Anit Thapa reaction Darjeeling violence
Anit Thapa reaction Darjeeling violence

रेलिङमा घटेको घटनामाथि भागोप्रमो मुखिया अनित थापाको प्रतिक्रिया

Share this news

दुःखकष्ट गरेर पहाडमा शान्ति फर्काएको छु। यदि यो शान्ति भङ्ग गर्न खोज्नुहुन्छ भने त्यस बेला मैले पनि कदम चाल्नुपर्ने अनित थापाले बताएका छन्। हिजोको रेलिङमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका दुई कार्यकर्तामाथि हतियारको प्रहरको घटना स्थानीय स्तरमा घटेको रहेछ। घटनास्थलमा भाजपाको झण्डा पनि देखियो। अस्पतालमा गएर हेर्दा हतियारले ज्याकेटसम्म काटिएको देखियो।

अनित थापाले, बारम्बार भनिरहेको छु कि शान्तिसँग चुनाव लडौँ। हामीले पनि चाहेको भए झमेला गर्न सक्थ्यौँ, तर मैले बारम्बार सबैलाई सम्झाएँ कि यसरी अशान्ति फैलाउनु हुँदैन। हाम्रा समर्थक तथा क्याडर–कार्यकर्ताहरू पूरै आक्रामक भएका थिए। मैले सम्झाउँदै उनीहरूलाई थामेर राखेँ। यदि मैले खुला छोडिदिएको भए आज स्थिति फरक हुने थियो। उनीहरूले जुन व्यवहार देखाए, हामीले त्यस्तो व्यवहार देखाउनु हुँदैन। हामी कानुनअनुसार काम गर्नेछौँ।
हामीले धेरै दुःखकष्ट सहेर पहाडमा शान्ति व्यवस्था फर्काएका छौँ। हामी कानुनी लडाइँ लड्ने अनित थापाले बताए। उनले भने, नेताहरूका कारण साधारण जनताले दुःख नपाओस्। जनताले पनि ध्यान दिनुपर्छ कि नेताका निम्ति यसरी आफ्नो ज्यान जोखिममा हाल्नु नहुँदैन।

अनित थापाले अघि भने, हिजो कसैको बहकाउमा आएर काटाकाट भएको होला, तर त्यसको परिणाम नेताले होइन, कार्यकर्ताले नै भोग्नुपर्छ। फेरि पुराना घटनाहरू दोहोरिन थालेको देखिँदैछ। हामी पछाडि फर्कने छैनौँ।
पहाडका मान्छेले बुझ्नुपर्छ कि भाजपाले आफ्नो झण्डा लगाएर यस्तो हिंसात्मक कार्य गर्दैछ भने भोलिको दिन के हुनेछ? हामी शान्ति चाहन्छौँ र शान्तिपूर्ण ढङ्गले चुनाव पनि लड्नेछौँ । यसलाई निरन्तरता दिनुपर्छ। मेरा कार्यकर्तालाई हिंसा गर्न, तोड्न, जलाउन वा काट्न कदापि दिने छैन।

विपक्षीका लागि पनि म भन्छु कि प्रचार गर्दा कसैलाई होच्याउने, अपमानजनक कुरा गर्ने वा उक्साउने काम नगर्नुहोस्। शान्तिसँग चुनाव लड्नुहोस्, भोट माग्नुहोस्, जित्नुहोस् र सरकार बनाउनुहोस्।
दुःखकष्ट गरेर पहाडमा शान्ति फर्काएको छु। यदि यो शान्ति भङ्ग गर्न खोज्नुहुन्छ भने त्यस बेला मैले पनि कदम चाल्नुपर्नेछ।

Share this news
आजको रोजाइ
ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

आजको रोजाइ