Sukuna Usma Prakashan committee
Sukuna Usma Prakashan committee

सुकुना उस्मा प्रकाशनको नयाँ कार्य समिति गठन, प्रा. छेत्री बने अध्यक्ष

Share this news

सुकुना उस्मा प्रकाशनकी प्रमुख स्व. उर्मिला घिसिङले यो संस्थानको माध्यमबाट सोचेकी अधुरा कार्यहरूलाई सक्रियरुपमा अघि बढाएर लैजान नयाँ कार्यकारी समिति गठन गरिएको छ। सुकुना अवस्थित संस्थानको कार्यालयमा कथाकार कमल भन्डारीको अध्यक्षतामा आइतबार एउटा महत्वपूर्ण सभा बसेको थियो। उक्त सभामा सुकुना उस्मा प्रकाशन सञ्चालनको निम्ति पुरानो कार्य समितिलाई भङ्ग गरी नयाँ कार्यकारी समिति गठन गर्न निकै बेर चर्चा-परिचर्चा गरिएको थियो। अन्त्यमा पुरानो कार्य समितिलाई भङ्ग गरी नयाँ कार्यकारी समिति गठन गरियो।

जसमा प्रा. मेघनाथ छेत्री अध्यक्ष, कमल भन्डारी उपाध्यक्ष, सचिव निमा तामाङ अनि कोषाध्य सरमान राई, श्रीमती सुष्मा गुरूङ मोक्तान प्रमुख सल्लाहकार सर्वसम्मतिले चुनिए। सभाले आगामी चाँडै दोस्रो सभा डाकी अन्य पदाधिकारीहरूको चुनाव गरिने निरेणय गरियो। यसरी नै वर्षभरिका कार्यक्रमहरू निर्धारित गर्ने सर्वसम्मतिले प्रस्ताव पारित गरियो। यसक्रममा सचिव निमा तामाङद्वारा वाट्सएप्प समूह बनाएर स्थापना कालदेखिका सबै सदस्यहरूलाई समेट्ने निर्णय गरियो। क्रमश: पूर्व पञ्जीकृत समितिको नवीनीकरण गराउने निर्णय गरियो। जसमा मुख्य भूमिका कोषाध्य सरमान राईले गर्नुपर्ने प्रस्ताव पारित गरियो। सुकुना उस्मा प्रकाशनले सदस्यता पञ्जीकरण गरे तापनि पञ्जीकरण-सदस्यता-शुल्क अहिलेसम्म लिएको थिएन। अबउसो नयाँ कार्यकारी समितिले न्यूनतम् पञ्जीकरण-सदस्यता-शुल्क उठाउने निर्णय पनि गरियो।

सुकुना उस्मा प्रकाशनकी प्रमुख स्व. उर्मिला घिसिङको निधनपछि सबै कामहरू रोकिएको थियो। सभामा नवनिर्वाचित पदाधिकारीहरूले स्व. घिसिङका सपनाहरूलाई विपनामा कार्यान्वयन गर्दै लैजाने वाचा गरे। संस्थानका पूर्व अध्यक्ष र सभाध्यक्ष कमल भन्डारीले नयाँ कार्यकारी समितिका अध्यक्ष र सचिवलाई श्रद्धा अर्पण गर्दै यो संस्थानका सबै सदस्यहरूलाई नेतृत्व दिई अघि बढाएर लैजाने कामना गरे।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ