Amar Lama statement Darjeeling
Amar Lama statement Darjeeling

 ‘सरकारसँग बुद्धिले लड्नुपर्छ, एकअर्कासँग लडेर समाधान छैन’ अमर लामा

Share this news

सरकारसँग बुद्धिले लड्नुपर्छ, एकअर्कासँग लडेर समाधान नहुने भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका खरसाङका प्रार्थी अमर लामाको चिया श्रमिकसँग संवादमा बताएका छन्। लामाले चिया बगानका श्रमिकहरूसँगको संवादमा वर्तमान राजनीतिक अवस्था, नेतृत्वको विफलता र भविष्यको रणनीतिबारे कडा टिप्पणी गरेका छन्। टिस्टाभ्याली क्षेत्रमा आयोजित कार्यक्रममा उनले श्रमिकका समस्या समाधानका लागि सरकारसँग बुद्धिको प्रयोग गर्नुपर्नेमा जोड दिए।

प्रार्थी लामाले भने, “चियाबगानका मालिकहरूलाई न श्रमिकले कोच्याउन सक्छन्, न ट्रेड युनियनले। बरु तिनीहरू भागेर जान्छन्। यस्तो अवस्थामा सरकार मात्र शक्तिशाली हुन्छ।” उनले श्रमिक समस्याको समाधान सरकारसँग वार्ताबाटै सम्भव रहेको स्पष्ट पारे।

आफ्नो राजनीतिक अनुभवलाई उद्धृत गर्दै उनले भने, “मैले राजनीति गरेको धेरै वर्ष भयो। अहिले बेकारको कुरा सुनाउने भाइहरू मैले राजनीति गर्दा स्कुल पढ्दै थिए होला।” साथै, उनले गोर्खाल्यान्डको मागलाई लिएर विगतका नेताहरूको आलोचना गर्दै भने, “सुभाष घिसिङले २० वर्ष लडे, बिमल गुरुङले १० वर्ष लडे तर गोर्खाल्यान्ड भएन”

नेताहरूको बाहुल्यता र झूठा प्रतिबद्धताप्रति असन्तुष्टि जनाउँदै उनले भने, “हामीमा धेरै नेता भए, धेरै बोल्ने भयौँ। सत्य बोल्ने कम हुन्छन्। म यहाँ सत्य कुरा बोल्न आएको हुँ।” उनले श्रमिकहरूलाई सम्बोधन गर्दै भने, “तपाईंहरू डोकोभरि तर्क बोकेर आउनुभएको छ, तर अहिले ती तर्क सरकारसमक्ष राख्ने समय हो। एकअर्कासँग लडेर समाधान हुँदैन।”

पुराना विधायकहरूको शैलीप्रति प्रहार गर्दै लामाले भने, “पुरानो विधायकले मौरी खाँदै बस्यो। तर म सत्तासँग मिलेर श्रमिक र क्षेत्रका लागि काम गर्ने विधायक बन्नेछु।” उनले दार्जिलिङका विजयकुमार र कालेबुङका रुदेन सादालाई पनि जिताउन अपिल गर्दै भने, “अरूलाई जिताउनुभयो भने सरकारले सुन्दैन। तर मलाई, विजय राई अनि रुदेन् सादालाई जिताउनुभयो भने सरकारले आवश्यक कुरा सुन्छ, किनभने हामी सरकारसँगको गठबन्धनको एक पात्र हौँ।”

यसैगरी, उनले अनित थापाको सम्बन्ध तृणमूल कांग्रेस (टिएमसी) नभई तृणमूलको सरकारसँग रहेको दाबी गरे। गठबन्धन सत्तामा रहेको झारफुल सरकार सँग गर्छौ तर हाम्रो प्रतिनिधि कमल फुलको प्रतिनिधि पठाएकोले गर्दा विगत दिनमा यहाँ केही काम नभएको र यसपाली सत्ता सँग सम्बन्ध बनाई कार्य गर्ने विधायक पठाउने उनको अपील रहेकाे थियाे।

Share this news
आजको रोजाइ
HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आजको रोजाइ