ग्रीनसिटी मिशन अन्तर्गत खरसाङ नगरपालिकाको विभिन्न रोड किनारहरूमा निर्माण गरिएका सेड अथवा हावा घरहरू मरम्मती गर्नु पर्ने आवश्यकता रहेको छ। विभिन्न रोड किनारहरूमा जनसाधरणको सुविधाको लागि निर्माण गरिएका यस्ता हावा घरहरू वर्तमानमा जीर्ण बनिसकेका छन्। यहाँको कप्तान सुरज शर्मा पथ (बाईपास रोड) मा रहेको हावा घरमा लगाइएको बस्ने चौकीहरू छैन, यसको वरिपरिका फाइबर ग्लासका बार पनि वर्तमानमा सबै उप्किसकेको अवस्थामा रहेको छ। करबीर चिया बगानको विभिन्न गाउँका मानिस, विद्यार्थीहरू अनि बाईपास रोडमा घुम्न, कसरत गर्न आउनेहरूलाई बिसाउन सुविधा रहने यो हावा घरमा लगाइएको टायल्स पनि उप्किएको पाइएको छ।
खरसाङ्को फादरवेरी रोडमा चेयरम्यान गोलाइमा निर्माण गरिएको हावा घर पनि वर्तमानमा जीर्ण बनेको छ। यहाँको चौकीहरू भत्किएको अवस्थामा पाइएको छ भने रेलिङ र बार पनि भत्किएको अवस्थामा पाइएको छ। यसै गरी फाटक डाँड़ामा रहेका हावा घरहरूको पनि मरम्मती गर्न पर्ने आवश्यकता रहेको क्षेत्रका कतिपय मानिसहरूले बताएका छन्। नगरपालिकाद्वारा निर्माण गरिएका यी हावा घरहरूमा पैदल हिँड़ने मानिस, विद्यार्थी, वृद्ध-वृद्धा, गाड़ी पर्खिने मानिसहरू बस्नलाई सुविधा रहेको छ। यी हावाघरहरू आवश्यक छन् र अझ यस्ता हावा घरहरू निर्माण गर्न आवश्यक छ, निर्माण गािइ छ।












