IGJF party joining Darjeeling
IGJF party joining Darjeeling

भागोप्रमोका १५ परिवार इण्डियन गोर्खा जनशक्ति फ्रन्टमा भए सामेल

Share this news

टिस्टा भेल्ली चियाबारी अन्तर्गत डी.पी. साइडको ठूलो फूलबारी क्षेत्रमा एउटा विशेष कार्यक्रमको आयोजना गरियो। बरदेव बोम्जनको नेतृत्वमा १५ वटा परिवारले तान्त्रिक मोर्चालाई चटक्कै छोडेर इण्डियन गोर्खा जनशक्ति फ्रन्टको दलीय झण्डा ग्रहण गरे। परिवर्तनको यो लहर यतिमा मात्र सीमित रहेन। खहरे गाउँको ‘विश्वकर्म एकता समाज’ का ४५ वटा परिवारले पनि एकैसाथ तान्त्रिक मोर्चा र भाजपा परित्याग गर्ने घोषणा गरे। उनीहरू सबैलाई आइजीजेएफका अध्यक्ष बेनहर राईले भव्य स्वागत गर्दै दलीय झण्डा प्रदान गरे। यी नेताहरूको उपस्थितिमा भयो स्वागत समर्थन र मिलनको यो विशेष कार्यक्रममा पार्टीका महासचिव:मिलन कटुवाल, सचिव: सहदेव मुखिया उपाध्यक्ष कुन्दन मङ्गर, श्रमिक संघ: केन्द्रीय सदस्य बुद्ध कुमार मङ्गर, युवा जनशक्ति फ्रन्ट अध्यक्ष: बादल राई , महासचिव राजेश दर्नाल र सह सचिव मर्कुस लोहागण, नारी शक्ति: अध्यक्ष योगिता राई आदि उपस्थित थिए।

नव-प्रवेशीहरूले क्षेत्रको विकास र गोर्खाहरूको हक-हितका लागि इण्डियन गोर्खा जनशक्ति फ्रन्ट नै सही विकल्प रहेको बताउँदै पार्टीमा पूर्ण आस्था प्रकट गरेका छन्। यस सामूहिक दल-बदलले आगामी दिनमा टिस्टा भेल्लीको राजनीतिमा नयाँ मोड ल्याउने निश्चित देखिन्छ। अर्कोतिर चुङ्ग थुङ्ग मेरीबोङ्ग तामसाङ्ग समष्टि अन्तर्गत तिनधुरे गाउँबाट १२ घर, गोदामधुरा गाउँबाट ३ घर तथा लिजाहिल मुन्सीधुरा गाउँबाट १ घर गरी जम्मा १६ परिवारले प्रजातान्त्रिक मोर्चाको झण्डा त्याग गरी औपचारिक रूपमा ईण्डेन गोर्खा जनशक्ति फ्रन्टलाई समर्थन जनाउँदै पार्टीमा प्रवेश गरेका छन्।

सम्पन्न उक्त कार्यक्रममा समष्टि अध्यक्ष क्याप्टन महिन्द्र राई, समष्टि महासचिव अजय प्रधान, दार्जिलिंग सब-डिभिजन सचिव प्रमोद राई तथा सब-डिभिजन उप-सभापति विरेन्द्र तामागंको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा वक्ताहरूले आफ्नो मन्तव्य राख्दै अब पहाडमा वास्तविक परिवर्तनको अन्तिम आशा ईण्डेन गोर्खा जनशक्ति फ्रंट नै भएको उल्लेख गरे। साथै, पहाडका हरेक क्षेत्र र सर्वसाधारण जनतामा परिवर्तनको चाहना स्पष्ट रूपमा देखिएको र जनसमर्थन तीव्र रूपमा बढ्दै गएको कुरा व्यक्त गरिएको थियो।

समष्टि अध्यक्ष क्याप्टन महिन्द्र राईले आफ्नो सम्बोधनमा आगामी विधानसभा चुनावमा ईण्डेन गोर्खा जनशक्ति फ्रंटले एकपक्षीय जनमतसहित विजय हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो। यसअघि भारतीय जनता पार्टी (भाजपा) का जिल्ला समिति सदस्य तथा पुल–बिजबारी मण्डल इञ्चार्ज श्री बिधान राई आधिकारिक रूपमा इण्डिन गोर्खा जनशक्ति फ्रन्टमा सामेल भएका छन्।  इण्डिन गोर्खा जनशक्ति फ्रन्ट प्रमुख श्री अजय एडवर्डसको हातबाट पार्टीको झण्डा ग्रहण गर्दै उनले औपचारिक रूपमा पार्टी प्रवेश गरे। कार्यक्रममा समष्टि अध्यक्ष क्याप्टन महिन्द्र राई, महासचिव अजय प्रधान, दार्जीलिङ महकुमा समितिका सचिव प्रमोद राई, महकुमा समितिका उप – सभापति बिरेन्द्र तामाङ्ग लगायत नेताहरूको उपस्थिति रहेको थियो।

आफ्नो मन्तव्यमा श्री बिधान राईले, गोर्खा समुदायलाई भाजपाले केवल भोट बैंकको रूपमा प्रयोग गरेको आरोप लगाउँदै माथिल्लो तहमा एकपक्षीय निर्णय हावी रहेको बताए। उनले अब पहाडको पहिचान र क्षेत्रीयता जोगाउन इण्डिन गोर्खा जनशक्ति फ्रन्ट नै एकमात्र विकल्प भएको स्पष्ट पार्दै भने जो वर्तमान स्थितिमा न त केन्द्र सरकारको दबाव न त राज्य सरकार पक्षमा रहेको छ। कार्यक्रमको अन्त्यमा नेताहरूले नयाँ सदस्यलाई स्वागत गर्दै संगठन सुदृढ गर्ने प्रतिबद्धता जनाए।

Share this news
आजको रोजाइ
दार्जीलिङ डिभिजनल बडीबिल्डिङ एण्ड फिटनेस एसोसिएसनको वार्षिक साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयन

दार्जीलिङ डिभिजनल बडीबिल्डिङ एण्ड फिटनेस एसोसिएसनको वार्षिक साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयन

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

श्रवण कुमार पुरस्कार-२०२६ को मनोनयन शुरू

श्रवण कुमार पुरस्कार-२०२६ को मनोनयन शुरू

समरदुङ दुर्घटना: प्रधानमन्त्री मोदीले दिए मुख्यमन्त्री तामाङलाई सबै सम्भावित सहयोगको आश्वासन

समरदुङ दुर्घटना: प्रधानमन्त्री मोदीले दिए मुख्यमन्त्री तामाङलाई सबै सम्भावित सहयोगको आश्वासन

मुख्य सचिव तेलाङको अध्यक्षतामा टनल दुर्घटनासम्बन्धी उच्चस्तरीय समीक्षा बैठक सम्पन्न

मुख्य सचिव तेलाङको अध्यक्षतामा टनल दुर्घटनासम्बन्धी उच्चस्तरीय समीक्षा बैठक सम्पन्न

टिङलिङ भ्यु पाेइन्ट पर्यटकहरूकाे केन्द्रविन्दु बन्दै।

टिङलिङ भ्यु पाेइन्ट पर्यटकहरूकाे केन्द्रविन्दु बन्दै।

टनल ग्यास लिक काण्डका मृतक परिवारलाई 4-4 लाख दिने मुख्यमन्त्रीको घोषणा

टनल ग्यास लिक काण्डका मृतक परिवारलाई 4-4 लाख दिने मुख्यमन्त्रीको घोषणा

खरसाङमा मतदाता नामावली र रासन कार्ड समस्याबारे भागोप्रमोद्वारा महकुमा शासकलाई ज्ञापनपत्र

खरसाङमा मतदाता नामावली र रासन कार्ड समस्याबारे भागोप्रमोद्वारा महकुमा शासकलाई ज्ञापनपत्र

खरसाङमा निष्क्रिय राशन कार्ड पुनः सक्रिय: अफवाहको पछाडि नलाग्न भाजपा नेता रामकृष्ण शर्माको आग्रह

खरसाङमा निष्क्रिय राशन कार्ड पुनः सक्रिय: अफवाहको पछाडि नलाग्न भाजपा नेता रामकृष्ण शर्माको आग्रह

२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

आजको रोजाइ