Bikram Sambat New Year
Bikram Sambat New Year

विक्रम सम्बत् नयाँ वर्ष पालन गरिने चलन-चल्ती

Share this news

आज वैशाख १ अर्थात् नयाँ वर्ष । आज (सोमबार)देखि हामीहरू विक्रम सम्बत् २०८१ बाट २०८२ सालमा प्रवेश गरेका छौँ । हुन त विश्वभर अधिकांशले करिब साढे ४ महिनाअघि नै नयाँ वर्षको रूपमा सन् २०२५ को जनवरी १ लाई मनाए । तर, हामीहरू मध्यअप्रिलमा पर्ने वैशाख १ लाई नै नयाँ वर्षको रुपमा मनाउँदै आएका छौँ ।

विशेषतः भारतखण्डअन्तर्गत पर्ने देशहरूमा विक्रम सम्बत्को प्रचलन अझै पनि छ र वैशाख १ लाई नयाँ वर्षको रूपमा मनाउँछन् । विशेष गरी विक्रम सम्बत् हिन्दु धर्मसँग प्रत्यक्ष रूपमा जोडिएको छ । पूर्वीय ज्योतिषशास्त्रअनुसार सौर्यमानको आधारमा १ वैशाखलाई नयाँ वर्ष मानिएको हो । १ वैशाखदेखि सूर्यले १२ राशिको आफ्नो एक वर्षे यात्रा पूरा गरी मीन राशिबाट पुनः मेष राशिमा प्रवेश गर्छ । सौरमानलाई नै समय मापनको मुख्य पद्धति मान्ने विक्रम सम्बत्अनुसार यस दिनदेखि नयाँ वर्ष सुरु भएको मानिन्छ ।
विक्रम सम्बत्लाई सरकारले नै औपचारिक रूपमा मान्यता दिएको देश नेपाल मात्र हो । नेपालको सरकारी कामकाजदेखि व्यावहारिक तहसम्म दिन, तिथि गणना विक्रम सम्बत्कै आधारमा हुने गरेको छ । विक्रम सम्बत् हिन्दु पञ्चांग प्राचीन सनातन परम्परामा आधारित सौर्य पात्रो हो । यो ईस्वी संवतभन्दा भन्दा ५६ वर्ष ८ महिना १५ दिन अगाडि छ भने शक सम्बत्भन्दा १३५ वर्ष र नेपाल सम्बत्भन्दा ९३६ वर्ष जेठो छ ।

विक्रम सम्बत्को सुरुआती इतिहास
विक्रम सम्बत्को सुरुआत कहाँ र कहिलेबाट भयो ? विक्रम सम्बत् १ सबैभन्दा पहिले कसले सुरु ग¥यो ? जस्ता ऐतिहासिक दस्ताबेज अहिलेसम्म पनि इतिहासकै गर्भमा छ । विक्रम सम्बत् नेपाल र भारत मात्र भन्दा पनि समग्र भारतवर्षकै हो । यसले हिन्दुसँगै सनातन परम्परालाई आत्मसात गरेकाले पूर्वीय दर्शनको उद्गमस्थलको रूपमा रहेका नेपाल, भारत, श्रीलंका, भुटान, पाकिस्तान, बंगलादेश, म्यानमारलगायत देशको सभ्यातासँग पनि विक्रम सम्बत्को क्यालेन्डर जोडिएको छ । कलियुग सुरु भएको ३ हजार ४४ वर्षपछि विक्रम सम्बत् सुरु भएको हो ।

विक्रम सम्बत्को सुरुआती चरणका बारेमा एकीन हुने कुनै प्रमाण नभेटिए पनि यसका बारेमा छुट्टाछुट्टै मान्यता पाइन्छ । भारतसँगै नेपालका केही इतिहासकारले इसापूर्व ५७ मा चन्द्रगुप्त विक्रमादित्यले विक्रम सम्बत् सुरु भएको केही तथ्य प्रस्तुत गर्छन् । भलै चन्द्रगुप्त विक्रमादित्यको बारेमा पनि प्रमाणित गर्ने दस्तावेजहरू पर्याप्त भेटिएका छैनन् । विक्रम सम्बत्को सुरुआत नेपालबाटै भएको हो भन्ने मत पनि बलियो छ । विक्रमादित्य नाम गरेका राजा नेपालको वंशावलीमा पनि भेटिन्छ । लिच्छवि वंशका पहिला राजालाई धर्मपाल, भूमिबर्मा, विक्रमादित्य आदि भनिएको र तिनकै शासनकालदेखि नै नेपालमा विक्रम संवत सुरू भएको पनि बताइन्छ ।
चन्द्रशमशेर प्रधानमन्त्री हुँदा नेपालमा विक्रम सम्बत्लाई सरकारी कामकाजमा प्रयोग गर्न थालिएको मानिन्छ । विक्रम सम्बत् १९६१ सालदेखिको मेष संक्रान्तिलाई वैशाख १ गते मानी त्यसैको आधारमा महिनाका दिनहरू निर्धारण गरिएको मानिन्छ । चन्द्रशमशेरले ज्योतिषीहरूको सल्लाहमा तिथि र बारहरूमा तलमाथि नगरी विक्रम सम्बत १९६१ मेष संक्रान्ति वैशाख १ देखि प्रारम्भ गरी लेख्ने चलन चलाएको विश्वास गरिन्छ । यसैगरी केही इतिहासकारहरूका अनुसार विक्रम संबत्को प्रचलन मध्यकालमा बाइसी–चौबीसी, मल्ल, शाह राजाहरूले विक्रम सम्बत् चलाउँदै आएका थिए । केन्द्रका ३ सहरका मल्ल राज्यहरूमा पनि पूर्व मल्लकालदेखि नै अभिलेख, हस्तलिखित, पाण्डुलिपिका वाक्यहरूमा विक्रम संवत्को प्रयोग हुँदै आएको थियो ।

नेपालमा विक्रम सम्बत्को प्रयोगसम्बन्धी केही अभिलेखहरू
पृथ्वीनारायण शाहले उपत्यका एकीकरण गरेपछि विक्रम सम्बत् १८२५ को वसन्तपुर दरबारको अभिलेखमा– ‘राजा पृथ्वीनाराणको वंश गुहृयेकाली र पशुपतिका दुई पाउका धुलाका प्रसादले स्थिर भइरहोस्’ उल्लेख गरेका थिए । लिच्छबी शासनकालमा निर्मित हरिसिद्धि मन्दिरमा विक्रम सम्बत् ७११ उल्लेख भएको वंशावली छ । त्यस्तै, विक्रम सम्बत् ९४५ मा हरिसिद्धि नाटक मञ्चन भएको हरिसिद्धि उपपुराणमा उल्लेख छ ।
जयस्थिति मल्लको पालाको सुवर्णपत्रमा ‘विक्रम राजवर्ष १४४८ श्रीमत नेपालीकेः श्रेयोस्तु’ उल्लेख छ । मोरङका राजा हरिश्चन्द्र सेन र वृषसेनको स्याहामोहरमा विक्रम सम्बत् १७१९ पौष वदी ४, मकवानपुरका राजा मानिकसेनले विक्रम सम्बत १७८४ कार्तिक शुदी ७, विजयपुरमा बुद्धिकर्ण राईले विक्रम सम्बत् १८२४ नेपाली भाषामा लेखिएका कैयौँ प्रमाणहरू भएको कुरा इतिहासविद् शंकरमान राजवंशीले पुरातत्व संग्रह–२०१८)मा उल्लेख गरेका छन् । फर्पिङमा कनकेशरको ढोका फोरेर मुकुट चढाएको अंकित अभिलेखमा विक्रम सम्बत् १२९७ उल्लेख छ । गोरखाको रामेश्वर मन्दिरको रामशाहको अभिलेखमा विक्रम सम्बत् १६९३ उल्लेख छ भने अछामको वरदादेवी मन्दिरमा विक्रम सम्बत् १७७९ पौष उल्लेख छ ।

भक्तपुर दरबार नजिकैको गहिरो धाराको पश्चिमपट्टिको भित्तामा विक्रम सम्बत् १७३५ र भक्तपुर दरबारको तलेजु चोकको देवद्वारको तोरणको स्वर्ण पट्टामा विक्रम सम्बत् १७४१ र भक्तपुरको डोलेश्वर महादेवको मन्दिरमा विक्रमाब्द १७६४ का साथै नेपाल सम्बत् ८२८ माघ उल्लेख छ । भक्तपुर राजदरबार कुमारी चोकमा जितामित्र मल्लको अभिलेखमा विक्रम सम्बत् १७३४ उल्लेख भएको कुरा नयनाथ पौडेलले अभिलेख संग्रहमा उल्लेख गरेका छन् ।
राजा भूपतेन्द्र मल्लले विक्रम सम्बत् १७६३ उल्लेख गरेको कुरा भूवनलाल प्रधानले उल्लेख छ भने जयप्रकाश मल्लले विक्रम सम्बत् १८१४ मा पृथ्वीनारायणलाई खस नेपाली भाषामा धर्मपत्र गरी दिएको प्रमाण भेटिन्छ । विक्रम सम्बत् नेपालको राष्ट्रिय सम्बत्को रूपमा प्रचलित हुँदै आएकाले जंगबहादुरले मुलुकी ऐनलाई विक्रम सम्बत् १९१० मा संग्रह गरी विक्रम सम्बत् नै उल्लेख गरेको पनि देखिन्छ ।

भारतवर्षका सबैजसो देशले मनाउँछन् वैशाख १
१ बैशाखमा वर्ष परिवर्तन भएको मान्ने चलन नेपालमा मात्र सीमित छैन । भारत, बंगलादेश र श्रीलंकासहित एसिया ‘भारतवर्षका’ अन्य देशमा पनि यही दिन नयाँ वर्ष मनाइन्छ । पछिल्लो समय अमेरिका, अस्ट्रेलिया, बेलायतलगायतका मुलुकमा बसोबास गर्न थालेपछि ती देशमा पनि नयाँ वर्ष अर्थात् वैशाख १ उच्च महत्वका साथ मनाइन्छ । भलै ती मुलुकको औपचारिक नयाँ वर्ष जनवरी १ होस्, तर वैशाख १ को सांस्कृतिक महत्वलाई भने कम आँक्न सकिँदैन ।
भारत ब्रिटिस औपनिवेशिक शासनका बेला भारतमा ग्रिगोरीअन पात्रो प्रचलनमा आयो । यसका बाबजुद भारतमा चाडपर्वहरू भने तिथिअनुसार मनाउने प्रचलन कायम नै छ । यस कारण भारतमा १ जनवरीका दिन धेरैजसो नयाँ वर्ष मनाइने प्रचलन भए पनि केही स्थानमा भने पात्रोअनुसार १ वैशाखमा नयाँ वर्ष मनाइन्छ ।

सिजन अन्त्य भएर रोप्ने सिजन सुरु भएको विश्वास गरिन्छ । अझ श्रीलंकामा एउटा अनौठो प्रचलन छ । पुरानो वर्ष सकिए लगत्तै नयाँ वर्ष सुरु हुँदैन । यस बीचमा केही समय खाली हुन्छ । सो खाली समय १२ घन्टा ४८ मिनेट रहेको हुन्छ । यसदिन धार्मिक गतिविधि गर्नुका साथै घुमघाम गरेर मनाउने प्रचलन छ । घर सफा गरेर तेलको दियोमा बत्ती बालेर पनि नयाँ वर्ष मनाउने प्रचलन श्रीलंकामा छ । कुनै स्थानमा महिलाहरूले ड्रम बजाएर पनि यो चाड मनाउने गर्छन् । यसै दिन आफ्ना मान्यगणमा सम्मान व्यक्त गरेर पनि यो चाड मनाउने प्रचलन छ।


Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ