हामी सरकारमा छैनौं तर रोटी बेचेर भए पनि गाउँ बस्तीहरूको सानो तिनो समस्याहरूको समाधान गर्दै आएको अजय एडवर्डसले बताए। मानेभञ्ज्याङ समष्टिमा आफ्नो चुनावी प्रचार प्रसार गर्ने क्रमम हामी सरकारमा छैनौ तर रोटी बेचेर भए पनि गाउँ बस्तीहरूको सानो तिनो समस्याहरूलाई समाधान गर्दै आएको इण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय संयोजक अजय एडवर्डसले बताए। इण्डियन गोर्खा जनशक्ति फ्रण्टले आज सुके- मानेभञ्ज्याङ समष्टिमा आफ्नो चुनावी प्रचार प्रसार गर्यो। यस अवधि गत 4 अक्टोबरको दिन आएको विनाशकारी भल पैह्रोले सुके मानेभञ्ज्याङ समष्टिको जौबारी छेउको पुल क्षति ग्रस्त बनाएको थियो।
क्षेत्रीय सरकार जीटीए, राज्य सरकार कसैबाट पुलको जीर्णद्वार गर्ने पहल नहुँदा गाउँलेहरूले अजय एडवर्डस समक्ष गुहार लगाएका थिए अनि अजय एडवर्डसले 1 सय 25 ब्याक भन्दा धेर सिमेन्ट साथै अन्य समाग्रीहरू प्रदान गरेको थियो।पुलको निर्माण कार्य पूरा भई सकेको छ।गाउँलेहरूले निर्माण भई सकेको पुल हेर्न आई दिने विगत धेरै दिन अघिदेखि विन्ति गर्दै आएको हुनाले आज अजय एडवर्डस जौबारीको पुल पूगेका थिए।गाउँलेहरूले उनलाई भव्य स्वागत जनाए।
उपस्थित भीडलाई अजय एडवर्डसले हामी सरकारमा छैनौ तर हामीसंग एउटा सानो रोटी दोकान छ,त्यही रोटी दोकानबाट भएको मुनाफाले हामीले गाउँ बस्तीहरूको सानो तिनो समस्याहरूलाई समाधान गर्दै आएका छौ।म सबैको घर घरमा पुग्न सक्दिन किन की खरसाङ विधानसभाको उम्मेद्वार बन्दना राई,कालेबुङको उम्मेद्वार भेर्नोन व्रिटो लेप्चाको पक्षमा पनि चुनाव प्रचार गर्न पुग्न पर्छ।मलाई भोट होइन तर काम गर्न एउटा स्थान दिनु होस।सत्तामा छैनौ तर बाटो,ब्रीजहरूको निर्माण गर्दैछौ यो कुरा सोंच्नु होस,हामीलाई काम गर्ने स्थान दिनु भयो भने हामी अझ धेरै कामहरू गर्ने एडवर्डसले भने। इण्डियन गोर्खा जनशक्ति फ्रण्ट केन्द्रीय कार्यालय दार्जीलिङ।












