Mukti Baral book launch Siliguri
Mukti Baral book launch Siliguri

साहित्य अकादमी पुरस्कृत मुक्ति उपाध्याय बरालका दुइ पुस्तक विमोचन

Share this news

सिलगढी, भारतका बहुप्रतिभाशाली व्यक्तित्व मुक्ति बराल उपाध्यायका ´लौ त बरू` कथा सङ्ग्रह र `देवभूमि हुँदै प्रशान्तिनिलयम´ नियात्राको आइतबार शास्त्रीनगर समाजसेवा समिति भवनमा विमोचन गरिएको थियो। कार्यक्रममा उपाध्यायका दुवेेेेै कृतिको विधिवत विमोचन नेपाली भाषा,साहित्यका विद्वान व्यक्तित्व कार्यक्रमका प्रमुख अतिथि प्राडा गोविन्दराज भट्टराई लगायत मञ्चासिन व्यक्तित्वहरुले संयुक्तरूपमा गर्नुभएको हो।

साउती परिवार, सिलगढ़ीको आयोजनामा परिवारकी वर्तमान अध्यक्ष लतिका जोशीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियोे।  मुक्ति उपाध्यायद्वारा लिखित कृति`लौ त बरु´ कथा संग्रहमाथि समीक्षात्मक विश्लेषण प्रसिद्ध समीक्षक प्राध्यापक नवीन पौडेल र`देवभुमि हुँदै प्रशान्तिनिलयम´नियात्रा कृतिमाथि वरिष्ठ समालोचक लक्ष्मण शर्मा नेपालले समीक्षा गर्नुभएको थियो।
कार्यक्रममा`टिष्टा रञ्जित´उपन्यासका उपन्यासकार कुबेरचन्द्र दाहाल, सर्जक राजनीतिज्ञ डा. तुलसी भट्टराई र वरिष्ठ आख्यानकार तथा समालोचक डा. गोविन्दराज भट्टराईलाई दोसल्ला सहित ताम्रपत्रले सम्मान गरिएको थियो । त्यस्तै, कार्यक्रममा साउती परिवारभित्र स्थापनाकालदेखि अहिलेसम्म अविरल खट्ने विभिन्न पदाधिकारीहरु समेतलाई कदरपत्रद्वारा सम्मान गरिएको थियो।

सिलगढी निवासी बहुप्रतिभाशाली व्यक्तित्व उपाध्यायका यस अघि ‘अनन्त यात्रा’ नाटक ‘हिमाली’ बाल उपन्यास, ‘अन्तर्प्रेरणा’ नाटक, ‘मालती’ बाल उपन्यास,यसकै ‘घर’ नाटक, ‘झ्याउरे पार्टीले गर्नु गर्‌यो’ समीक्षा ‘भारतेली नेपाली बालसाहित्य’ समीक्षा, ‘रहर’ बालएकाङ्की ‘यस्तै उस्तै मनका विचारहरू’ निबन्धसङ्ग्रह, ‘गोर्खाको मोडेल’ एकाङ्की सङ्ग्रह, ‘महिमा’ नाटक, ‘कान्छी’ उपन्यास, ‘स्वच्छ डोनाउको किनारतिर’ यात्रा संस्मरण,‘पर्थ हुँदै सिडनी’ यात्रा संस्मरण आदि थुप्रै कृतिहरू प्रकाशित भइसकेका छन् ।

कार्यक्रममा नेपाल र भारतका साहित्यकारहरु फिल्म निर्देशक, कविहरु, गायकहरु, शुभचिन्तक समेतको बाक्लो उपस्थिति रहेको थियो। जसमा मीमलाल सापकोटा, मायादेवी सापकोटा, कृष्ण प्रधान, आशा मुखिया लामा, पारस लामा, राजेन सिवाकोटी, राजा पुनियानी, देविका मङ्ग्राती राई, अशोक रोका, एनपी एस निरौला, ग्याल्पो लामा, गणेश शर्मा भट्टराई, निर्मला पौडेल, मिलन रुचाल, रुबेन गुरूङ, मेनका तामाङ, सङ्गीता राई, सिप्रा पौल, जुनु गौतम, महेश्वर लामा, बिनोद बिष्ट, अरुण बराल, सरस्वती शर्मा, रविकुमार शर्मा, तारा शर्मा, चेतन खड्का, ऋषि राई, दिपक ठटाल, जैदिप गजमेर, लगायतको उपस्थिति रहेको थियोे।कार्यक्रमको उद्घोषण पार्वती देवानले गर्नुभयो भने साहित्यकार युवराज काफ्लेले स्वागत मन्तव्य गर्नु भएको थियो।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ