पार्टीले जे जस्ता निर्देश दिन्छ त्यसलाई आत्मासात गर्ने किरण सुनुवारले बताएका छन्। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष किरण सुनुवारले समाए इण्डियन गोर्खा जन शक्ति फ्रण्टलाई समर्थन गर्दै पार्टीको झण्डा। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको तकदाह ग्लेनर्वण समष्टि अन्तर्गत शिकारी धुरा शाखा अध्यक्ष गत केही दिन अघि पार्टीबाट राजीनामा पत्र दिएका थिए।आज उनी इण्डियन गोर्खा जन शक्ति फ्रण्टमा सामेल भएका छन। आइजीजेएफको नेतृत्वहरूले किरण सुनुवारलाई पार्टीमा न्यानो स्वागत जनाए।यसै संदर्भमा किरण सुनुवारले गत 2007 देखि जाति र माटोको संघर्षमा संघर्षरत थिए।
गत 2017 मा भएको आन्दोलनपछि हामी चुपचाप बसेका थियौ।त्यसैक्रममा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको गठन भयो अनि हामीलाई पार्टीमा सामेल हुने आहवान गर्दै आएका हुनाले हामी भागोप्रमोमा सामेल भयौं। पार्टीले मेरो पूरानो राजनैतिक अनुभव देखेर शिकार धुरा शाखा अध्यक्षको कार्यभार सोम्पिएको थियो।हामी पार्टीमा बसेर धेरै कार्यक्रमहरू गर्दै आएका थियौ।
हामीले जनताको हितमा कामहरू गर्न पर्छ भन्ने सोचहरू लिएका थियौ तर हामीलाई जनहित कार्यहरू गर्नमा रोक लगाउने कार्यहरू भयो। गोर्खा जातिको हितमा काम गर्न पर्छ भन्ने हाम्रो सोच थियो तर पार्टीले हाम्रो जातिया हितको कार्यमाथि रोक लगाउदै यस्ता पार्टीमा बसेर जातिको हितमा काम गर्न सकिन्दैन भन्ने बुझेर गत दिन मैले पार्टीबाट राजीनामा दिएको हो। इण्डियन गोर्खा जन शक्ति फ्रण्टले गोर्खा जातिको हितमा धेरै धेरै कामहरू गर्दै आएका छन।यी सबै हेरेर मैले गोर्खा जाति र पहाडको हितमा काम गर्न आइजीजेएफमा सामेल भएको हो।दार्जीलिङ पहाड र गोर्खा जातिको हितमा पार्टीले मलाई जे जस्ता निर्देशहरू दिन्छ त्यसलाई आत्मासात गरेर स्वीकार्ने किरण सुनुवारले बताए।












