Bikal Rana join IGJF Darjeeling
Bikal Rana join IGJF Darjeeling

मेरीबोङ गुम्बाटारका बिकल राणाले आइजीजेएफ पार्टीको झण्डा समाए

Share this news

चुङथुङ मेरीबोङ तामसाङ समष्टि अन्तर्गत पर्ने ग्याङमिधुरा गाउँमा आज इण्डेन गोर्खा जनशक्ति फ्रन्टको समष्टि कर्मीसभा भव्य रूपमा सम्पन्न भएको छ। उक्त कार्यक्रम समष्टि महासचिव श्री अजय प्रधानद्वारा सञ्चालन गरिएको थियो भने सभाको अध्यक्षता समष्टि अध्यक्ष क्याप्टेन महेन्द्र राईले गर्नुभएको थियो। सभामा महकुमा समिति सचिव श्री प्रमोद राई, महकुमा उपाध्यक्ष श्री विरेन्द्र तामाङ, साथै महकुमा युवा जनशक्ति फ्रन्टका संयोजक श्री राग्बे राई लगायत अन्य नेतृत्वगणको विशेष उपस्थिति रहेको थियो।

यसै अवसरमा इण्डेन गोर्खा जनशक्ति फ्रन्टलाई थप सशक्त बनाउने उद्देश्यका साथ दुई जना युवा—समष्टि अन्तर्गत पर्ने दिलवीरधुरा निवासी श्री मजिन राई र मेरीबोङ गुम्बाटार निवासी श्री बिकल राणा—पार्टीमा आबद्ध भई पार्टीको झण्डा समाएका छन्। कार्यक्रममा सम्बोधन गर्दै समष्टि अध्यक्ष क्याप्टेन महेन्द्र राईले नयाँ युवाहरूको आगमनले समष्टिलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गर्दै आगामी विधानसभा चुनावमा पार्टीले एकपक्षीय मत हासिल गर्ने दाबी गर्नुभयो।
उता खरसाङ अन्तर्गत सिमलबारीमा कल्याण बागदासको नेतृत्वमा 3 सय परिवारहरूले इण्डियन गोर्खा जन शक्ति फ्रण्ट,मा सामेल भएका छन।

कल्याण बागदास सुकना ग्राम पंचायत क्षेत्रको निर्वाचित ग्राम पंचायत सदस्य हुन,उनी सिमललबारी चिया बगानको हेड क्लार्कको रूपमा कार्यरत छन। दिउँसो कल्याण बागदास लगायत 3 सय परिवारहरूले इण्डियन गोर्खा जन शक्ति फ्रण्ट,माथि आशा र भरोसा गर्दै पार्टीको झण्डा समाए। इण्डियन गोर्खा जन शक्ति फ्रण्ट,को झण्डा समाएपछि समर्थकहरूले अजय एडवाडर्स जिन्दाबाद… आईजीजेएफ जिन्दाबाद … माटो पनि छोडदैनौ …. बाटो पनि छोडदैनौ …. आदि जस्ता नाराहरू लगाए।

गत आइतबार पनि चुङथुङ मेरीबोङ तामसाङ समष्टि अन्तर्गत पर्ने मेरीबोङ शुरबीरधुरामा समष्टि सभापति श्री क्याप्टेन महेन्द्र राईको सभापतित्वमा सफलतापूर्वक सम्पन्न भयो। उक्त कार्यक्रम समष्टि महा सचिव श्री अजय प्रधानद्वारा सञ्चालन गरिएको थियो। कार्यक्रमका क्रममा विभिन्न राजनैतिक दलहरू परित्याग गर्दै कुल ३५ परिवार इण्डियन गोर्खा जनशक्ति फ्रन्ट (IGJF) मा औपचारिक रूपमा सामेल भएका छन्। यस घटनाले क्षेत्रीय राजनीतिमा नयाँ उत्साह र परिवर्तनको संकेत दिएको छ।

समावेशी कार्यक्रममा दार्जीलिङ महकुमा समितिका महा सचिव श्री प्रमोद राई, उप सभापति श्री बिरेन्द्र तामाङ, IGJF भूतपूर्व सैनिक सङ्गठनका संयोजक श्री संजीव तामाङ, समष्टि उप सभापति श्री रोमन राई, युवा जनशक्ति फ्रन्टका सभापति श्री अभिनवा तामाङ तथा लिजाहिल ट्रेडका सचिव श्री शंकर प्रधान लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमका वक्ताहरूले नवप्रवेशी परिवारहरूलाई स्वागत गर्दै संगठनलाई अझ सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए।

Share this news
आजको रोजाइ
प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आजको रोजाइ