Sumendra Tamang campaign Darjeeling
Sumendra Tamang campaign Darjeeling

श्रमिकहरुले उठाएको स्वतन्त्र उम्मेदवार सुमेन्द्र तामाङको प्रचार अभियान

Share this news

आज श्रमजीवी पहलको पक्षबाट श्रमिकहरुले उठाएको स्वतन्त्र उम्मेदवार सुमेन्द्र तामाङको प्रचार अभियान खरसाङ विधान सभा क्षेत्रको प्रवेशद्वार सुकुनादेखि रोङटाङ, सिपाईधुरा कमान हुँदै नरबुङ कमान, सिविटार कमान, घुम्ती कमान सम्म सम्पन्न भयो। उक्त जन सम्पर्क अभियानमा श्रमजीवी पहलको मुद्दाहरू जन मानिसले राम्ररी आत्मसात गरी रहेका छन्। मालिकवर्ग, पुँजीवादी व्यवस्था र सरकारहरूको थिचोमिचोविरुद्ध खटीखाने जनताको न्यायिक सङ्घर्षको पक्षमा उभिँदै यसपालिको चुनावमा खरसाङ विधानसभा क्षेत्रबाट श्रमजीवी पहलको हिसाबले सुमेन्द्र तामाङको उम्मेद्वारिताको घोषणा आयो। चुनावको होहल्लामा खटीखाने मानिसहरूका न्यायिक मागहरू नदबियोस् र सामाजिक न्यायको सङ्घर्ष अझै बलियो बनाउने उद्देश्य लिएर यो उम्मेद्वारिताको घोषणा आज खरसाङ प्रेस क्लबबाट गरियो। विभिन्न चिया बगानका श्रमिक, खरसाङ विधानसभा क्षेत्रका युवाहरू अनि कैयौँ सामाजिक अभियन्ताको उपस्थितिमा आज यो आशाप्रद घोषणा आएको छ।

पत्रकारहरूलाई सम्बोधन गर्दै लङभ्यु चिया बगानका श्रमिक तनुजा लामा अनि रिङटङ बगानका सुधा तामाङले आ-आफ्ना वक्तव्य राख्दै भने– विगतमा धेरै चुनाव भयो र धेरैले जिते, तर मजदुरहरूको समस्याका समाधानको कोसिस खासै देखिएन। मालिकहरूको इशारामा सरकारहरूले चलाई रहेको यस व्यवस्थाभित्र केही पाउनुका लागि सङ्घर्ष बाहेक अन्य बाटो छैन। त्यसैले सङ्घर्षकै निरन्तरतामा श्रमिकहरूकै अगुवाईमा श्रमिक कार्यकर्ता खरसाङनिवासी सुमेन्द्र तामाङलाई उम्मेद्वारको हिसाबले श्रमिकहरूले अघि सारेका छन्।

श्रमिकहरूले वक्तव्य राखेपछि समाजकर्मी छेवाङ योञ्जन अनि सुमेन्द्र तामाङले कुन दृष्टिकोण र कुन कुन मुद्दा लिएर यो चुनावी अभियान हुनेवाला छ त्यसबारे बताए। यस पहलको घोषणाअनुसार खटीखाने जनताको न्यायिक सङ्घर्ष, चिया र सिङ्कोना श्रमिकलाई वैधानिक मिनिमम वेज र पर्जापट्टा, किसान अनि बनवासीहरूका लागि सही हक माग्न, युवाहरूलाई सम्मानपूर्ण रोजगार, विद्यार्थीहरूलाई स्तरीय शिक्षा, सबैका लागि आवास-स्वास्थ्य-पानी-सडक माग्न, धर्म-जातपात-जाति-लिङ्गको भेदभावविरुद्ध समानता-आधारित समाज निर्माणको पक्षमा सङ्घर्ष गर्न, धार्मिक कट्टरवादको आडमा देशको श्रम, सम्पत्ति र प्राकृतिक सम्पदा बेच्दै फासिवाद लागु गर्न खोज्ने षडयन्त्रविरुद्ध, बिजेपीको धार्मिक भेदभाव र हिंसाको राजनीति, फासीवादी प्रवृत्ति अनि तृणमूल-भागोप्रमोको भ्रष्टाचार र हैकमवादविरुद्ध, उत्पीडित राष्ट्रियताको आत्मनिर्णयको अधिकार र सङ्घीयताको पक्षमा, मानिसहरूबिच खाडल बनाउने र जनतालाई हैरान पार्ने SIR, NRC, नोटबन्दी जस्ता नीतिहरूविरुद्ध, शासकदलहरूको भ्रष्टाचार, हैकमवाद, भाइभतिजावादविरुद्ध, पर्यावरण-विनाशकारी जनविरोधी प्रजेक्टहरू रद्द गर्ने माग आदि विषयहरू लिएर यस श्रमजीवी पहल निरन्तर चल्ने छ र आह्वान रहने छ– आगामी २३ अप्रेलको दिन खरसाङ विधानसभा क्षेत्रमा सुमेन्द्र तामाङ-लाई भोट हालेर सङ्घर्षको आवाज बुलन्द गर्नुहोस्।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ