गणतन्त्रको सबैभन्दा ठूलो उत्सवको ज्वरो हाल राज्य भरि देखिन्छ। आगमी २३ अनि २९ अप्रेलको दिन हुने दुई चरणको मतदानले राज्यमा कसको सत्ता आउनेछ भन्ने निर्णय हुनेछ। यसै गरि दार्जिलिङ पहाडमा रहेको तीनवटा विधानसभा निर्वाचन क्षेत्रहरूको निम्ति घमासान उतिकै देखिन्छ। यहाँ आ-आफ्नो पक्षबाट हरेक उम्मेदवारले मतदातालाई प्रभावित गरि मतदान आफ्नो पक्षमा पार्न हरसम्भव प्रयास गरिरहेका छन्। पहाडका एकमात्र राजनीतिक दल जसले क्षेत्रियता र बिकासलाई आफ्नो मुद्दा बनाई चुनाव मैदानमा खडा भएको छ त्यो हो भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा। यस दलले खरसाङ, दार्जिलिङ अनि कालेबुङबाट आफ्नो उम्मेदवार दिइ सकेको छ र हाल जनता समक्ष सत्य बोलि आफूले गरेको कामको आधारमा भोट मागि रहेका छ। २०१७ को पहाडलाई आजको शान्ति अनि सुरक्षित पहाड बनाउनमा जुन भूमिका भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले निर्वाह गरेको छ जनताले त्यसको मूल्याङ्कन यसपालि भने अवश्य गर्नेछ भन्ने आशावादी छौं।
यसरी यस चुनावमा भारतीय जनता पार्टीले जुन प्रकारले क्षेत्रियतालाई निमिट्यान्न बनाउने षड्यन्त्रको थाल्नी गरेका छन् त्यसले गर्दा यसपालि भने कुनै पनि हालतमा जनताले भाजपालाई जवाब दिनेछन् भन्ने विश्वास भागोप्रमो गर्दछ। सासंद राजु विष्टले बोलेको जति सबै कुरा नै झूठ र अफवाह बाहेक केहि होइन, उनले जनतालाई रिझाउन बार-बार झूठको सहारा लिइ रहेका छन्। ५ तारिक जिटिए खारिज हुने, एकैजना गोर्खाको नाम एसआईआर मा काटिए आफूले पन्ध्र दिन भित्र राजिनामा दिने, पहाडमा उनि गुन्डा हो भन्ने र हालै यदि गोर्खाको समस्या समाधान गर्न नसके भाजपाको झण्डा नै छोडी दिन्छु, जस्ता बेतुका बयान दिई रहेका छन्। जबकि गृहमन्त्री साथै भाजपाका बरिष्ट नेता अमित शाह स्वंयमले बंगाल देखि छुटाएर अलग्गै कुनै पनि व्यावस्था नहुने कुरा स्पष्ट पारि सकेका छन्। यसरी जनतालाई अझै पनि झूठ बोलेर जनताको भावना सित खेल्ने काम भई रहेको छ। उता भाजपाका सहयोगि गोजमुमोका अध्यक्ष बिमल गुरुङ आफै कन्फ्युज छन्। उनलाई स्पष्टरूपमा थाहा छ भाजपा गोर्खा प्रति इमान्दार छैन र त्यो तितो अनुभव एकचोटि होइन बारम्बार उनले गरिसकेको भएता पनि उनको भाका ठीक चुनाव कै बेला फेरिने गर्छ र भाजपा प्रति उनि इमान्दार हुन्छन्। यहाँबाट प्रष्ट हुन्छ उनि प्याकेजले गर्दा नै इमान्दार देखिएको हो।
अरूको इज्जत ढाक्ने क्रममा आफू नांगो भएको देखेका छैनन् बिमल गुरूङले। गोरामुमोलाई त भाजपा ले खाई सके अब डकार लिन मात्र बाँकी छ त्यो औपचारिकता पनि यो चुनाव पछि पूरा हुन्छ होला। दार्जिलिङका एकजना गोरामुमोका नेता खुब साख्खे हुन्थे राजु विष्ट ज्युको र भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई तल देखाउन लागि पर्थे तर यसपालि आफै मुख देखाउन नसक्ने भएर होला पर्वत जस्तो निधार लिएर लुकेर बसेका छन्। भाजपाको अन्य सहयोगिहरूको त कुरै के गर्नु उनिहरू झरि च्याउहरू हुन् सबैले उम्रिनको लागि अलिअलि छिटा पाएर खूशी छन्। अर्का एक पक्ष जो परिवर्तनको नारा लगाएर जनता समक्ष आउदैछन्।
उनिहरूको बोलाई र काम गराईमा फरक छ। परिवर्तनको नारा चाहि लगाउने तर काम चाहि अशान्ति र आम जनतालाई उस्काउने गरिरहेका छन्। रात- बेरात नभनि गाँउ बस्तीमा पसेर हल्ला गर्ने, चुनावको आचारसंहितालाई उल्लंघन गरि बिना कुनै अनुमति रयाली र सभा गर्न खोज्ने, अन्य दलको सभा भएको ठाउँमा गई त्यहाँ भएको जनतालाई उस्काउन खोज्ने जस्ता कार्य गरि परिवर्तन चाहि रहेका छन्। उनिहरूको परिवर्तन भनेको २०१७ भन्दा पहिला जुन माहोल पहाडमा थियो त्यही माहोल ल्याउने परिवर्तन खोजे जस्तो छ। जनतालाई रिझाउन आफूले उदाहरण बनेर देखाउन सक्नु पर्छ तर बिरामी भएको जस्तो गरेर एउटा सानो के खाने साथ जुरूक्क उठेर जोशमा आउने संयोजक भएको दलले यहाँका युवाहरूमा के कस्तो प्रभाव पार्न सक्छ त्यसको अनुमान लगाउन सकिन्छ।
परिवर्तन भन्ने दलका उम्मेदवारलाई कतिपय संस्थाले बहिस्कार गरेको, उनको कार्यशैलिले गर्दा व्याक्तिगत रूपमा अरूलाई असर परेको र सबैभन्दा ठुलो कुरा भनेको पहाडभरि रहेका चिया बगानका कर्मचारीहरूको भविष्य निधि कोष बारे कार्य। यसरी पहिलाबाट आफूमा दाग बोकेकाहरूले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा र यसका उम्मेदवारलाई औंला उठाउन पनि सरम हुनेछ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले आफ्नो स्थापनाकाल देखि जनतालाई झूठ नबोलि स्पष्ट रूपमा भनेका छौं हामी सरकार सित मिलेर पहाडमा शान्ति शृङ्खला कायम राखि पहाडको सर्वांगिन बिकास गर्ने छौं। गोर्खाल्याण्ड र माटोको नाम गरि जनतालाई भ्रममा राखेर भोटको राजनीति गर्ने छैनौ। हामी आज पनि उहि कुरामा अढिक छौं र यसपालि जनताले सत्य र तथ्यको राजनीति गर्ने दललाई भारि मतले बिजय बनाउने छन् भन्ने आशाबादी छौं। माननिय अनित कुमार थापा को सोँच र पारदर्शीताको कारण जुन पहाड निर्माण भएको छ यसले उच्चाई पाउनेछ भन्ने विश्वास्तव छौं।












