Ajay Edwards campaign Darjeeling
Ajay Edwards campaign Darjeeling

सदर 3 र 4 एडवर्डसलाई भव्य स्वागत:उनको जीतले पहाड परिवर्तन हुनेछ

Share this news

अजय एडवर्डसलाई भारी मतले विजय गराउने अर्जुन राईले अपिल गरेको छ।इण्डियन गोर्खा जनशक्ति फ्रण्टले दार्जीलिङ विधानसभा आसनबाट पार्टी केन्द्रीय संयोजक अजय एडवर्डसलाई पार्टी उम्मेद्वार बनाएका छन।अजय एडवर्डसले आज दार्जीलिङ विधानसभा आसनको दार्जीलिङ सदर 3 र 4 नम्बर समष्टिहरूमा घर दैलो अभियान चलाए।इण्डियन गोर्खा जनशक्ति फ्रण्टको सदर 4 को कोअर्डिनेटर अर्जुन राईले समस्त दार्जीलिङ विधानसभा आसनमा पर्ने मतदाताहरूलाई आईजीजेएफ उम्मेद्वार अजय एडवर्डसलाई भारी मतले विजय तुलाउने आह्वान गरेको छ।आज बिहान दार्जीलिङ को आभा आर्टस ग्यालेरी हुँदै राजबाडी विभिन्न गाउँ तथा टोलहरूमा पूग्यो।अजय एडवर्डस दार्जीलिङ विधानसभा आसनको पार्टी उम्मेद्वार हुनुको साथ साथै पार्टी केन्द्रीय संयोजक भएको हुनाले इण्डियन गोर्खा जनशक्ति फ्रण्टद्वारा खडा गरिएको अन्य उम्मेद्वारहरूको पक्षमा चुनावी प्रचार प्रसार गर्नु पर्ने भएको हुनाले सबैको घर दैलोहरूमा पुग्न सक्नु भएन यसको निम्ति हामी क्षमा प्रार्थी छौ कोअर्डिनेटर अर्जुन राईले मतदाताहरूसंग माफी मागेका छन्।आगमी 23 अप्रैलको दिन मतदान हुने विधानसभा चुनावमा अजय एडवर्डसलाई भारी मतले विजय तुलाउने कोअर्डिनेटर अर्जुन राईले पूनः अनुरोध गर्यो।त्यसरी नै सदर 3 समष्टिको अध्यक्ष संजीप मोथेले इण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय संयोजक तथा पार्टी उम्मेद्वार अजय एडवर्डसको सदर 3 र 4 समष्टिको आज पहिलो चुनावी प्रचार हो।दार्जीलिङ विधानसभा आसनको क्षेत्र धेरै ठूलो भएको हुनाले गर्दा आज हामी कतिपय क्षेत्रहरूमा पुग्न सक्दैनौ होला त्यसको निम्ति हामी क्षमा प्रार्थी छौ।अजय एडवर्डस आईजीजेएफ केन्द्रीय संयोजक मात्र नभएर पहाडमा परिवर्तन ल्याउनु पर्छ भन्ने सोंच भएका व्यक्ति हुन।त्यो सोंचलाई घर घरमा पुराउनु पर्ने भएको हुनाले वहाँको निम्ति एक एक मिनट समयको महत्व छ।त्यसकारण सबै क्षेत्रहरूमा समय दिनु परेको हुनाले कतिपय क्षेत्रहरूमा धेरै समय दिनु नसक्ने भएकोमा हामी मतदाताहरूप्रति क्षमा प्रार्थी छौ।दार्जीलिङ पहाडमा परिवर्तन ल्याउन तपाईहरूको खाँचो छ समष्टि अध्यक्ष संजीप मोथेले भने।अजय एडवर्डसलाई स्थानीय बासिन्दाहरूले भव्य स्वागत जनाए।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ