खरसाङ गिद्ध पहाड क्षेत्रमा पहिले नै धेरै विकासको कार्यहरु गरिसकेको र यस क्षेत्रमा अधिकारले भोट माग्न सक्छु तर अरुले केही काम नै गरेको छुइन र कुन मुखले भोट माग्न सक्छ भनी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय संस्थापक अध्यक्ष अनित थापाले बताएका छन्। उनले 29 नम्बर खरसाङ गिद्ध पहाड समष्टिको गौरी शंकरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै खरसाङ गिद्ध पहाड क्षेत्रमा 90 प्रतिशत काम भईसकेको र यस क्षेत्रमा विगत 2012 देखि आाफु क्षेत्रीय सभासद भएकोदेखि लगातार रुपमा काम गर्दै आएको बताए। उनले यस क्षेत्रमा बाटो , पानी, सार्वजनिक भवन, गिर्जा, मन्दिर, गुम्बा लगायत विविध कार्यहरु गरेको बताउँदै अब यस क्षेत्रको जनताले काम गर्नेलाई भोट दिने कि काम नगर्नेलाई भोट दिने यो जनताले निर्णय हो गर्नुपर्छ भनी बताए। अनित थापाले आफु जनताको समस्या समाधान गर्न निस्केको बताउँदै अनित थापा समस्या होइन तर समाधान हो भनी बताए। उनले भने, अरुले समस्या देखाएर राजनीति गर्छ तर म समस्या समाधान गर्छु।’
उनले अघि भने, खरसाङको गिध्द पहाड क्षेत्र अहिले बिजिनेस हब बनेको छ। यहाँ अझैं इन्भेस्टरहरु आईरहेका छन्। यस क्षेत्र धेरै विकासित भएर गईरहेको छ।’
थापाले भाजपाले अहिलेसम्म केवल आश्वासन मात्र दिएको छ। तर आफुहरुले धेरै विकासको कार्य गरिरहेको बताए। उनले यसपालीको विधानसभा चुनावमा यस क्षेत्रका जनताले विकासको आधारमा भोट दिएर जिताउने आह्वान् गरेका छन्।












