पहाडमा मतदाताहरुको पार्टी फेर्ने क्रम जारी

Share this news

दार्जीलिङ,28 मार्च(निसं): तृणमुल कांग्रेस (टीएमसी) र भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा(बीजीपीएम)-को कार्यकर्ताहरूले समाए आईजीजेएफमा सामेल भएकोछ।
समर्थकहरूले पार्टीको निर्देशलाई पालन गर्ने संकल्प लिएको आईजीजेएफ मिडिया सेलले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएकोछ।
जानकारी अनुसार, इण्डियन गोर्खा जनशक्ति फ्रण्टमा समर्थन जनाउनेहरूको क्रम जारीछ।यसैक्रममा तकदाह टिस्टा भ्याली समष्टि अन्तर्गत तकदाह ग्राम पञ्चायत क्षेत्रको बुथ नम्बर 8 को तृणमूल कार्यकर्ता र भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको कार्यकर्ताहरूले इण्डियन गोर्खा जनशक्ति फ्रण्टमा सामेल भएका छन्।
तकदाह टिस्टा भ्याली समष्टिको इण्डियन गोर्खा जनशक्ति फ्रण्ट अध्यक्ष बेनोर राईको अध्यक्षतामा सम्पन्न भएको समर्थन सभामा तकदाह टिष्टा भ्याली समष्टि अन्तर्गत तकदाह ग्राम पंचायत क्षेत्रको बुथ नम्बर 8, जिम्बा धूरा र रंगली बजार लाइनका तृणमूल कांग्रेस कार्यकर्ता सागर तामाङ लगायत भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको कार्यकर्ताहरूले आज इण्डियन गोर्खा जनशक्ति फ्रण्टमा सामेल भएका छन्।
आईजीजेएफ समष्टि अध्यक्ष बेनोर राईले समर्थकहरूलाई खदा लगाउदै पार्टीमा न्यानो स्वागत जनाए।इण्डियन गोर्खा जनशक्ति फ्रण्टमा सामेल भएपछि सागर तामाङले इण्डियन गोर्खा जनशक्ति फ्रण्टको भिजन स्पष्ट छ साथै पार्टी केन्द्रीय संयोजक अजय एडवर्डस इमान्दार छ।यी सबै देखेर नै गोर्खा जाति र पहाडको हितमा केही गर्न पर्छ भन्ने सोच लिएर हामी आईजीजेएफमा सामेल भएका हौ।तिनले अझ भने अब हुने विधानसभा चुनावमा पार्टीले हामीलाई जे जस्तो निर्देश दिन्छ त्यसलाई शीरोपर गरेर पालन गर्ने छौ।आजको समर्थन सभामा पार्टीमा सामेल भएका कार्यकर्ताहरूलाई बुथ नम्बर 8 को दायित्व पार्टीले सुम्पिएको। इण्डियन गोर्खा जनशक्ति फ्रण्ट मिडिया सेलले जानकारी दिएकोछ।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ