Gunu Gharti film Darjeeling
Gunu Gharti film Darjeeling

डा. किङ्ग गुनु घर्तीको हिन्दी लघु चलचित्र “वन म्यान आर्मी”को लोकार्पण

Share this news

आफ्नै देशमा हामी पाहुना भएर होइन अधिकार पुर्वक बसेको हुनुपर्छ। हामी सत्य छौं र हाम्रो माग यदि जायज र न्यायसङ्गत छ भने हामीले हाम्रो अधिकार कहीं न कहीं ढिलो छिट्टो हाम्रो वासभूमि गोर्खाल्यान्ड अवश्य पाउनेछौं भनि अटल विश्वासमा भारतीय गोर्खाहरुको आवाज एवम् गुनासो भारत सरकारसम्म पुराउनको लागी मिजोरमका डा. किङ्ग गुनु घर्तीले यो एउटा हिन्दी लघु चलचित्र “वन म्यान आर्मी”को निर्माण गरेका छन्, जसको तेइस मार्चको दिन दार्जी लिङमा लोकार्पण गरिएको थियो।

हामी बाहिरबाट आएका होइनौं, यही भारत भूमिमै जन्मिएर यहाँ पुर्खौंदेखि बसोबास गर्दै आएका छौं। बिहारीको बिहारीले बिहार पाए, पंजाबीले पंजाब र नागाले नागाल्यान्ड पाउँछन् भने हामी गोर्खालीले गोर्खाल्यान्ड किन नपाएको ? भारतमाताको एउटै सन्तानमा अन्तर किन ? मृत्यु से हमें डर नहीं लगता भन्ने मान्छेले या त झुटो बोल्दैछ, या उ पक्कै पनि गोर्खा हो भन्छन् , किन ?

गोर्खाहरुले ज्यानको माया मारेर आजसम्म कस्को लागि लड़दै आएका छौं ? कस्को लागि शहीद भैरहेका छौं ? एकमात्र भारतवर्षको लागि। यदि यो सत्य हो भने, भारतमा नै हामी पाहुना किन ? शरणार्थी किन ? के हाम्रो इमान्दारिताको मूल्य केवल तिरस्कार हो ? हाम्रो कर्तव्य र सेवा भावलाई किन गुलामी साबित गर्दैछ भारत सरकारले ?

शान्तिप्रिय ढङ्गले मागेको हाम्रो विवशता किन सुन्दैन सरकारले ? भारत सरकार त हाम्रो अभिभावक हो हो। अभिभावक छोराछोरीहरुलाई लत्याउने कि माया गर्ने हो ? विदेशमा केही आफत विपत परे सहयोग गर्नलाई सबैभन्दा पहिला भारत पुग्छ। तर सरकारले भारतभित्रै आफ्नो सन्तानको दुःख किन नबुझेको ? सोंचेर ल्याउँदा दुःखले मुटु चिरिएर आउँछ। सरकारको अगाड़ी आत्मदाह गरुँ कि जस्तो पनि लाग्छ, कैले कैले त निकै दुःख पोख्ने डा. किङ्ग गुनु घर्तीले भारत सरकारसम्म सम्पूर्ण भारतीय गोर्खाहरुको गुनासो पुराएर सरकारलाई झक्झकाउन बनाइएको लघु चलचित्र “वन म्यान आर्मी”, हाम्रो अभियान गोर्खाल्यान्ड हेर्नैपर्ने एउटा ऐतिहासिक चलचित्र बनेको बताइएको छ।

Share this news
आजको रोजाइ
ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

आजको रोजाइ