हामीप्रति जनताको माया र भरोसा देखेर हामी धेरै उत्साहित भएका छौं, यो भनाई बन्दना राईको हो। इण्डियन गोर्खा जन शक्ति फ्रण्टले दार्जीलिङ पहाडको तीन विधानसभा आसनहरूसंग संगै तराई क्षेत्रको आसनहरूमा पनि उम्मेद्वार खडा गरेका छन्। खरसाङ विधानसभा आसनको इण्डियन गोर्खा जन शक्ति फ्रण्टको उम्मेद्वार बन्दना राईले आफ्नो चूनावी प्रचार प्रसारको कार्यलाई तीव्र रूप दिन्दै आएका छन। यसैक्रममा उनले मिरिक नगरपालिका, चिया बगान आदि क्षेत्रहरूमा आइजीजेएफ उम्मेद्वार बन्दना राईले आफ्नो चूनावी अभियान चलाइन्। यस अवधि मिरिकको क्षेत्रहरूमा पिउने पानीको अभाव,सडक तथा बाटोहरूको जीर्ण अवस्था, मिरिक झीलको अवस्था दयानीय रहेको देखियो त्यहाँ कुनै प्रकारको साफ सफाई नरहेको स्पष्ट देखिन्छ त्यहाँ होटेलवाला, स्थानीय ब्यापारीहरूले विभिन्न प्रकारको समस्याहरू उठाउँदै आफ्नो ब्यापार चलाई रहेको हामीले देख्यौं।
मिरिक क्षेत्रमा कृषि उद्योग गरेर आफ्नो घर परिवारहरूको पालन पोषण गर्नेहरू पनि छन् तर कृषकहरूले उत्पादन गरेको साग सब्जीहरूलाई स्टोर गरेर राख्ने कुनै प्रकारको ब्यवस्थाहरू छैन। मिरिक क्षेत्रमा सुन्तलाको राम्रो खेती हुन्छ तर सुन्तलाको खेती गर्ने कृषकहरूको निम्ति कुनै ब्यवस्था छैन। यहाँ सुन्तलाको जूस निकाल्ने कारखानाको ब्यवस्था गर्न सकिएको खण्डमा सुन्तला कृषकहरूको राम्रो आमदानी हुन्छ यी विषयहरू हामीले हाम्रो भिजनमा राखेको बन्दना राईले बताइन्। विश्व प्रसिद्व दार्जीलिङ चियाको उत्पादन गर्ने चिया श्रमिकहरूको अवस्था दयानीय छ, चिया बगानहरूमा मिनिमम वेजेस लागु हुन पर्छ,युगौ युगौदेखि बसो बासो गर्दै आएका चिया श्रमिकहरूको घर जमीनको पर्जा पटटा उनीहरूले पाउनु पर्छ।चिया श्रमिकहरूले 20 प्रतिशत पूजा बोनस पाउनु पर्छ। सालभरी चिया बगानमा खटेका चिया श्रमिकहरूले 20 प्रतिशत पूजा बोनस पाउनै पर्छ भन्ने राईले बताए।
मिरिक क्षेत्रको चूनावी प्रचार प्रसारको क्रममा हामीले त्यहाको सडकहरूको दुरावस्था आफ्नै आखाँले देख्यौ,सडक हो की खोलाको बगर छुटटाउन धेरै गाह्रो अवस्थामा रहेको छ। त्यस क्षेत्रहरूका विधार्थी मिरिकको विभिन्न स्कूल,कलेजहरूमा अध्यान गर्न आउने गर्छ, अहिले सुक्खा दिनमा यस्तो अवस्था छ भने बर्खायाममा कस्तो होला भन्ने सोचदेखि टाडोको विषय हो।हामीले यी क्षेत्रहरूको भ्रमण गर्दा स्थानीय बासिन्दाहरूले हामीलाई जो माया र भरोसा देखाएको छ त्यो हामी कदापी भूल्ने छैनौ। जनताको माया र आर्शीबाद पाए हामी हाम्रो वचनहरू पूरा गरेर छोडने आइजीजेएफ उम्मेद्वार बन्दना राईले बताइन्।












