दार्जीलिङको लेबुङ समष्टि अन्तर्गत बदमताममा निःशुल्क डान्स तथा भोकल क्लासमा सहभागी हुने सुनौलो अवसर प्रदान गरिएको छ। उक्त क्षेत्रभित्र पर्ने सम्पूर्ण गाउँ–समाजका नानीहरूलाई यसैमार्फत जानकारी गराइन्छ, यो निःशुल्क डान्स तथा भोकल क्लास क्यारिङ्ग ह्यान्ड संस्थानद्वारा गराइनेछ। यसको उद्घाटन 5 अप्रेल आइतबार बिहान १० बजी गरिनेछ। त्यसपछि दोस्रो साताबाट प्रत्येक शनिबार बिहान १० बजीबाट बदमताम चियाबारीको चौरास्ता नजीक अवस्थित सामुदायिक भवनमा सुरु हुनेछ। जसमा यी सबै विषयमा अनिषा रावतले प्रशिक्षण दिनेछिन्।
यस अवसरलाई सदुपयोग गरी आफ्ना प्रतिभा विकास गर्न सबै अभिभावक तथा विद्यार्थीहरूलाई हार्दिक आग्रह गरिएको छ। नानीहरूले डकुमेन्टको रुपमा दुईवटा पासपोर्ट अनि आधार कार्ड बुझाउनुपर्नेछ। इच्छुक अभिभावक तथा विद्यार्थीहरूले कृपया ढिलाइ नगरी छिटोभन्दा छिटो 91 95934 38203 अनि 918016491293 नम्बरहरूमा सम्पर्क गरिदिनुहुन क्यारिङ्ग ह्यान्ड संस्थानकी उपाध्यक्ष रिना तामाङले अनुरोध गरेकी छिन्। स्मरण रहोस् बदमताम चियाबारीमा जन्मेर मुलुकको राजधानी नयाँ दिल्लीमा सामाजिक कार्य गर्दै आएका शिशिर बान्तवा राईले दिल्लीमा नै क्यारिङ्ग ह्यान्ड संस्थानको स्थापना गरेका छन्।
यसैको माध्यमबाट उनको टोलीले पहाडलगायत विबिन्न ठाउँका रोगीहरूलाई नयाँ दिल्लीमा लगेर आफ्नो कार्यालयमा राखेर एम्समा उपचार गराउँदै आएको छ। यसरी अहिलेसम्म यो संस्थानले धेरै रोगीहरूलाई निको पारी घर फर्काएको छ। यसका साथै उपचार पनि गराइरहेको छ। यसैक्रममा बदमताम चियाबारीमा निःशुल्क डान्स तथा भोकल क्लासमा सहभागी हुने सुनौलो अवसर प्रदान गरिएको छ। यो पहलद्वारा आर्थिक स्थिति कमजोर भएका विद्यार्थीहरूलाई ठूलो सहयोग पुग्ने विश्वास गरिएको छ।












