भागोप्रमो प्रार्थी अमर लामाले बुझाए नामाङ्कन

Share this news

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको खरसाङ्का प्रार्थी अमर लामाले आगामी लोकसभा चुनाउको निम्ति बुधवार आफ्नो नामाङ्कन बुझाए। तिनले आफ्नो नामाङ्कन पत्र खरसाङ महकुमा शासक कार्यालयमा पुगेर बुझाए। पार्टी अध्यक्ष अनित थापा, विभिन्न समष्टिका सभासदहरू, पार्टी नेतृत्वहरू लगायत पार्टीका धेरै समर्थकहरूको साथमा खरसाङ बजारको मोटर स्ट्याण्डबाट एउटा ऱ्य़ाली निकालियो। ऱ्यालीले खरसाङ शहर परिक्रमा गर्दै यहाँको महकुमा शासक कार्यालयमा पुगेर प्रार्थी लामाले नामाङ्ककन बुझाए। शुरूमा लामाले खरसाङ शहरको जगदीश मन्दिर अनि त्यसपछि गिद्ध पहाड़को देवी मन्दिरमा पुगेर पूजा अर्चना गरे औ त्यसपछि तिनी यहाँको मोटर स्ट्याण्डमा आए। त्यहाँ हिन्दु, मुस्लिम, इसाईका पुरोहितहरूले विधिपूर्वक पूजा अर्चना गर्दै अमर लामाको जीतको कामना गरे। यसै अवधि जीतको शुभकामना दिँदै पूर्व राज्यसभा सासंद शान्ता छेत्रीले मिठाई खुवाइन्‌‍ तथा खदा लगाइन्‌‍ औ नारी शक्तिद्वारा माला लगाएर शुभकामना दिइयो। त्यसपछि भेलालाई प्रार्थी लामाले सम्बोधन गर्दै पार्टीको जीतलाई निश्चित पार्न सबैको यस्तै साथ र सहयोग चाहिने जनाए।

पार्टी अध्यक्ष अनित थापाले सबैलाई चुनाउ अवधि शान्ति बनाइराख्ने आग्रह गर्दै पहाडको तीनैवटा आसनबाट निश्चित रूपमा जित्ने दावी गरे। थापाले जितेपछि पनि उस्तो खुशी नहुने कारण हार्नेहरू पनि आफ्नै मान्छे हुन्छन्‌‍ भन्दै यद्यपि विपक्षीहरूले मोमबत्ती निभ्छ भन्थे अब कहिले पनि ननिभ्ने टर्च लाइट लिएर आएका छौँ भनी बताए। नामाङ्कन बुझाएपछि पत्रकारहरूलाई सम्बोधन गर्दै प्रार्थी लामाले तिनको जीत निश्चित रहेको जनाए। आज तिनले आफ्नो प्रार्थीको नामङ्कन पत्र बुझाइएको तथा शपथ पनि लिएको जनाए। लामाले पार्टीको चुनाउ चिन्हबारे जानकारी गराउँदै आज तिनले तीनवटा चिन्ह बुझाएको तर जहाँसम्म तिनीहरूको चुनाउ चिन्ह टर्च लाइट नै हुने जनाए। यसबारे कोही पनि अन्योल नबनिदिने आग्रह गर्दै पार्टीको चिन्हबारे प्रत्येक घर दैलोमा गएर मानिसहरूलाई जानकारी गराउने पनि तिनले जनाए। चुनाउ प्रचारको निम्ति धेरै समय नरहेकोले अब प्रचारको क्रमलाई युद्ध स्तरमा अघि बढ़ाएर लैजाने तिनले अवगत गराए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ