2017 देखि परिवार्तनको अभियान चलाएको अनितको दाबी

Share this news

पहाड़मा जुन स्थिति थियो, त्यसलाई धैरै रिक्स लिएर 2017 देखि परिवर्तन ल्याएर शान्ति स्थापित गरिएको हो, हामीले 2017 देखि नयाँ विचारको साथमा परिवर्तनको अभियान शुरु गरेका हौँ भनी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय संस्थापक अध्यक्ष अनित थापाले बताएका छन्‌‍। उनले बुधवार खरसाङ्मा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको उम्मेद्वार अमर लामाको नामाङ्कन पत्र बुझाउने क्रममा पत्रकारहरुले सोधेका प्रश्नको उत्तर दिन्दै भने, उनीहरुले अहिले कस्तो परिवर्तन चाहेको हो त्यो याद भएन तर हाम्रो परिवर्तनमा कोही पनि पहाड़बाट भाग्न परेको छैन। किनभने पहिला त पहाड़मा बोल्न नसकेर भागेको हो। अहिले पहाड़मा जे बोल्दा पनि हुन्छ। लिडर भन्दा पनि हुन्छ।

उनले कसैको नाम नलिई भने, उनीहरुले कस्तो परिवर्तन चाहेको हो याद भएन तर उनी पहिला गोरामुमोबाट टीएमसी, पछि बीजेपी, बीजेपीबाट हाम्रो पार्टीमा परिवर्तन भएको हो भने अहिले फेरि इण्डियन गोर्खा जनशक्ति फ्रण्टमा परिवर्तन भएको हो। तर पनि अहिलेसम्म पञ्जीकरण पनि गर्न सकेको छैन। केवल झण्डा मात्र छ। अनित थापाले अघि भने, यसपाली हामीले दार्जीलिङबाट शिक्षाविदलाई चुनावमा उतारेका छौँ। उहाँ एकजना शिक्षाविद्, वरिष्ठ साहित्यकार हुन्‌‍। एउटै कुरा छ कि दार्जीलिङ्का जनताले एकजना शिक्षाविदलाई भोट दिने कि कलेज नै नदेखेकोलाई भोट दिने हो त्यो त दार्जीलिङवासीले नै निर्णय गर्नेछन्‌‍। थापाले अझ भने, विधानसभामा पठाउँदा र स्वाभिमानको कुरा गर्दा हाम्रो गोर्खाको पनि शिक्षित व्यक्ति छन्‌‍ देखोस्‌‍। विधानसभामा पुग्दा एकजना शिक्षित व्यक्ति पुगोस्‌‍ न। त्यो कुरा हाम्रो गोर्खाको स्वभिमानको कुरा हो। किनभने शिक्षा महत्त्वपूर्ण हुन्छ।

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको चुनाव चिन्ह परिवर्तन भएको विषयमा बोल्दै अनित थापाले भने, हामी प्रकाशमा विश्वास गर्छौंँ। हामी उज्यालोमा विश्वास गर्छौँ र हाम्रो नयाँ चुनाव चिन्ह ब्याट्रीको टर्च लाइट भएको छ जुन हावा र पानीले पनि निभ्न सक्दैन र बलेको बलेको गर्छ। हामी सदैव सकरात्मक कुरामा विश्वास गर्छौं। उनले खरसाङ्मा मानिसहरूको भीड़ देखेर हाम्रो मनोबल बढ़ेको छ र विशेष गरेर उम्मेद्वार अमर लामाको मनोबल बढेको छ भनी बताए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ