिएको भान्साबाट मुक्ति दिए। त्यसैगरी, “बेटी बचाओ, बेटी पढाओ” अभियानले छोरीप्रति समाजको सोचमै परिवर्तन ल्यायो र मुद्रा योजनाले घरभित्र सीमित गृहिणीहरूलाई उद्यमीमा रूपान्तरण गर्‍यो।

आज विश्वका कतिपय अति विकसित लोकतन्त्रहरूमा समेत महिलाहरू आफ्ना आधारभूत अधिकार पाउन र जोगाउन सङ्घर्ष गरिरहेका छन्। तर, हाम्रो देशमा भने महिलाहरूलाई शासनको उच्चतम अधिकार गरिमापूर्वक प्रदान गरिँदैछ। यदि मताधिकार हाम्रो लोकतन्त्रको बिहानी थियो भने नारी शक्ति वन्दन अधिनियम मध्यान्हको घाम हो। यसलाई म “अधिकारहरूको अधिकार” भन्न उपयुक्त ठान्दछु। यो नै सबै अधिकारहरूको मूल बन्नेछ। यसले महिलाहरूलाई देशको उच्चतम निर्णय लिने तहमा उनीहरूको उचित र निर्विवाद स्थान सुनिश्चित गर्छ। भारतको सन्दर्भमा यस क्षणको ऐतिहासिक महत्त्वलाई सेनेका फल्स सम्मेलनसँग तुलना गर्दा अतिशयोक्ति नहोला। तर, यसमा एउटा एकदमै महत्त्वपूर्ण फरक छ। त्यो के भने, हामीले यो उपलब्धि आपसी सहमतिबाट प्राप्त गरेका छौँ।

हाम्रो राज्यको प्रगति हाम्रा महिलाहरूको समृद्धिसँग अटुट रूपमा जोडिएको छ, यो सत्यलाई हामीले सधैँ आत्मसात गर्दै आएका छौँ। माननीय प्रधानमन्त्रीज्यूको मार्गदर्शनलाई नजिकबाट पछ्याउँदै, हाम्रो राज्य सरकारले केन्द्र सरकारका महिलाकेन्द्रित कार्यक्रमहरूलाई अत्यन्तै इमानदारीपूर्वक लागू गर्दै आएको छ। यसका साथै, हामीले सिक्किमेली महिलाहरूलाई जन्मदेखि वृद्ध अवस्थासम्म सुरक्षा प्रदान गर्ने र सशक्त बनाउने उद्देश्यले राज्यका आफ्नै विशेष योजनाहरू पनि यी कार्यक्रमहरूसँगै जोडेर अगाडि बढाएका छौँ।

सिक्किमका महिलाहरूले माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्यूको निष्ठालाई महसुस गरेका छन्। त्यसैले उनीहरूले आज ऐतिहासिक “सिक्किम महिला र्‍याली” आयोजना गरेर नारी शक्ति वन्दन अधिनियमप्रति आफ्नो उत्साहपूर्ण र स्पष्ट समर्थन जनाए। सिक्किमको इतिहासमा महिलाहरू एउटै उद्देश्य र अटल उत्साहका साथ यसरी एकजुट भएर कुनै अधिनियमलाई समर्थन जनाएको घटना विरलै छ। आजको भव्य ऱ्याली एउटा यस्तो कानुनको उत्सव हो, जुन भारत र सिक्किम दुवैको राजनीतिको नयाँ राजमार्ग साबित हुनेछ।

इतिहासलाई एउटा कठोर न्यायाधीश पनि मानिन्छ। यसले केवल सत्ता सम्हाल्नेहरूलाई विरलै सम्झिन्छ तर अरूको उत्थानका लागि आफ्नो शक्तिको सदुपयोग गर्नेहरूलाई भने सधैँका लागि अमर बनाइदिन्छ। इतिहासका पानाहरूमा माननीय प्रधानमन्त्री नरेन्द्र मोदीज्यूलाई केवल एउटा राष्ट्रका नेता मात्र होइन, महिलाहरूका सशक्त पक्षधरका रूपमा स्मरण गरिनेछन्।
भगवान् कृष्ण महिलाहरूको मर्यादाका पक्षमा सधैँ दृढतापूर्वक उभिए। धर्मको स्थापना गर्दा महिलाहरूको आवाजलाई केन्द्रमा राख्न उनले एक महान् सारथीको भूमिका निभाएका थिए। ठीक त्यसैगरी आज माननीय प्रधानमन्त्री मोदीज्यूले पनि महिलाहरूलाई अगाडि बढाउने त्यस्तै एक महान् सारथीको भूमिका निर्वाह गरेका छन्।

आज हाम्रो आधुनिक गणतन्त्रले जुन कुरालाई कानुनी मान्यता दिएको छ, त्यो हाम्रो प्राचीन परम्पराले युगौँदेखि बुझेको र मानेको कुरा हो। हाम्रो एउटा कालजयी उक्तिले यस्तो उद्घोष गर्छ: यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता: (जहाँ नारीको सम्मान हुन्छ, त्यहाँ देवताको बास हुन्छ)। नारी शक्ति वन्दन अधिनियमले भारतको आत्मालाई नै अझ माथि उठाएको छ। नारीको सम्मान नै राष्ट्रको सम्मान हो र नारीको सशक्तिकरण नै राष्ट्रको सशक्तिकरण हो। आजदेखि भारतीय नारीहरू राष्ट्रलाई पछाडिबाट आड दिने “मौन शक्ति” मात्र रहेनन्। आजदेखि उनीहरू यो राष्ट्रलाई बाटो देखाउने “मार्गदर्शक आवाज” बनेका छन्।


Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ