खरसाङ विधानसभा समष्टिको लागि भारतीय जनता पार्टीको उम्मेद्वार सोनाम लामाले तकदह क्यान्टोनमेन्टमा जनसम्पर्क अभियान सम्पन्न गरेका छन्। उनले आज गेल भञ्ज्याङमा सम्पन्न जनसम्पर्क अभियान गरेका छन् । यसावधि उनले गाउँ–गाउँ पुगेर जनतासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको समस्या, सुझाव र अपेक्षाहरू सुनेका थि। यस अवसरमा उनले जनतामा भारतीय जनता पार्टीप्रति देखिएको अभूतपूर्व उत्साहले यसपटक परिवर्तन निश्चित छ भन्ने स्पष्ट संकेत दिएको बताएका छन्। युवादेखि ज्येष्ठ नागरिकसम्म सबैमा सकारात्मक सोच र विकासप्रतिको आशा देख्न पाएको र यस उत्साहले जनता अब वास्तविक विकास, पारदर्शिता र स्थायित्व चाहन्छन्। त्यसैले, यसपटकको जनमत परिवर्तनतर्फ उन्मुख छ भन्ने स्पष्ट भएको पनि बताए।
यसको साथै भाजपा उम्मेद्वार सोनाम लामाले डीपी साइड र तकदाह चिया बगानमा रहेका चिया श्रमिकहरूसँग भेटघाट गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले श्रम कानून लागू गरिएको जानकारी दिएका छन्। यसको साथै भाजपाको सरकार आउनासाथ न्यूनतम ज्याला ३५० रुपियाँ लागू गरिनेछ भन्ने बचन पनि दिएका छन्। सोनाम लामाले आफ्नो जीतप्रति आशावादी रहेको बताएका छन्। उनले आज खरसाङमा पत्रकारहरुलाई सम्बोधन गर्दै आफु लामो समयदेखि सामाजिक र राजनैतिक क्षेत्रमा काम गर्दै आईरहेको कारण सबैको साथ रहकोले जीतप्रति विश्वस्त रहेको बताए। उनले भने, खरसाङ क्षेत्रमा पर्यटन पूर्वाधार विकासित गराउन र खरसाङलाई व्यवस्थित गराउन काम गर्ने र ट्राफिक व्यवस्थापनलाई लिएर पार्किङको समस्या समाधान गर्न काम गर्ने योजना रहेको र यस विषयमा पाईलेट प्रोजेक्ट तयार पारेर काम गर्ने योजना रहेको छ।
यसको साथै खरसाङ क्षेत्रमा देखिएको पार्किङको समस्या समाधान गर्न र चालकहरुको पक्षमा काम गर्न तयार छु।’ भाजपा प्रार्थी सोनाम लामाले खरसाङ विधानसभा समष्टि अन्तर्गत खरसाङ बजार लगायत विभिन्न स्थानहरुमा काम गर्ने योजना रहेको बताए। उनले खरसाङ बजार लगायत मिरिक, सुकना पानिघट्टा, सिटोङ, सेवक, टिस्टाभेल्ली, तकदाह, पेशोक, मङ्पु लगायत विभिन्न स्थानहरुमा काम गर्ने योजना रहेको बताए। सोनामम लामाले जनताको हरेक समस्या समाधानको लागि यसपाली बंगालमा परिवर्तन आवश्यक रहेको छ भन्दै उत्तर बंगालबाट पाँचजना विधायकहरु भएपछि सबै मिलेर जातीय मुद्दा पनि विधानसभामा उठाउने वाचा गरेका छन्। उनले भने, विपक्षीको कुनै मुद्दा नभएर एसआईआरको मुद्दा उठाएको छ र यो एसआईआर भाजपाले होइन तर चुनाव आयोगले लोकतान्त्रिक प्रक्रिया अनुसार लागि गरेको हो।
निष्पक्ष र स्वच्छ भोटर लिस्टको लागि चुनाव आयोगले एसआईआर लागु गरेको हो। तर एसआईआरलाई लिएर जनता नआत्तिने आह्वान् गर्दछु। खरसाङ क्षेत्रका जनता परिवर्तनको लागि उत्साहित छन् र म जितेर गऐपछि जनताको लागि काम गर्न सदैव तत्पर रहनेछु।












