Adip Rai statement Darjeeling
Adip Rai statement Darjeeling

यो भीड खसीको मासु र पाँच सय रूपियाँ पाएर आएको भीड होइन: अदिप राई

Share this news

रम्बुक सिर्डर मुण्डा समष्टि अन्र्तगत बगलधूरा,वीच गाउँ आदि क्षेत्रका धेरै समर्थकहरूले इण्डियन गोर्खा जन शक्ति फ्रण्ट,मा समर्थन जनाएका छन्। इण्डियन गोर्खा जन शक्ति फ्रण्ट को रम्बुक सिर्डर,मुण्डा समष्टि अध्यक्ष डेनछिरिङ तामाङको नेतृत्वमा पार्टी केन्द्रीय कार्यलय पी कोठीमा समर्थन कार्यक्रम सम्पन्न भएको थियो।त्यसरी नै आज समर्थन कार्यक्रममा इण्डियन गोर्खा जन शक्ति फ्रण्ट, को युवा एकाई अध्यक्ष प्रवीन छेत्री,उपाध्यक्ष अदिप राई,बुथ कमिटि अध्यक्ष विकाश घतानी,प्रमुख सल्लाकार सनम सुब्बा,सत्येम सुब्बा आदि उपस्थित रहेको थियो।यसैक्रममा युवा एकाई अध्यक्ष प्रवीन छेत्रीले दार्जीलिङ पहाडमा परिर्बतनको अति नै खाचो रहेको बताए अनि यो परिर्वतन अजय एडवाडर्सद्वारा मात्र सम्भाव रहेको तिनले बताए।त्यसरी नै उपाध्यक्ष अदीप राईले इण्डियन गोर्खा जन शक्ति फ्रण्ट,मा जे जति समर्थन गर्न आएका छन उनीहरू सबै आफ्नो मनले समर्थन गर्न आएको हो भन्ने बताए।उनीहरू सबैले अजय एडवाडर्सको भिजन र अजय एडवाडर्सले गरेको राम्रो कामहरू देखेर आएको हो,खसीको मासु र पाँच सय रूपियाँ पाएर आएको होइन भन्ने बताए।

यसअघि तकदाह ग्राम पंचायत क्षेत्रको बुथ नम्बर 8 को तृणमूल कार्यकर्ता र भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको कार्यकर्ताहरूले इण्डियन गोर्खा जनशक्ति फ्रण्टमा सामेल भएका छन्। यसक्रममा समर्थकहरूले पार्टीको निर्देशलाई पालन गर्ने संकल्प लिए। तकदाह टिष्टा भ्याली समष्टि अन्तर्गत तकदाह ग्राम पंचायत क्षेत्रको बुथ नम्बर 8 को तृणमूल कार्यकर्ता र भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको कार्यकर्ताहरूले इण्डियन गोर्खा जनशक्ति फ्रण्टमा सामेल भएका छन्।तकदाह टिष्टा भ्याली समष्टिको इण्डियन गोर्खा जनशक्ति फ्रण्ट अध्यक्ष बेनहर राईको अध्यक्षतामा सम्पन्न भएको समर्थन सभामा तकदाह टिष्टा भ्याली समष्टि अन्तर्गत तकदाह ग्राम पंचायत क्षेत्रको बुथ नम्बर 8 को जिम्बा धूरा र रंगली बजार लाइनका तृणमूल कांग्रेस कार्यकर्ता सागर तामाङ लगायत भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको कार्यकर्ताहरूले आज इण्डियन गोर्खा जनशक्ति फ्रण्टमा सामेल भएका छन्।

आईजीजेएफ समष्टि अध्यक्ष बेनोर राईले समर्थकहरूलाई खदा लगाउदै पार्टीमा न्यानो स्वागत जनाए।इण्डियन गोर्खा जनशक्ति फ्रण्टमा सामेल भएपछि सागर तामाङले इण्डियन गोर्खा जनशक्ति फ्रण्टको भिजन स्पष्ट छ साथै पार्टी केन्द्रीय संयोजक अजय एडवर्डस इमान्दार छ।यी सबै देखेर नै गोर्खा जाति र पहाडको हितमा केही गर्न पर्छ भन्ने सोंच लिएर हामी आईजीजेएफमा सामेल भएका हौ।तिनले अझ भने अब हुने विधानसभा चुनावमा पार्टीले हामीलाई जे जस्तो निर्देश दिन्छ त्यसलाई शीरोपर गरेर पालन गर्ने छौ।आजको समर्थन सभामा पार्टीमा सामेल भएका कार्यकर्ताहरूलाई बुथ नम्बर 8 को दायित्व पार्टीले सुम्पिए।

Share this news
आजको रोजाइ
प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आजको रोजाइ