Saroj Khatri campaign Darjeeling
Saroj Khatri campaign Darjeeling

कंग्रेस प्रार्थीद्वारा चुनाउ प्रचार जारी

Share this news

दल-बल संगै नभए पनि केवल इण्डियन नेशनल कांग्रेस पार्टीका उम्मेदवार सरोजकुमार खत्री एक-दुई जना समर्थकहरूको साथमा भए पनि चुनाव प्रचारमा लागिपरेका छन्‌‍।खरसाङ विधानसभा समष्टिबाट कांग्रेस पार्टीको दार्जीलिङ जिल्ला कार्यवाहक अध्यक्ष सरोज खत्रीलाई पार्टीले चुनावमा उतारेको छ। सोही अनुरूप गत केहि दिनदेखि सरोज खत्री खरसाङ विधानसभा निर्वाचन समष्टि अन्तर्गत विभिन्न ठाउँमा एवं क्षेत्रमा चुनाव प्रचारमा लागिपरेका छन्‌‍।

यसै क्रममा हिमालय दर्पणसित बोल्दै सरोज खत्रीले जनाए अनुसार, तिनले गत 7 अप्रेलदेखि चुनाव प्रचार शुरू गरेका हुन्‌‍। चुनाउ प्रचारको क्रममा गिद्ध पहाड़, महानदी, घैयाबारी, तिनधारे, चुनभट्टी, सुकना, गाड़ीधुरा, चेङ्गा, लोहागढ़, दिलाराम, अप्पर मामरिङ, लोअर मामरिङ, तुरुक, सिटोङ, आदि क्षेत्रमा चुनाव प्रचार गरिएको छ भने शनिवार तकदाह, टिस्टा भ्याली क्षेत्रमा पनि तिनले चुनाव प्रचार गरे। त्यसरी नै खरसाङ निर्वाचन क्षेत्र अन्तर्गत कतिपय स्थानहरू सुखिया पोखरी खण्ड अन्तर्गत पनि रहेकाले ती स्थानहरूमा पनि तिनले चुनाव प्रचार गर्नेछन्‌‍।

तिनले बताए अनुसार, आठ-दश वटा गाड़ी लिएर होइन अनि हुलका हुल कार्यकर्ताहरूलाई लिएर पनि होइन्‌‍ तर तिनले सामान्य रूपमा जनमानसलाई भेट्ने कार्य गरिरहेका छन्‌‍। चुनाउ प्रचारको अवधिमा तिनले कांग्रेसको शासन कालमा जुन विकास मूलक कार्य पहाड़मा भएको छ, जुन अपलब्धि गोर्खा जाति अनि पहाड़ले प्राप्त गरेका छन्‌‍ यी विषयहरूको बारेमा जनतालाई अवगत गराउँदै चुनाउ प्रचार गरिरहेका छन्‌‍। चुनाउ प्रचारको अवधिमा विभिन्न ठाउँमा स्थानीय मानिसहरू तिनी सित जोड़िरहेका छन्‌‍। खत्रीले थप जनाए अनुसार, कांग्रेस पार्टीको शासनकालमा नै विकास मूलक कार्यहरू पहाड़मा भएका छन्‌‍, सामाजिक क्षेत्र, स्वास्थ्य क्षेत्र एवं राजनितिक क्षेत्रमा गोर्खा जातिले धेरै उपलब्धि कंग्रेस पार्टीकै कार्यकालमा पाएको थियो। कांग्रेस पार्टीले नै पहाड़को राजनीतिक समाधान एकदिन गर्नेछ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ