Bhupen Gurung statement Kurseong
Bhupen Gurung statement Kurseong

गोरामूमो भूमिको सुरक्षा चाहान्छ- भुपेन गरुङ

Share this news

भाजपा गठबन्धन दलका उम्मेद्वार सोनाम लामालाई भारी मतले जिताउन गोरामुमो खरसाङ ब्राञ्च कमिटीले कम्मर कसेको छ। लामालाई जिताउनको निम्ति कम्मर कस्दै गोरामुमो खरसाङ ब्राञ्चले चुनाव कमिटी पनि गठन गरेको छ। गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) खरसाङ ब्राञ्च कमिटीको एउटा सभा शुक्रवार खरसाङ्मा सम्पन्न भयो। विधानसभा चुनावलाई मध्यनजर राख्दै आयोजना गरिएको यो सभामा खरसाङ ब्राञ्च चुनाउ कमिटी गठन गरिएको हो। खरसाङ्को गोर्खा जनपुस्तकालय भवनमा पार्टीका खरसाङ ब्राञ्च कमिटी अध्यक्ष निमा लामाको अध्यक्षतामा सम्पन्न भएको सभालाई प्रचार प्रसार सचिव भुपेन गुरुङले सञ्चालन गरेका थिए।

यस सभामा खरसाङ ब्राञ्च अन्तर्गतका विभिन्न समष्टिका प्रतिनिधि, भ्रातृ संगठनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। पार्टीका मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिए अनुसार 5 अप्रेल 2026 को दिन गोरामुमो केन्द्रीय समितिले घोषणा गरे अनुसार गोरामुमो एनडीएको घटक दल भएको नाताले आगामी विधानसभा चुनावमा भाजपालाई सघाउने पर्ने दायित्व पार्टीको रहेकोले विधानसभ चुनाउमा गठबन्धन दल भाजपाका उम्मेद्वार सोनाम लामालाई जिताउन सुचारु ढंगमा कार्य गर्न सकियोस भन्ने उद्देश्यको निम्ति चुनाव कमिटी गठन गरिएको भुपेन गुरुङले सभामा बताए।

गोर्खा जातिको निम्ति हामीले भौतिक लड़ाई लडिरहेका छौँ । चुनाव एउटा प्रक्रिया हो तर चुनाव भन्दा ठूलो मुद्दा हो, मुद्दा हाम्रो निम्ति चुनौती हो। हाम्रो मुद्दा अब भारत सरकार समक्ष छ र केन्द्रमा भाजपाको सरकार छ। गोरामुमो केवल गोर्खाहरूको निम्ति भारतको संविधानको प्रावधान अनुरुप भुमिको सुरक्षा चहान्छ। हाम्रो भूमिको सुरक्षानै छैन भने क्षेत्रीयता कसरी बाँच्छ? यसैकारण अब क्षेत्रीयता बचाउनुको निम्ति संवैधानिक ब्यवस्था हुनु जरुरी छ, यसको निम्ति गोरामुमो अध्यक्ष मन घिसिङ्को नेतृत्वमा भारत सरकारलाई बुझाउनु पर्ने, बताउनु पर्ने हुनाले सबैले भूमिका निभाइसकेका छन्‌‍। हाम्रो चहाना हाम्रो आकांक्षा हाम्रो मुद्दा भनेको भारत सरकारले पुरागर्छ। गोर्खाहरूको भूमिको सुरक्षाको निम्ति, सुनौलो भविष्यको निम्ति हामीले गठबन्धन दलका उम्मेदवार सोनाम लामालाई भारी मतले जिताउनु पर्छ भनी भुपेन गुरुङले अपिल गरे। गोरामुमो खरसाङ ब्राञ्च कमिटीले गठबन्धन दलका उम्मेदवार सोनाम लामालाई भारी मतले जिताउनको निम्ति कुनै कसर बाँकी नराख्ने भुपेन गुरुङले बताउदै यसको निम्ति कम्मर कसिसकेको पनि बताए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ