खरसाङ विधानसभा आसनका इण्डियन गाेर्खा जनशक्ति फ्रान्टका प्रार्थी वन्दना राईले मिरिक क्षेत्रकाे विभिन्न चियाकमान, गाउँ, बस्ती, शहर पुगेर चुनाउ प्रचार गरिन्। यस अवसरमा पार्टीका मिरिक संयाेजक प्रशान्त लामा लगायत अन्य पदाधिकारीहरूकाे उपस्थिति रहेकाे थियाे। चुनाउ प्रचारकाे क्रममा वन्दना राईले मतदाताहरूसित साेझाे सम्पर्क गर्दै पहाडमा परिवर्तनकाे लहर चलेकाे अनि परिवर्तनकाेलागि खरसाङ विधान सभा आसनमा आफ्नाे पक्षमा मतदान गरेर विजय बनाउने मतदाताहरूप्रति अपील गरिन्।
इण्डियन गोर्खा जनशक्ति फ्रण्ट हार्नु भनेको गोर्खा हार्नु हो यो भनाई बन्दना राईको हो।इण्डियन गोर्खा जनशक्ति फ्रण्टले खरसाङ विधानसभा आसनबाट बन्दना राईलाई पार्टी उम्मेद्वार बनाएका छन।बन्दना राई अहिले आफ्नो चुनावी प्रचार प्रसार गर्न गाउँ,बस्ती चिया बगान,आदि क्षेत्रहरूमा पुग्दैछन,यस अवधि उनले इण्डियन गोर्खा जनशक्ति फ्रण्ट भनेको पहाडबासी तथा गोर्खाहरूको एक मात्र विकल्प रहेको बताउदै इण्डियन गोर्खा जनशक्ति फ्रण्ट हार्नु भनेको गोर्खा हार्नु हो,पहाड हार्नु हो भन्ने बताए।तिनले अघि भने दार्जीलिङ पहाडबाट क्षेत्रीयबाद हराउँदै जान्दैछ,हाम्रो संस्कृति,परम्परा सबै हराउँदै जाँदैछ।दार्जीलिङ पहाडमा भष्ट्रचार धेरै बढेर गएको छ।भारतीय जनता पार्टीले पहाडबासी तथा गोर्खाहरूलाई फेरि बोरामा हाल्ने काम गरेको छ।भाजपाले आफ्नो चुनावी घोषणा पत्रमा स्थायी राजनैतिक समाधानको उल्लेख गरेको छ।गत लोकसभा चुनावमा भाजपाले स्थायी राजनैतिक समाधान भन्ने विषय हट्टसएको थियो तर बंगाल विधानसभा चुनावको संकल्प पत्रमा स्थायी राजनैतिक समाधानलाई समावेश गरेको छ।
राज्य सरकारले पहाड तराई डुवर्स तथा गोर्खाहरूको दीर्धकालिन समस्यालाई समाधान गर्न सक्छ?भन्दै बन्दना राईले प्रश्न तेर्साए।हामीले ल्याएको राजु विष्ट गोर्खाको नेता कसरी भयो,राजु विष्ट दार्जीलिङमा जन्मेको व्यक्ति होइन,उसलाई दार्जीलिङ पहाडको असली समस्या थाहा छैन।चिया श्रमिकहरूको समस्या थाहा छैन।राजु विष्ट हाम्रो जन प्रतिनिधि भएर अरूकै प्रचार प्रसार गर्नमा व्यस्त छ।ईडी सिलगढीसम्म आई सकेको छ तपाईहरूले मलाई जिताउनु भयो भने ईडी,सीबीआई पहाडमा ल्याउने छु,भष्ट्रचारीहरूलाई ठीक पार्नेछु बन्दना राईले बताए।












