Ajay Edwards campaign Darjeeling
Ajay Edwards campaign Darjeeling

आइजीजेएफ संयोजक अजय एडवर्डसले शुरू गरे आफ्नो चुनावी प्रचार

Share this news

इण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय संयोजक अजय एडवर्डसले महाकाल थानको पुजा गरेर आफ्नो चुनावी प्रचारको कार्यलाई शुभारम्भ गरेका छन्। इण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय संयोजक अजय एडवर्डस महाकाल मन्दिर पुगेका थिए। त्यस अवधि उनीसंग पार्टी कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। अजय एडवर्डसले महाकाल थानकोको पुजा अर्चना गरेपछि आफ्नो चुनावी प्रचार शुरू गरेका छन्। गत 29 मार्चको दिन इण्डियन गोर्खा जनशक्ति फ्रण्टले सोनादाको इन्टेक स्थित नव निर्माण भइरहेको उनमुक्ति ब्रीजको अन्तिम ढलाइसंगै पार्टी उम्मेद्वारहरूको घोषणा गरेको थियो।जसमा दार्जीलिङ विधानसभा क्षेत्रबाट अजय एडवर्डस, खरसाङ विधानसभा क्षेत्रबाट बन्दना राई,कालेबुङ विधानसभा क्षेत्रबाट भेर्नोन व्रिटो लेप्चा, मतिगढा नक्सलबारी क्षेत्रबाट निमेष सुन्दास, सिलगढी विधानसभा क्षेत्रबाट कृष्ण नन्द सिंहलाई पार्टी उम्मेद्वार घोषणा गरिसकेका छन।

यस बाहेक इण्डियन गोर्खा जनशक्ति फ्रण्टले तराई डुवर्स आदि क्षेत्रका अन्य विधानसभा क्षेत्रहरूबाट पनि पार्टी उम्मेद्वार दिने मन बनाई सकेका छन्।इण्डियन गोर्खा जनशक्ति फ्रण्टले आफ्नो गठनकालदेखि नै बाटो पनि छोडदैनौ, माटो पनि छोडदैनौं भन्ने नारा दिँदै आइरहेको छ। जसमा माटो भन्नाले अलग राज्य अनि बाटो भन्नाले विकास बुझिन्छ। इण्यिन गोर्खा जनशक्ति फ्रण्ट तथा अजय एडवर्डस कुनै बोर्डमा छैनन् तर पनि पहाडको विभिन्न स्थानहरूमा ब्रीजहरूको निर्माण, सडकहरूको निर्माण, समाज घरहरूको निर्माण, खेल मैदानहरूको निर्माण, सार्वजनिक भवनहरूको निर्माण, गरीब विधार्थीहरूलाई सहयोग, गरीब विमारीहरूको उपचार आदि जस्ता कार्यहरू आफ्नो गोजीको पैसाले गर्दै आइरहेका छन्। यस्ता पार्टी र नेताको दार्जीलिङ पहाड तथा समस्त गोर्खा जातिलाई खाँचो छ। दार्जीलिङ भ्रष्टाचार, भाइभतिजाबाद, घोटाला आदि जस्ता समाज विरोधी कार्यहरूमा चुर्लुम्म डुबेको छ।

भ्रष्टाचार मुक्त दार्जीलिङ पहाड र गोर्खा जातिलाई उन्मुक्ति इण्डियन गोर्खा जनशक्ति फ्रण्टले मात्र दिलाउन सक्छ। इण्डियन गोर्खा जनशक्ति फ्रण्ट तथा दार्जीलिङ विधानसभा क्षेत्रको उम्मेद्वार अजय एडवर्डसको चुनावी प्रचार महाकाल मन्दिरमा पुजा अर्चना भएपछि नेहरू रोड, गांधी रोड भएर शहरको परिक्रमण गर्दै घर दैलाे अभियान चलाए। यस अवधि इण्डियन गोर्खा जनशक्ति फ्रण्टको समर्थकहरूले भ्रष्टाचार मुक्त पहाडको नाराहरू लगाए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ