Ambedkar Jayanti Kurseong
Ambedkar Jayanti Kurseong

बाबासाहेब डा. भीमराव अम्बेडकरको 136 औं जन्म जयन्ती पालन

Share this news

खरसाङमा‌ पार्वत्य तराई अनुसूचित जाति संयुक्त मञ्चको आयोजनामा बाबासाहेब डा भीमराव अम्बेडकरको 136 औं जन्म जयन्ती पालन गरिएको छ। खरसाङको नयाँ बजारस्थित सार्वजनिक भवनमा सम्पन्न डा भीमराव अम्बेडकरको जन्म जयन्ती कार्यक्रममा सभाध्यक्षको रुपमा मञ्चको उपाध्यक्ष तारकेश्वर रावत उपस्थित रहेका थिए भने प्रमुख अतिथिको रुपमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापा उपस्थित रहेका थिए। विशिष्ट अतिथिको रुपमा जीटीएको सल्लाहकार अमर लामा लगायत अन्यहरु उपस्थित रहेका थिए। अतिथिहरुका बाहुलीबाट डा अम्बेडकरको तस्वीरमा धुप दीप प्रज्वलन गरेर थालिएको कार्यक्रमलाई मञ्चको सचिव सञ्जय राउतले सञ्चालन गरेका थिए।‌

कार्यक्रममा स्वागत सम्भाषण मञ्चको सह सचिव मनिष सेवाले राखेका थिए। यसै कार्यक्रममा अतिथिहरुका‌ बाहुलीबाट केक पनि काटिएको थियो। कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित जीटीए प्रमुख अनित थापा र दार्जिलिङका वरिष्ठ संगीतकार चन्दन लम्जेललाई पार्वत्य तराई अनुसूचित जाति संयुक्त मञ्चको तर्फबाट सम्वर्ध्दना जनाइएको छ। यस अवसरमा शल‌ ओढाएर सम्मान पत्र प्रदान गरेर सम्वर्ध्दना जनाइएको छ। यसको साथै डा भीमराव अम्बेडकर फेलोशिप प्रापक मञ्चको सभापति रवि तोलङ्गी र प्रकाश सेवालाई पनि स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइएको छ। कार्यक्रममा डा भीमराव अम्बेडकरको जीवनी र योगदान विषयमा सिलगढीबाट आएका बीबी बिश्वकर्माले वार्ता प्रस्तुत गरेका थिए। उनलाई पनि मञ्चको तर्फबाट स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइएको छ।

कार्यक्रमलाई विशिष्ट अतिथिको रुपमा उपस्थित जीटीएका सल्लाहाकार अमर लामाले पनि सम्बोधन गरेका थिए। कार्यक्रममा गीत, नृत्य प्रस्तुत गरिएको थियो। बाबासाहेब डा भीमराव अम्बेडकरको 136 औं जन्म जयन्ती कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै पार्वत्य तराई अनुसूचित जाति संयुक्त मञ्चको सचिव सञ्जय राउतले विस्तृत रुपमा जानकारी गराएका छन्।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ