योकसम टाशिडिङ निर्वाचन क्षेत्रका विधायक तथा मन्त्री छिरिङ टी भोटियाको विशेष मार्गनिर्देशनमा रिम्बी चोङराङ जीपीयुमा पार्क निर्माण गर्ने कार्य भइरहेको छ। यो कार्यमा याङथाङ समष्टिका विधायक तथा मन्त्री भीमहाङ लिम्बुको विशेषसहभागिता रहेको छ। यसै गरी रिम्बी तिम्ब्रोङ NIMBRONG जीपीयुका पञ्चायत अध्यक्ष मंगलजीत राईको विशेष पहलमा क्षेत्रलाई पर्यटन प्रवर्धन गर्न यो पार्कको निर्माण गर्न लागेको हो। पर्यटनलाई आकर्षण गराउन स्थानीय जनताको विशेष श्रमदानमा यहाँ पार्क निर्माण गर्ने कार्य भइरहेको छ। यसमा राज्यका विभिन्न समष्टिबाट व्यक्ति विशेष एवं संघ संस्थाहरूले स्वेच्छाले श्रमदान गरिरहेका छन्।
