Durga Mandir festival Siliguri
Durga Mandir festival Siliguri

बाबुबासा स्थित श्री दुर्गा मन्दिरको स्थापना कालदेखिकै मुख्य भूमिका

Share this news

सन् २००३ मा स्थापना भएको चम्पासरी, बाबुबासा स्थित श्री दुर्गा मन्दिरले स्थापना काल देखि नै यस भेकमा वास गर्ने सम्पूर्ण सनातनीलाई आ-आफ्ना ईष्टदेवको पूजा-अर्चना गर्न र गराउन मुख्य भुमिका पालन गर्दै आएको छ। यसक्रममा बिहिवारका दिन हनुमान जयन्ती उत्सवमा सम्पूर्ण ग्रामवासीको सहभागिता रहेको थियो। बिहान १०बजे देखि हनुमानजीको पूजा अर्चना शुरु भए पश्चात हवन,सामूहिक हनुमान चालीसा पाठ,आरती,भजन तथा प्रसाद वितरण गरिएको थियो।मन्दिर सञ्चालन समितिले मन्दिरलाई विभिन्न तहवाट सहयोग पुर्‍याउने व्यक्तित्व हरुलाई सम्मान जनाउदै आएको छ॥यसैक्रममा श्रीमान विनोद कुमार छेत्री तथा श्रीमती निरु छेत्री,श्री दुर्गा मातृ शक्ति तथा स्व.गीता पाण्डेलाई (मरणोप्रान्त) सम्मान पत्र प्रदान गरेको छ।यस पावन अवसरमा महाप्रसादको व्यवस्थापन श्री डी के नेपालले गर्नु भएको थियो।यसरिनै गत २०देखि २७मार्च सम्म चैते दशैं (वसन्त नवरात्र) तथा रामनवमी पूजा समारोह २०२६ पनि श्री दुर्गा मन्दिर सञ्चालन समितिले जमरा राख्ने,नौ भवानीको पूजा, रामनवमी उत्सव, नौ कन्या पूजन तथा हवन कार्यक्रम गरेर सम्पूर्ण सनातनीमा एकजुटता ल्याउने प्रयास गरेको छ।

साथै रामनवमीको दिन सात जना बालकको ब्रतवन्ध कार्यक्रम पनि सुसम्पन्न भएको छ।शुरुको दिन देखिनै भक्तगणमा अपार उत्साह देखिएको थियो।हरेक दिन बिहान देखिनै खटेर पूजा समारोह सफल बनाउने श्री सुरेश गौतम, श्री दिपक निरौला, श्री रेवन्ति खतिवड़ा, श्री दिपेन्द्र खतिवड़ा, दुर्गा मातृ शक्तिका सम्पूर्ण सदस्या तथा अन्य दिदी बैनीहरु, समस्त ग्रामवासी तथा बाबुबासा ग्राम सुधार समितिका पदाधिकारीगणमा साथै मन्दिरका पण्डित प्रवर श्रीमान दामोदर बास्तोलाप्रति समिति आभार व्यक्त गर्दछ।

२०मार्च द्वितीया देखि २७मार्च रामनवमी सम्म जजमान बसि दिएर त्यसदिनको भोगप्रसाद,ब्राह्मण दक्षिणा सहितको योगदान पुर्‍याउने महानुभावमा श्री बलराम रोका, श्रीमती अम्बिका रोका, श्री प्रसाद छेत्री, श्रीमती देवी छेत्री, श्री विजेन्द्र प्रधान, श्रीमती अमृता प्रधान, श्री गौरव कुमार, श्री फूल कुमारी, श्री दीपेन्द्र खतिवड़ा, श्रीमती बिमला खतिवड़ा, श्री आर.के पोखरेल, श्रीमती तिलोत्तमा पोखरेल, श्री योगेश पोखरेल, श्री प्रिया पोखरेल, निश्चय/निष्कर्ष, श्री राजेन गुरुङ, श्री सुनिता गुरुङ, श्री लक्षराज गुरुङ,डा. सी बी राई, श्रीमती रोमा राई, सुश्री तुषिता राई आदि। रामनवमीको दिन श्री हरि शंकर प्रसादले जल साथै श्रीमान श्रीमती पवन कार्कीले भण्डारा प्रदान गर्नु भयो।‎

सम्पूर्ण भक्तगणको अमुल्य सहयोग बिना यो अनुष्ठान असम्भव थियो भन्दै समितिका अध्यक्ष श्री कृष्ण प्रसाद निरौलाले धन्यवाद ज्ञापन गर्नु भयो। आगामी दिनहरुमा पनि यसरी नै हाम्रा चाड़ पर्व भव्यरुपले मनाउने जानकारी श्री दुर्गा मन्दिर सञ्चालन समितिका सचिव श्री प्रदिप खतिवड़ाले जानकारी गराउनु भयो। ‎

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ