Rewatimohan Timsina welcome Siliguri
Rewatimohan Timsina welcome Siliguri

चनेसापद्वारा असमका बहुप्रतिभाशाली व्यक्तित्व तिमसिनालाई स्वागत

Share this news

चम्पासरी नेपाली साहित्य परिषदले आफ्नो कार्यालयमा असमका बहुप्रतिभाशाली व्यक्तित्व रेवतिमोहन तिमसिनालाई स्वागत जनायो। परिषदकी अध्यक्ष सुष्मा गुरूङ मोक्तानद्वारा अध्यक्षता गरिएको कार्यक्रममा परिषदकी कार्यकारी सदस्या श्रीमती मुना बरालद्वारा रेवतिमोहन तिमसिनाको परिचय दिइएको थियो। यसै गरी परिषदका सचिव प्रदीप खतिवडाले पनि रेवतिमोहन तिमसिनाको बारेमा जानकारी गराए। परिषदका कोषाध्यक्ष सञ्जीव श्रीमलद्वारा सञ्चालन गरिएको कार्यक्रममा श्रीमती मुना बराल, प्रदीप खतिवडा अनि सञ्जीव श्रीमलद्वारा कविता वाचन गरिएको थियो। अन्त्यमा रेवतिमोहन तिमसिनाको आफ्ने व्यस्वथापन/सन्चालको च्यानल दिग्दशर्नको लागि उनले सुष्मा गुरूङ मोक्तानको अन्तर्वार्ता लिए।

यसअघि स्व.लक्ष्मण श्रीमल, स्व.समीरन छेत्री, श्रीमती सुषमा गुरुङ तथा डा. जीवन राणाको अथक प्रयास पछि सन् २०११ को वसन्त पञ्चमीका दिन शुरुवात भएको चम्पासरी नेपाली साहित्य परिषदले १५औं स्थापना दिवस भव्यताका साथ चम्पासरी बाबुबासा स्थित श्री दुर्गा मन्दिर प्रांगणमा सुसम्पन्न गर्‍यो ।समारोहको अध्यक्षता वरिष्ठ साहित्यकार युवराज काफ्लेले गरे भने प्रमुख अतिथिको रुपमा कमल भण्डारीको उपस्थिति थियो। विशिष्ट अतिथिको रुपमा कृष्ण प्रधान,डा.जीवन राणा,मदन कुमार ओझा,जीवन गुरुङ,ग्याल्पो लामा,बि.बि.विश्वकर्मा,मनोज एकलकाटे,दलमान मुखिया,मणि कुमार शर्मा,कर्णल केशव राई र कर्णल पी.के शर्मा थिए भने अतिथिहरुमा शिला देवान,लतिका जोशी,ललिता जोशी,चेतन खड्का,नीमा तामाङ,दिलकश तामाङ विद्याभुषण आदि रहेका थिए।

दीप प्रज्ज्वलन तथा मंगल्लाचरण पछि दिवाकर शर्मा ढुंगेलले स्वागत भाषण गरेका थिए भने सचिवको प्रतिवेदन पाठ संस्थाका सचिव प्रदिप खतिवड़ाले गरे।बालबालिकाको रुपमा अयन खतिवड़ा, निश्चय पोखरेल,रिशिता न्यौपानेले कविता र रिषित श्रीमलले भजन प्रस्तुत गरेर कार्यक्रमको शोभा बढाएका थिये।त्यसैगरि निमा तामाङ,शिव कटुवालले कविता,कर्णल पि.के शर्मा,सुरेश गौतम,विमला शर्मा र अनुपमा छेत्रीले गीत तथा कैप्टेन बलराम रोकाले मेण्डोलिनमा धुन प्रस्तुत गरे।

कार्यक्रमको दोस्रो चरणमा सुषमा मोक्तान गुरुङकृत पुस्तकद्वय “यादको हरफहरुमा आदित्य”तथा “शहीदको उत्सर्गमा बाँचेको देश”को लोकार्पण अतिथिद्वारा गरियो।दिलकश तामाङ विद्याभुषणले लेखिकाको परिचय दिए भने पहिलो पुस्तकको बारेमा नाटककार कृष्ण प्रधानले तथा दोस्रो पुस्तकको बारेमा मुना बरालले मन्तव्य राखिन।
डा.जीवन राणा,कर्णल केशव राई,कमल भण्डारी,युवराज काफ्ले तथा सुषमा मोक्तान गुरुङले वक्तव्य प्रदान गरे।अन्तमा धन्यवाद ज्ञापन नीरा भट्टराईले गरिन् ।कार्यक्रमको सञ्चालन प्रदिप खतिवड़ाले गरेका थिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ