ARNOVA organization celebration Siliguri
ARNOVA organization celebration Siliguri

आरनोवा सामाजिक संस्थाद्वारा आफ्नो २६औं स्थापना दिवस पालन

Share this news

असोसिएशन फर रिसर्च अन् नन्प्रफीट अर्गनाइजेसन्स एन्ड वल्युन्टेरी एक्टिविटिज आरनोवाले आफ्नो 26 औं स्थापना दिवस सोमबार पालन गरेको थियो। सिलगढी नगरपालिका वार्ड नम्बर 46 अन्तर्गत चम्पासरी मिलन मोड रोडको जादुभिट्टा अवस्थित एस. इ. मार्ट कम्पाउन्डमा यो कार्यक्रमको आयोजना गरिएको थियोे। आरनोवाका सल्लाहकार डा. जीवन राणाद्वारा अध्यक्षता गरिएको कार्यक्रममा राजधानी दिल्लीका विशिष्ट समाजसेवी र साहित्यकार उत्तम छेत्री प्रमुख अतिथिको रुपमा उपस्थित थिए। विशिष्ट अतिथिहरूमा पुबोङ चियाबारी, दार्जीलिङका कवि मनोज एकलकाँटे, आरनोवाका सल्लाहकार बहुप्रतिभाशाली व्यक्तित्व मुक्ति उपाध्याय बराल, आरनोवाकै अर्का सल्लाहकार श्रीमती सुष्मा गुरूङ मोक्तान अनि मन्थन नाट्य मञ्चकी प्रमुख श्रीमती सरस्वती शेर्पा साहित्यकार तथा अभिनेता प्रदीप खतिवडा उपस्थित थिए।

आरनोवाकी कार्यकारी अध्यक्ष मेनका तामाङद्वारा सञ्चालित कार्यक्रममा संस्थापक र अध्यक्ष रुबेन गुरूङले स्वागत सम्बोधनसङ्गै रजत जयन्तीभरि आयोजन गरिएका आठवटा कार्यक्रमहरूको विवरण दिए। प्रमुख अतिथि उत्तम छेत्रीले आफ्नो सम्बोधनमा, पहाडमा गोर्लाहरू सबै बुद्धिजीवी छन्। यद्यपि विगत चार दशकदेखि जातीय विषयलाई उँभो लैजाने कुरामा मौन रहेको बताए। विशिष्ट अतिथिहरू मनोज एकलकाँटे, सल्लाहकारद्वय मुक्ति उपाध्याय बराल र श्रीमती सुष्मा गुरूङ मोक्तान

र श्रीमती सरस्वती शेर्पाले आरनोवाले गर्दै आएको कार्यहरूको व्याख्या गर्दै उत्तरोत्तर प्रगतिको कामना गरे। आरनोवाका सहसचिव लादोर्जे तामाङद्वारा धन्यवाद ज्ञापन गरिएको कार्यक्रमलाई सफल पार्न उपाध्यक्षद्वय सन्तोषमणि राई-मोहन लुइँटेल, कृष्ण गुरूङलागयत अन्य सदस्यहरूको विशेष योगदान रहेको थियो। उक्त कार्यक्रममा सदस्य सञ्जीव श्रीमलद्वारा आरनोवामाथि कविता प्रस्तुत गरिएको थियो। यसरी नै सङ्गीता राईले पारिजातको “मान्छे मरुभूमि होइन” कविता वाचन गरेकी थिइन्।

सभाध्यक्ष डा. जीवन राणाले आगामी मई महिनामा आरनोवाले राष्ट्रिय सर्जक गोपालसिंह नेपाली बस्नेतको पुण्यतिथि पालन गरिने जानकारी गराए।
यसपछि चर्चित गायक बिक्रम कालिकोटे, उत्तम अधिकारी, मेनका तामाङ, दीपा साइनले गीत प्रस्तुत गरेर कार्यक्रमलाई रोचक बनाएका थिए।।

Share this news
आजको रोजाइ
प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आजको रोजाइ