Bandana Rai candidate Darjeeling
Bandana Rai candidate Darjeeling

गोर्खे चेलीहरू अनि जातिको लागि खर्साङकी उम्मेदवार- बन्दना राई

Share this news

गोर्खा समाजका सम्पूर्ण महिलाहरूको सशक्त प्रतिनिधित्व गर्दै बन्दना राई यसपटक खर्साङ विधानसभाबाट IGJF पार्टीको तर्फबाट एक बलियो र प्रभावशाली उम्मेदवारका रूपमा उभिएकी छिन् भन्नेमा कुनै शंका छैन। नारी केवल घर सम्हाल्ने शक्ति मात्र होइन, समाज र समुदायका समस्या, पीडा र अन्यायको विरुद्ध आवाज उठाउने साहस पनि राख्छिन् भन्ने कुरा बन्दना राईले प्रमाणित गरिसकेकी छिन्। उनले गोर्खा समाजमाथि भइरहेको शोषण, अत्याचार र भ्रष्टाचारविरुद्ध लड्ने दृढ क्षमता र संकल्प देखाएकी छिन्।

उनको साहस, पराक्रम र योग्यताको कदर गर्दै IGJF का प्रमुख अजय एडवर्डस तथा उनको टिमले उनलाई उम्मेदवारको रूपमा अघि बढाउने अवसर प्रदान गरेका छन्। यसले अजय एडवर्डसको दूरदर्शिता, समावेशी सोच र ठूलो मनलाई स्पष्ट रूपमा झल्काउँछ। प्रकृति, समय र इण्डियन गोर्खा जनशक्तिले बन्दना राईलाई अवसर दिएको छ — अब निर्णय जनताको हातमा छ। बन्दना राईलाई जिताउनु भनेको केवल एक उम्मेदवारको जित होइन, यो सम्पूर्ण गोर्खे चेलीहरूको जित हुनेछ। साथै, चियाबगानका श्रमिकहरूको अधिकार सुरक्षित गर्ने, गाउँ–बस्ती र बजारलाई भ्रष्टाचारमुक्त बनाउने दिशामा महत्वपूर्ण कदम हुनेछ।

गत आइतबार मात्रै इण्डियन गोर्खा जनशक्ति फ्रण्टले विधानसबा चुनावको लागि उम्मेद्वारहरूको घोषणा गरेको थियो। जसमा दार्जीलिङबाट अजय एडवर्डस, खरसाङबाट बन्दना राई, कालेबुङबाट भेर्नोन व्रिटो लेप्चा, मतिगढा नक्सलबारीबाट निमेष सुन्दास, सिलगढीबाट कृष्ण नन्द सिंह। इण्डियन गोर्खा जनशक्ति फ्रण्टले उम्मेद्वारहरूको गर्यो घोषणा।पश्चिम बंगाल विधानसभा चुनावमा इण्डियन गोर्खा जनशक्ति फ्रण्टले उम्मेद्वार खडा गर्ने चर्चा विगत धेरै दिन अघिदेखि चुलिन्दै आएको थियो।आज सोनादाको इन्टेकमा निर्माण हुन गई रहेको उन्मुक्ति ब्रीजको अन्तिम ढलाईसंगै इण्डियन गोर्खा जनशक्ति फ्रण्टले उम्मेद्वारहरूको घोषणा गरेको छ।

जसमा दार्जीलिङ विधानसभा क्षेत्रबाट पार्टी केन्द्रीय संयोजक अजय एडवर्डस,खरसाङ विधानसभा क्षेत्रबाट अधिवक्ता बन्दना राई, कालेबुङ विधानसभा क्षेत्रबाट पूर्व जिल्लाधिकारी भेर्नोन व्रिटो लेप्चा,मतिगढा नक्सलबारी विधानसभा क्षेत्रबाट निमेष सुन्दास,सिलगढी विधानसभा क्षेत्रबाट कृष्ण नन्द सिंहलाई उम्मेद्वार घोषणा गरेका छन्।निर्वाचन आयोगले पश्चिम बंगाल विधानसभा चूनावको घोषणा गर्न अघिदेखिनै इण्डियन गोर्खा जनशक्ति फ्रण्टले भारतीय जनता पार्टी र तृणमूल कांग्रेस आदि जस्ता राष्ट्रिय दलहरू छोडेर क्षेत्रीयता बचाउन क्षेत्रीय दलहरूलाई एकबद्धभएर चुनाव लडने आह्वान गर्दै आएका थिए तर पहाडको क्षेत्रीय राजनैतिक पार्टीहरूले बिजेपी र टीएमसी जस्ता राष्ट्रिय दलहरूको साथ नछोडने निर्णय लिएपछि इण्डियन गोर्खा जनशक्ति फ्रण्टले क्षेत्रीयतालाई माया गर्ने दल,संघ संस्थाहरूलाई बटुलेर चुनावी मैदानमा ओर्लिने निर्णय लिए।गत धेरै दिन अघिदेखिको उम्मेद्वारहरू लिएर चर्चा परिचर्चा चल्दै आई रहेको थियो।

आज सोनादाको इन्टेकमा निर्माण हुन गई रहेको उन्मुक्ति ब्रीजको अन्तिम ढलाईसंगै उम्मेद्वारहरूको नाम घोषणा गरियो।इन्टेकमा निर्माण हुन गई रहेको उन्मुक्ति ब्रीजको निर्माण कार्यमा पहाडको विभिन्न स्थानहरूबाट श्रमदान गर्न आएका थिए।जसमा अजय एडवर्डस,बन्दना राई,भेर्नोन व्रिटो लेप्चाले पनि बेल्चा,फरूवा चलाएर श्रमदान दिए। इण्डियन गोर्खा जनशक्ति फ्रण्टले आफ्नो गठनकालदेखि नै बाटो पनि छोडदैनौ,माटो पनि छोडदैनौ भन्दै आई रहेका छन।बाटो भन्नाले विकास अनि माटो भन्नाले अलग राज्य हो।इण्डियन गोर्खा जनशक्ति फ्रण्ट तथा अजय एडवर्डस कुनै बोर्डमा छैन तर पनि पहाडको कुना काप्चाहरूमा ब्रीजहरूको निर्माण,सडकहरूको निर्माण,सार्वजनिक भवनहरूको निर्माण,खेल मैदानहरूको निर्माण,समाज घरहरूको निर्माण,गरीब परिवारहरूलाई घर,गरीब विधार्थीहरूलाई शिक्षा, गरीब बिमारीहरूको उपचार आदि जस्ता कार्यहरू निस्वार्थ भावले गर्दै आएका छन्।आजको श्रमदान तथा उम्मेद्वारहरू घोषणा कार्यकममा पार्टीको केन्द्रीय नेतृत्वहरूसंग संगै समर्थक तथा मानिसहरूको बाक्लो उपस्थिति रहेको थियो।


Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ