कैंजले-रेलिङ समष्टिका युवाहरु एडवर्डसको विचारलाई समर्थन गर्दै आइजीजेएफमा सामेल भएका छन्। यी युवाहरू सुम्बुक स्थित सार्वजनिक भवनमा आइजीजेएफको एउटा सभा अमर खेवाको सभापतित्वमा बसेको सभामा सामेल भएका हुन्। सभामा समष्टि बाट संयोजक अर्जुन लामाको नेतृत्वमा विभिन्न युवाहरुले अजय एडवर्ड को विचार लाई समर्थन गर्दै पार्टीमा सामेल भए। सभामा समष्टिको पक्षबाट प्रतिनिधिहरू अमर खेवा, दोर्जे तामाङ, सुधन सुब्बा, सन्जिब राई, प्रशान्त गुरुङ ,सन्दीप यक्सो, अनिल प्रधान, पुरण तामाङ करण क्षेत्री आदी उपस्थित थिए।
अर्कोतिर बंगाल विधानसभा चुनावमा इण्डियन गोर्खा जनशक्ति फ्रण्टले दार्जीलिङ विधानसभा समष्टिबाट पार्टी केन्द्रीय संयोजक अजय एडवर्डसलाई चुनावी मैदानमा उतारेपछि एकपछि अर्को गर्दै समर्थनको भेल बढ्न थालेको इण्डियन गोर्खा जनशक्ति फ्रण्ट, आइजीजेएफले दावी गरेको छ। यसै क्रममा घुम जोरबंगलो समष्टिको विभिन्न स्थान हरूबाट 47 परिवारहरू अजय एडवर्डसको पक्षबाट खडा भएका छन्। हामी यसलाई समर्थन भन्दैनौ, समर्पण भन्न रूचाउँछौं। एउटा पार्टी छोडेर अर्को पार्टीमा जानेलाई समर्थन भन्छ तर यी 47 परिवारहरू कुनै पार्टीसंग सम्बन्धित छैन। राजनीतिदेखि बाहिर बसेकाहरू हुन्।
पहाडमा यस पटक परिवर्तन हुनै पर्छ भन्ने सोंच र चाहनाहरू लिएर उनीहरू अजय एडवर्डसको पक्षमा खडा भएका हुन्। यी 47 परिवारहरूलाई इण्डियन गोर्खा जनशक्ति फ्रण्ट घुम जोरबंगलो समष्टि अध्यक्ष सुरज तामाङले बताएका छन्। त्यसरी नै पोख्ररेबुङ चामोङ समष्टिबाट 14 परिवारहरूले आइजीजेएफमा सामेल भएका छन्। पार्टी केन्द्रीय कार्यालय पी कोठीमा आइजीजेएफको झण्डा समाएपछि अजय एडवर्डसको जनताप्रतिको साँचो माया र पहाड परिवर्तनको नारा जस्ता कार्यहरू देखेर आफुहरूले आइजीजेएफमा सामेल भएको हो भन्ने बताएका छन्। आइजीजेएफको भिजन र अजय एडवर्डसको साँचो कार्यलाई थप टेवा पुराउन आफुहरू वचनबद्ध भएको बताएका छन्। त्यसरी नै विभिन्न क्षेत्रहरूबाट आइजीजेएफमा समर्थन गर्नेहरूको घुइँचो लागेको आइजीजेएफले दावी गरेको छ।












